भाद्र ३०, २०६९ विराटनगर नेपाल ।
नेपाल होमियोपेथिक चिकित्सक संघ विराटनगरले जनसहभागितामा होमियापैथिक चिकित्सा सेवा विस्तार गरेको छ । स्थानीय जनसहभागितामा स्थापित होमियोपेथिक क्लिनिक विराटनगर– २१ रानीमा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा समारोहका प्रमुख अतिथि नवराज सुब्बाले उद्घाटन गर्नुभयो ।
स्थानीय गौतम बुद्ध बोर्डिङ स्कुलबाट रु एक लाख आर्थिक सहयोग र स्थानीय शिवनारायण गुप्ताले उपलब्ध गराएको भवनमा नेपाल होमियोपेथिक चिकित्सक संघबाट होमियो क्लिनिक खोलिएको हो । क्लिनिकमा शनिबार बाहेक हरेक दिन अपरान्ह ३ देखि ६ बजेसम्म निःशुल्क विरामी जाँच हुने र सस्तो मूल्यमा औषधी उपलब्ध हुने भएकाले बिपन्नहरुको पहुँच हुने जनाइएको छ ।
नेपाल होमियोपैथिक चिकित्सक संघका अध्यक्ष डा. जीवन प्रकाशको अध्यक्षतामा सम्पन्न समारोहमा डा. द्रौपदी साह, डा. रविप्रकाश राय, डा. श्रवण यादव, डा. रमन गुप्ताले होमियोपैथिक चिकित्सा प्रणाली र यसको महत्वबारे प्रकाश पार्नुभयो । कार्यक्रममा गौतम वुद्ध बोर्डिङ स्कुलका प्राचार्य केशवलाल सिंह सुवाल र शिवनारायण गुप्तालाई प्रशंसापत्र सहित सम्मानित गरिएको थियो ।

 

 

बिपन्न मोरङवासीलाई औषधोपचारमा सरकारी सहायता – नवराज सुब्बा
हामी पहिले नेपाली लोकार्पण

Leave a Comment