माघ २, २०६७ । मोरङ याङसिलाका द्वन्द्वपीडित बालबालिकाहरुलाई शैक्षिकसामग्री सहयोगस्वरुप प्रदान गरिएको छ ।

युरोपियन युनियनको सहयोग, बाल समाज नेपालको पहल र जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको समन्वयमा याङसिला उपस्वास्थ्य चौकीमा आयोजित एक समारोहमा मोरङका जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले ६ जना बालबालिकाहरुलाई शैक्षिकसामग्री वितरण गर्नुभयो । शैक्षिक सामाग्री पाउनेहरुमा प्रतिमा लिम्बू, चेतन मगर, हिमाल खड्का, अमर विश्वकर्मा र चन्द्रबहादुर राइ रहेका छन् । उनीहरुले कापी १ दर्जन, जोमेटि बक्स १ थान, झोला १ थान, ड्रेस र सिलाई खर्च रु १ सयका दरले शैक्षिक सहयोग पाएका छन् ।

याङसिलामा द्वन्द्वपीडित बालबालिकाहरुलाई शैक्षिकसामग्री सहयोग प्रदानका साथै परिवारका सदस्यहरुलाई जीविकोपार्जन, रोजगार सम्बन्धी तालिम र स्वास्थ्य चौकी ब्यवस्थापन समितिको क्षमता अभिबृद्धि गर्ने कार्यक्रमहरु संचालित छन् । तालिम कार्यक्रमको उद्घाटनको अवसरमा गा.वि.स. सचिव नवराज पराजुली, स्वास्थ्य चौकी इञ्चार्ज रत्न श्रेष्ठ, बाल समाज नेपालकी सीता पौडेल र राम सापकोटाले तालिम बारे बोल्नुभयो ।

उक्त अवसरमा गा.वि.स. सचिव पराजुलीले याङसिला वार्ड न १,२,३,४,६ र ७ का करिव ५००० जनसंख्यालाई हाल उपस्वास्थ्य चौकीमा सेवा लिन आउन ३/४ घण्टा समय लाग्ने हुँदा उक्त क्षेत्रमा थप स्वास्थ्य चौकीको माग गर्नुभयो । जिल्ला जनस्वास्थ्य प्रमुख सुब्बाले उक्त मागलाई सम्बन्धित बिभागमा सिफारिस गरिने जानकारी गराउनु भयो । याङसिलास्थित चिउरीभञ्ज्याङमा गा.वि.स.कोषबाट रु ६० हजार र बालसमाज नेपालको तर्फबाट रु ४० हजारको लागतमा विद्यालय भवनको निर्माण गरिएको समेत उक्त अवसरमा जानकारी गराइयो ।

जग्गादातालाई सम्मान
अलबिदा कुमार कान्छा !

Leave a Comment