• Version
  • Download 47
  • File Size 1 MB
  • File Count 1
  • Create Date 2022-12-16
  • Last Updated 2023-03-23

परिचय

डा. नवराज सुब्बाद्वारा लिखित ‘सिक्काका दुवै पाटा’ भित्र

ज्ञान र विज्ञानलाई यदि सिक्का मान्‍ने हो भने तिनका दुवै पाटा फर्काएर हेर्ने प्रयास यसभित्र भएको छ ।

इतिहास, संस्कृति, समाजशास्त्र, मनोविज्ञानका सन्दर्भहरू तथ्यपरक ढंगले पर्गेल्ने काम गरिएको छ ।

पुस्तकभित्रका २९ लेखमध्ये केही संस्मरणात्मक लेख रहेका छन् जसले पाठकलाई नेपाली बाल मनोविज्ञान र अतीतको झल्को दिनेछ ।

स्वैरकल्पना नभएर वस्तुगत तथ्यहरूमा आधारित साहित्यका चित्ताकर्षक नमूना यसभित्र पाइन्छन् ।

अध्ययन अनुसन्धानको परिवेशलाई सर्वसाधरण पाठकको विषय बनाइएको छ । यहाँ आग्रह पूर्वाग्रह नराखीकन गरिएका वस्तुगत विवेचना पाइन्छन् ।

हामीले देखेका, सुनेका वा भोगेका तर विचार नगरिएका थुप्रै सवाललाई लेखकले उजागर मात्र नगरेर आलोचनात्मक पाटो देखाइदिएका छन् ।

यहाँ एकातिर वर्तमान नेपाली जीवनको सूक्ष्मतम् अवलोकन गरिएको छ भने अर्कातिर भविश्यको दिशा पहिल्याउने काम समेत् भएको छ ।

संक्षेप

समग्रमा, जीवन र जगतलाई आलोचनात्मक नजरले बुझ्‍ने पाठक तथा अध्ययनकर्तालाई यो पुस्तक सहयोगी छ ।

दिनलाई कोही रात देख्छन्, कोही रातलाई दिन । हुन पनि मानिसलाई कहिले उज्यालो त कहिले अँध्यारो चाहिँदो रहेछ ।

मान्छेका तिनै नजर र कलमले समयलाई चित्रित गर्दा हामी पाठक अल्मलिन्छौँ । मान्छे तथ्य र मिथ्या दुवैमा विश्‍वास गर्दछन् भन्‍ने कुरा लेखकहरूलाई थाहा छ ।

केही सत्य र केही झूट वा रोमान्सले हामीलाई चाँडो प्रभावित पार्दछ भन्‍ने पनि तिनीहरूलाई थाहा छ ।

काटिएको यलम्बरको शिर भिरेर महाभारत युद्ध हेरेको हेर्यै छु । रणमैदान देखेर यलम् ब्यङ्ग्यात्मक हाँसेझैँ यो कलम आज जुर्मुराएको छ ।

जीवनका अँध्यारा भ्रमका तीता, टर्रा यथार्थ सारा छाम्दैछु । पढ्दा कतै तीतो वा टर्रो लाग्‍न सक्दछ ।

किनभने यथार्थ बढी तीतो नै छ । जेहोस्, म समयको तस्वीर कोरेर अभिलेखीकरणा गर्न चाहन्छु । सोही प्रयासकै एक प्रतिफल हो प्रस्तुत लेख, निबन्धसङ्‍ग्रह, सिक्काका दुवै पाटा ।

जीवन र जगत जसरी विषम अवस्थामा बाँच्दछ त्यसरी नै मानिसका मन, भावना र व्यवहार पनि खण्डित र बहुरुपका हुने गर्दछन् ।

विभिन्‍न अवस्थामा लेखिएका लेखमा एकरुपता नदेखिनु स्वभाविक हो । जगतका भोगाइलाई सर्जकले सकेसम्म सुन्दर ढङ्‍गले पस्कनु पर्दछ ।

यद्यपि, स्रष्टाको जीवन भोगाइ, अक्षरकोराइ निरपेक्ष भने हुदैनन् । मान्‍छेका दिन, रात, समय काल र परिस्थिति फरक फरक हुन्छन् ।

त्यसैले नियमित तथा आकस्मिक परिवेशले रचनामा पनि विविधता ल्याइदिएका छन् । यो लेखकले सोही महसुस गरेको छ ।


Download
Self-Reflection at the Moment
Both Sides of Coins