जनस्वास्थ्य: पाटा बाटा र अनुभूति
जनस्वास्थ्यसम्बन्धी लेखहरुको संग्रह
लेखक नवराज सुब्बा
प्रकाशन मिति २०६३ साल वाणी प्रकाशन विराटनगर ।

यो पुूस्तक जनस्वास्थ्यसम्बन्धी जीवनोपयोगी लेखहरुको संगालो हो । यसमा बालस्वास्थ्य, मातृस्वास्थ्य, विभिन्न रोगहरुको परिचय र रोकथाममा उपायहरुका चर्चा गरिएको छ । यसभित्र स्वास्थ्य प्रबर्धनका उपाय र सरकारी नीतिहरुको पनि जानकारी दिइएको छ । रोग उपचार गर्नु भन्दा रोकथाम गर्नु नै उत्तम हो । रोगबाट समुदाय बच्न आवश्यक उपायहरु अवलम्बन गर्न, स्वच्छ जीवन शैली अपनाउन तथा ब्यवहारमा सकारात्मक परिवर्तन गराउन जनस्वास्थ्य जोड दिने गर्दछ । वर्षेनी थपिदै गएका स्वास्थ्य संस्थाहरु र स्वास्थ्यकर्मीहरुको संख्याले मानव जीवन केही सहज अवश्य भएको छ । तर आजकल नयां नयां रोगहरु -जस्तै एच.आई.भी.एड्स) थपिदै जानु, हराइसकेका रोगहरु (जस्तै मलेरिया, कालाज्वर, प्लेग) पुन देखा पर्नुले वास्तवमा जनस्वास्थ्यमा थप चुनौतीको सृजना गरेको छ । प्राथमिक स्वास्थ्य सेवा अत्यावश्यक स्वास्थ्य सेवा हो जसले समुदायका मुख्य स्वास्थ्य समस्याहरू जनसहभागितामूलक ढंगले ब्यवस्थापन गरिन्छ ।

 

 

 

Nepali Version Preview/Download

HEALTH SEEKING BEHAVIOUR OF RAJBANSHI COMMUNITY IN BAIJANATHPUR AND KATAHARI OF MORANG NEPAL
जनस्वास्थ्यका सवालहरू

Leave a Comment