कोशी मेची नामाकरणमा किरात प्रभाव

डा. नवराज सुब्बा

पृष्ठभूमि
इतिहासकार इमानसिं चेमजोङ (2003a)ले किरात इतिहास र संस्कृत पुस्तकमा मार्केण्डेय पुराणलाई पनि स्रोत मान्नु भएको छ । पुराणका अनुसार महाभारतकालमा प्रभुख सात किरात राज्यहरू अश्वाकुट वा काबुल, कुल्य वा कुलु उपत्यका, मत्स्य वा उत्तर विहार, पौन्ड्रा वा बंगाल, सुमर वा आसाम, मलक वा म्लेक वा लोहित, किन्नर वा किरात वा गढवाल र नेपाल थिए । किरात राष्ट्रहरूमा खम्बोज वा खम्बोजा, यभव वा ग्रीक, सक वा सिथियन, पल्लभ वा पार्थियन, परशिका वा पर्सियन, परद वा बाल्हिका, चिनीया किरात वा असुर र खस थिए । आर्यहरूले यिनीहरूलाई शुद्र संज्ञाले हेयभाव प्रकट गरेको मनुस्मृति दशौं अध्यायमा उल्लेखित छ । आर्य संस्कृति नमिलेर अलग्याउन खोजेको संस्कृत साहित्यले किरातको गरिमामय उपस्थिति रहेको महाभारतकालमा देखाउँछ । उक्त कालमा विहारमा हर्वाहाङ र बंगालमा दर्बाहाङ र मोरङ क्षेत्रमा विराथ, झापा क्षेत्रमा किचक र सत्य नामका किरात राजाहरू राज्य गर्दथे । त्यसमध्ये विराथ (विराट) प्रसिद्ध राजा थिए जहाँ पाँच पाण्डव गुप्तवास बसेका थिए (Chemjong, 2003a)।

‘मेची’ व्युत्पत्तिको स्रोत
महाभारतकालीन पाँच पाण्डव गुप्तवासमा लुक्न आएको बेला उत्तर बिहार, उत्तर बंगाल र आसाममा किरातीहरू राज्य गर्दथे । आर्यहरूले किरात पूर्वमा छन् भन्ने सुनेका थिए । आर्यहरूले आसाम र लोहित देशलाई म्लेच्छ देश नाम दिए । यही म्लेच्छ देशबाट म्लेच्छ र म्लेच्छबाट मेच वा मेचे जाति बनेको हो (Chemjong, 2003a)  । मेरो विचारमा, यही मेचे जाति बसोबास गर्ने क्षेत्रमा बग्ने नदीको नाम पछि मेची भएको हुनुपर्छ । मेची नाम रहनुमा म्लेच्छ अर्थात् मेचे जातिलाई आर्यले दिएको संज्ञा म्लेचछे÷मेचे बाट मेची बनेको हो । चेमजोङ ९द्दण्ण्घब० अनुसार किरात भाषामा ‘ली’ ध्वनिले निवासी बुझाउँछ । यसर्थ ‘म्लेच्छ’ शब्दमा ‘ली’ को योग भएर म्लेच्छेली÷मेचेली÷मेची बनेको हुनसक्छ ।

