असार १५ डायरी

धान र संविधानमा के फरक छ ? धान ठूलो कि संविधान ? धान पहिले उम्रेको हो कि संविधान पहिले टुसाएको ? यस्तै अर्थ न बर्थका तर्कवितर्क मात्र मनमा आइरहन्छ किन ? आज असार १५ का दिन बाँदरथुम्कीमा बसेर रोपाइँ हेर्दा बढी मजा आउँछ कि सभाहलमा संविधान बनाउँदा देखिएको रमिता हेर्दा गजब देखिन्छ ?  पहाडमा गाउँ […]

Continue Reading

असारेगीत

धान रोप्न साथी हो खेततिर जाऔं खेल्ने बेला हैन एैले काम गर्न जाऔं । हलो जोत्ने साइँलादाइ मीठो गीत गाऊँ गाडीजस्तै मज्जा हुन्छ दाँदे चढ्न जाऊँ । दुःख गरौं असारमा धान फल्छ हेर मंसीरमा दाइँ गरी खेल्नु पर्छ धेर । माना खाई मुरी फल्ने राम्रो मौका हो यो बिदा भयो स्कुल पनि समाऊ कोदालो यो […]

Continue Reading

नवराज सुब्वासँग फेरी भेट भयो (समालोचना) हिँडपाली साइँलो

प्रकाशक साझा प्रकाशन, संस्करण (पहिलो) एधार सय प्रति (२०६७ मा), मूल्य रु. १३५।- मुद्रक साझा प्रकाशनको छापाखाना समेत उल्लेख भएको गीत संग्रह “शहिदलाई सलाम” हेर्न पाएँ । यसमा रहेका अन्ठाउन्न वटा कृतिहरुलाई देशभक्ति र मानवतावादी गीत, बाल गीत, लोकलयमा आधारित गीत “लुङाज्यू” भाका, हास्य गीत र आधुनिक गीत खण्डहरुमा फरक फरक संख्यामा सजाइएको छ ।

Continue Reading