मंसिर १०, २०६७ । मोरङ इन्द्रपुर १ आमासमूहको वाषिर्क साधारण सभा सम्पन्न भएको छ ।

सभामा ९ सदस्यीय कार्यसमिति गठन गर्ने, आकस्मिक कोषको सुदृढिकरण गर्ने र आमासमूहको भवन बनाउने निर्णय गरिएको छ । उक्त साधारण सभामा आकस्मिक कोषको लागि चन्द्रबहादुर गुरुङ र कमला गुरुङले रु ५० हजार, स्वास्थ्यकर्मी विश्वमित्र ढकालले थप १० हजार अनुदान दिएको घोषण गर्नुभयो । यसैगरि आमासमूह भवन निर्माणको लागि स्वास्थ्यकर्मी विश्वमित्र ढकालले रु २५ हजार, गणेश गुरागाई र सीता गुरागाईले रु १० हजार साथै मकरबहादुर र्राईले रु १० हजार अनुदान दिने घोषणा गर्नुभयो । यसरी उक्त वडामा अब आकस्मिक कोषमा रु ८० हजार र भवन निर्माणको कार्य सुभारम्भ हुने भएको जानकारी गराइयो । स्थानीय किरातेश्वर धार्मिक बन समितिले भवन निर्माणको लागि आवश्यक जग्गा उपलब्ध गराएको जानकारी गराइयो । यसैगरि आमासमूहले पाथिभरा बचत समूह परिचालन गरेर हालसम्म रु ८२ हजार जम्मा गरेको छ ।

गत आर्थिक वर्षा उक्त महिला स्वास्थ्य स्वयंसेविका सीता गुरागाईको पहलमा आमा समूहका १०० जना बालबालिकालाई खोप लगाउन सहयोग गरेको, ११३ जना बालबालिकाहरुको झाडापखाला र १३० जना बालबालिकाअरुको रुघाखोकी निमोनियाको स्वास्थ्य परीक्षण र उपचार गरिएको जानकारी उक्त साधारण सभामा जानकारी गराइयो । यसैगरी १३० जना आमाहरुलाई पोषणसम्बन्धी स्वास्थ्य शिक्षा दिइएको, १०० जना गर्भवति महिलाको पूर्वप्रसूति परीक्षण र आइरन चक्की वितरण गरिएको थियो । यसमध्ये ८० जना महिलाहरुलाई प्रसूति गर्न अस्पतालमा रेफर गरिएको समेत जानकारी गराइयो ।

आमासमूहका अध्यक्ष कमला गुरुङको सभापतित्वमा सम्पन्न समारोहमा प्रमुख अतिथि जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले बयोबृद्ध ९८ वर्षिया छत्रमाया भुजेललाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो । उक्त समारोहमा श्रीप्रसाद गुरागाई, चन्द्रबहादुर गुरुङ, लक्ष्मी नारायण श्रेष्ठ, मकरबहादुर राइ, र टीका भट्टराइले बोल्नुभएको थियो ।

समय र घडीहरू
Interview in Radio programs

Leave a Comment