चीत्कार- मुक्तकसंग्रह
लेखक -नवराज सुब्बा
प्रकाशित मिति २०६९ -वाणी प्रकाशन विराटनगर ।

कवि नवराज सुब्बाको यो पहिलो मुक्तक संग्रह हो । यसअघि उनका प्रकाशित दुई कवितासंग्रहमा केही मुक्तकहरु समेत रहेकामा यसमा काव्य विधाकै १०१ मुक्तकहरू एकल संग्रहित रहेका छन् । कृतीमा भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलको भूमिका रहेको छ । उनका अनुसार प्रस्तुत “चीत्कार” नामाङ्कित मुक्तकमा केवल वैयक्तिक मुटुको चीत्कार मात्र छैन अचेलका कुर्सीप्रेमी सर्वदलीय नेताहरूले युधिष्ठिरधर्मी बनी हाम्रो नेपाल आमाको अस्मिता बेच्न जूवाको खालमा तिनलाई राखेको दुर्दशा देखेर घुँकघुँक रोक्न असमर्थ आत्माको रोदन पनि छ । म्यानपावर नाउँ गरेको संस्कृति हामी उपर लादिएपछि देखिने नेपालको युवा पुस्ताहीन दुर्गतिलाई उनले यसरी कलात्मक ढङ्गले व्यक्त गरेका छन्—

पढ्ने आँखा अनि देख्ने तारा बिलाए
सुन्ने कान अनि छहरा, पहरा सुसाए
फूल, पात, कोपिलाहरू खोसिएपछि
कविताभित्र आज विचरा चरा टोलाए ।


Preview/Download Click

न्यू सृष्टि अन्तर्वार्ता
चरा, तिर्खा, पानी र शहर

Leave a Comment