मुक्तकमा नवराज सुब्बाको चीत्कार (समीक्षा) ध्रुव मधिकर्मी

कविता गीत निबन्ध आदि विविध विधामा निरन्तर साहित्य साधना गरिरहेका स्रष्टा हुन् नवराज सुब्बा । कविताका प्रायः सबै विधामा उनले कलम दौडाएका छन् कविता गीत गजल । बाकी रहेको विधा मुक्तक हो । चीत्कारको प्रकाशनले उनी मुक्तकका क्षेत्रमा पनि अब चिनिने भएका छन् । उनी दैनन्दिनी जीवनका अनुभव र समसामयिक भोगाइको निचोडलाई सहज र स्वाभाविकताका साथ आफ्ना रचनामा अभिव्यक्त गर्ने प्रयास गर्छन् । जीवन मेरो शब्दकोशमा , बीच बाटोमा ब्यूझेर, यात्रा आधा शताब्दीको कवितासंग्रह, शहीदलाई सलाम गीतसंग्रह र मनको मझेरी निबन्धसंग्रह आदि संकलनमार्फत उनले आफ्नो परिचयको एउटा खास कित्तालाई प्रदर्शन गरिसकेका छन् । पछिल्लो समयमा कवि सुब्बाले मुक्तकमा पनि आफ्नो उपस्थिति जनाएका छन् । मुक्तकको क्षेत्रमा उनको उपस्थिति धेरै ठाउँमा आशालाग्दो र प्रभावकारी पनि छन् । (more…)

Continue Readingमुक्तकमा नवराज सुब्बाको चीत्कार (समीक्षा) ध्रुव मधिकर्मी

नवराजको थप कृति बजारमा (कृतिसमीक्षा) – हिंडपाली साइँलो

खेताला लगाएर कृति तयार नगरेका, विज्ञापनद्धारा मात्र चर्चामा आउनु नपरेका तथा कलम, मेहनत तथा लगनशीलताद्धारा ठुलाहरुबीच कुम जोडने हैसियत बनाउंदै गएका साहित्यकार नवराज सुब्बाको थप कृति मुक्तक संग्रहका रुपमा ‘चीत्कार’ आएको छ । यसैवर्ष प्रथम संस्करणमा आएको यो कृतिको आवरण लेखक आफैंले सजावट कौशलराज सुब्बाले प्रकाशण वाणी प्रकाशनले तथा मुद्रण अरनिको छापाखानाले गरेको कुरा सो कृतिमा छापिएकैबाट थाहा हुन्छ ।

बाँचिराखेका अग्रजहरुमा संभवत तेश्रो जेठा विद्धान प्रा. बालकृष्ण पोखरेलको भूमिका रहेको सो प्रकाशित कृतिमा एकसय एक मुक्तकहरु रहेका छन् । व्यक्तिगत, घरायसी , समाजिक तथा राजनीति सम्बद्ध विषयहरु यो साहित्यिक कृतिले समेटेको छ । देश बोल्दैन, बोलेपछि………भन्ने विचार हामीले केहि वर्ष अघि लेखनीमा व्यक्त गरेको झट्ट संझेर यो कृतिलाई तुलना गर्दा यसमा देश बोलेको पाइन्छ । धेरै कम बोल्ने देश केहि समययताको अवस्थाले यतिखेर देशले बोलिरहनु परेको कुरा यो कृतिले पनि स्पष्ट पारेको छ । (more…)

Continue Readingनवराजको थप कृति बजारमा (कृतिसमीक्षा) – हिंडपाली साइँलो

साहित्य र सङ्गीतका दोभान नवराज सुब्बा (मधु पोखरेल)

पृष्ठभूमि
वि.सं. २०५३/५४ सालतिर हामी एउटै संगठनभित्र थियौं– म चाहिं बिराटनगरमा, नवराज सुब्बा सायद धनकुटामा । क्षेत्रीय गोष्ठीहरूमा, सभा-सम्मेलनहरूमा भेट हुन्थ्यो । त्यतिबेलाको क्षणिक भेटहरूले यति गाढा र घनिष्टताको आकार ग्रहण गर्ला भन्ने कहाँ थाहा थियो र ! तर भयो यस्तै । अन्यन्त शालीन, मृदुभाषी र गम्भीर व्यक्तित्व नवराज सुब्बा । साहित्य र संगीतप्रतिको अभिरुचिले नै हामी दुईलाई यति नजिक पारेझै लाग्छ । सायद २/४ भेटमा नै साहित्यप्रतिको झुकाव र केही सामग्री तैयार गरिसकेको जानकारी प्राप्त भयो । त्यसबेला म मेरो स्वास्थ्य क्षेत्र छोडेर स्थानीय विकास अन्तर्गत विराटनगरमा कार्यरत थिएँ र नवराजजी पनि जिल्ला जनस्वास्थ्य कार्यालयको प्रमुखमा विराटनगर नै आएका थिए (more…)

