– नवराज सुब्बा

आजकल
घरको धुरीमै
बसेको छ
हुचिल


यसबेला
अन्न हैन
फलामको चिउरा चपाउँदैछु
पानी हैन
आफ्नै रगत र आँशु पिउँदैछु
एउटा नौलो
तर लामो बन्दी जीवन
आफ्नै घरमा बिताउँदैछु
हो
बाँच्दाबाँचदै यही जीवनमा
म बिना कसुरको दण्ड भोग्दैछु

कृपया मलाई
विश्वास गर
हामी बस्ने
घरको धुरीमा पक्कै
बसेको छ हुचिल
जो अशुम, असान्दर्भिक स्वरमा
घरिघरि हामीलाई तर्साइरहेछ
अविश्वास, अनिश्चयका बतासले
हामीलाई हिर्काइरहेछ
आजकल
घरको धुरीमै
बसेको छ
हुचिल ।

बाणीमा कविगोष्ठी
साइलिबरी चियाबारिमा (टंक वनेम)

Leave a Comment