बैशाख २९, २०६८ विराटनगर । मोरङका द्वन्द्वपीडित महिला तथा परिवारका सदस्यहरुलाई व्यवसायिक तालिम र सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भयो

। युरोपियन युनियनको आर्थिक सहयोग तथा बिएनएमटि, बाल समाज नेपाल तथा जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला शिक्षा कार्यालयको सहकार्यमा सम्पन्न व्यवसायिक तालिमका सहभागीहरुलाई जिल्ला विकास समितिमा आज आयोजित समारोहमा सिलाइ मेसिन, ब्युटिसियन सामग्री, मोवाइल सेट मर्मत सामाग्री आदि वितरण गरियो । जिल्ला विकास समिति मोरङको सभाकक्षमा स्थानिय विकास अधिकारी पशुपति पोखरेल, जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बा, पूर्व जिविस सभापति खड्गबहादुर बस्नेत, बाल समाजकी अध्यक्ष सीता पौडेल लगायतले व्यवसायिक सामाग्री सहभागीहरुलाई हस्तान्तरण गर्नुभयो ।

सहिदलाई सलाम
अपाङ्गतासम्बन्धी सक्रियता

Leave a Comment