परदेशीको सपना

मनमा बिछ्याएर
उनेका मायाका पोतेहरू
तिम्रो गलामा बिसाएर
तिमीसँग बिदा माग्दा
धेरै बेर रोएथ्यौ तिमी सपनीमा
अहिले ब्यूँझेर  हेर्दा पो देखें
तिमीले मेरो छातीमा झारेका आँसुहरू
मेरै सिरानीमा झरेछन्
यस्तो लाग्यो
नौंडाँडापारिकी मायाले
आज मलाई
बल्ल सम्झिछिन् ।
भाद्र २०३८, हाम्पाङ, ताप्लेजुङ ।
“जीवन मेरो शब्दकोशमा” कवितासङ्ग्रह (२०६३)

Leave a Reply