Continue Readingसाहित्य र सङ्गीतका दोभान नवराज सुब्बा (मधु पोखरेल)

सुन्दर र सरल कविताहरुको संगालो (समालोचना) रामप्रसाद खरेल

नवराज सुब्बा आफैंमा एक परिचित नाम हो । लामो समयदेखि साहित्यको क्षेत्रमा साधनारत नवराज सुब्बाका पाँच वटा साहित्यिक कृति, जनस्वास्थ्य सम्बन्धि ३ वटा र संगीततर्फ ‘देशको माया’ गीति एल्बम, ‘लुकेको रहर’ गजल एल्बम, ‘नवराज सुब्बाको प्रतिबिम्व’ भिडियो लगायत फूटकर रुपमा थुप्रै गीतहरु भइसकेका छन् । (more…)

Continue Readingसुन्दर र सरल कविताहरुको संगालो (समालोचना) रामप्रसाद खरेल

कवि सुब्बाको “यात्रा आधा शताब्दीको” पठनप्रक्रिया (हरिप्रसाद बराल)

कविताको परिभाषा गर्न धेरै गार्हो हुन्छ । यो भावनाको पोखाइ हो, हृदयको पोखाइ हो तर लयात्मक हुनुपर्यो । कविता उच्चस्तरीय दार्शनिक चिन्तन पनि हो किनभने गद्यमा लेखिएको करीव सयपृष्ठभित्रको भावलाई सय हरफ कविताले सजिलै टिपेर राख्न सक्छ । (more…)

Continue Readingकवि सुब्बाको “यात्रा आधा शताब्दीको” पठनप्रक्रिया (हरिप्रसाद बराल)

कवि सुब्बाको “यात्रा आधा शताब्दीको” (चक्रपाणि खनाल)

कवि नवराज सुब्बा आफ्नो चौथो कवितासंग्रह “यात्रा आधा शताब्दीको” लिएर नेपाली साहित्यमा पाठक सामु उदाएका छन् । यस पहिले नै उनका “जीवन मेरो शब्दकोशमा २०६३” “बीच बाटोमा ब्यूँझेर २०६५” तथा “सहिदलाई सलाम २०६७” शीर्षकको गीतसङ्ग्रह प्रकाशित छन् । उनको रचना “मनको मझेरी २०६४” नामक निबन्धसङ्ग्रह प्रकाशित छ भने उनका गीति एल्बम्, भिडियो एल्बम्, गजल एल्बम्हरू पहिले नै प्रकाशित छन् । उनी लोकगीतहरूका संकलक, गायक र प्रशारक पनि हुन् ।

(more…)

Continue Readingकवि सुब्बाको “यात्रा आधा शताब्दीको” (चक्रपाणि खनाल)

सहिदलाई सलाममा विविध सन्दर्भका गीत (ध्रुव मधिकर्मी)

यता केही समयदेखि गीत, कविता र निबन्धमा सक्रियतापूर्वक सिर्जनारत भइरहेका स्रष्टा हुन् नवराज सुब्बा । यी तीनै क्षेत्रमा आफ्नो परिचय स्थापित गर्दै आइरहेका श्रष्टा नवराज सुब्बाको पछिल्लो कृति सहिदलाई सलाम गीतसंग्रह भर्खर साझा प्रकाशनबाट प्रकाशित भएको छ । श्रष्टा सुब्बा स्वयम् गायक र संगीतकार पनि हुन् । उनको पहिलो क्षेत्र गीतिजगत नै हो । तर उनले गीति क्षेत्रका साथै सिर्जनाको अध्यायलाई कविता, निबन्ध र गजलमा पनि विस्तार गरेका छन् । (more…)

Continue Readingसहिदलाई सलाममा विविध सन्दर्भका गीत (ध्रुव मधिकर्मी)