‘कोशी’ व्युत्पत्तिको स्रोत
कोशी नामाकरणको खोजी विभिन्न विद्वानहरूले गरेका छन् । रामकुमार पाण्डे अनुसार तिब्बती भाषामा कोशीलाई ‘को’ भनिन्छ । यही आधारमा यस क्षेत्रमा बसोबास गर्ने किरातहरूले यो नदीलाई कोशी भनेका हुन् भन्ने पाण्डेको तर्क छ (Pande, 1986) । यही को ध्वनिबाट मुन्धुममा कोकोह÷कोकोहमाङ बनेको सहज अनुमान गर्न सकिन्छ । कोशी ‘को’ नदी र आसपास निवासी बुझाउने ‘ली’ ध्वनिको योगले ‘कोली’ हुँदै किरातभित्र रहेको काशी प्रभावले पछि कोशी शब्द बनेको यो लेखकको अनुमान छ ।
इतिहासकार नारदमुनि थुलुङको भनाइ पनि माथिको कुरासित मिल्दोजुल्दो छ । मंगोली भाषामा नदीलाई डी भनिन्छ यसैबाट मस्र्याङ्दी, माडी, ख्वाङडी, डिहाङ, हाङपोडी बनेको उहाँको तर्क छ (Thulung, 1985)। मंगोली भाषामा कोशीलाई को (Pande, 1986) र नदीलाई डी भनिएकाले (Thulung, 1985) कोडीबाट कोशी भएको भन्ने थुलुङको तर्कलाई पनि अस्वीकार गर्न सकिन्दैन ।
संस्कृतिविद् सोमप्रसाद खतिवडाले कोशीको अर्थ संस्कृत साहित्यमा खोज्नुभएको छ । संस्कृत साहित्यमा कोशी नदीको नाम कौशिकी उल्लेख भएको र यो कुशिक ऋषिकी पुत्रीको नाम मानिएको छ । संस्कृत साहित्यमा कौशिकीलाई शिवकी शक्ति उमा या पार्वतीको नामले जान्ने गरिएको खतिवडाको भनाइ छ (Khatiwada, 2012) ।
यो लेखक ‘कोशी’ नदी संज्ञा व्युत्पत्तिमा यस क्षेत्रका आदिवासी किरात कोचलाई पनि जोडेर हेर्न छुटाउन नहुने तर्क राख्तछ । किनभने यो क्षेत्रमा किरात कोचको लामो शासन र बसोबास थियो । ‘कोच’ शब्दमा नदीबोधक ध्वनि ‘डी’ वा निवासीबोधक ध्वनि ‘ली’ को योगले ‘कोडी’ वा ‘कोली’ हुँदै कोशी भएको अनुमान गर्न गाह«ो छैन ।

कोशी बराहक्षेत्रको विवरण दिने पौराणिक ग्रन्थहरु महाभारत, ब्रम्हपुराण, बराहपुराण, हिमवत्खण्ड पुराण हुन् (Khatiwada, 2009) । संस्कृत भाषामा रैथाने किरात शब्दको समेत योगदान रहेको छ (India Inspires, 2014) । यही आधारमा किरात लिम्बू भाषाको बँदेलबोधक ‘सराहा’ शब्द बाट संस्कृत भाषाको बराहा (Homonym) भएको हुनसक्छ । त्यहाँ जंगलमा बँदेल प्रसस्त पाइने हुँदा यसैबाट यसको नेपाली भू–अमिधा (Toponym) बराहक्षेत्र भएको तर्क राख्दछु ।

References

Chemjong, I. S. (2003a). Hisrory and Culture of the Kirat People. (K. Y. C. Lalitpur, Ed.) (4th ed.). Lalitpur: Kirat Yakthung Chumlung Lalitpur.

India Inspires (2014, July 24). Myths about Sanskrit [Video file]. Retrieved from https://youtu.be/2O4oaDaO36Y

Khatiwada, S.P. (2009). Baraha Khsetrako Sanskritik Sampada, Sunsari, Radhakrishna Bhaktisadhana Adhyamik Pratisthan, Chatara Dham.

Khatiwada, S. P. (2012). Raja Dhanpalko Itihas. Biratnagar Nepal: Anusandhan Bikas Kendra.

Pande, R.K. (2042). Geography of Nepal, Centre for Altitude Geography, Lalitpur, pp 83.

Thulung, N. M. (1985). Kiratko Nalibeli (1st ed.). Biratnagar: Angur Kandangwa, Biratnagar

(प्रकाशोन्मुख ‘फयङ साँबा मुन्धुम, इतिहास र वंशावली’ बाट)

Similar Posts

  • लोक साहित्य र ‘मुन्धुम’ : एक चर्चा

    डा. नवराज सुब्बा — आजकल ‘मुन्धुम’ अर्थात् किरात वेदको चर्चा छ । मुन्धुमको अर्थ लगाउन मुन्धुमका पंडित साम्बा, फेदाङ्बा पनि कतिपय सवालमा अड्किन्छन् । विभिन्न कालखण्ड, स्थलगत र जातिगत आधारमा मुन्धुमी वर्णन र भावार्थमा विविधता आउँछ । तथ्य बझ्न वा जिज्ञाशा शान्त पार्न मुन्धुमलाई साहित्यिक दृष्टिले पनि अध्ययन गर्नुपर्ने हुन्छ । मुन्धुम काव्यमा आउने अविधा,…

  • सकारात्मकवाद

    डा. नवराज सुब्बा~ पछि फर्केर हेर्दा, तेह्रौँ शताब्दीपूर्व मानिसको चेतना स्तर ईश्वरमा केन्द्रित थियो । उसबेला सबै कुराको कारण उही ईश्वरलाई मानिन्थ्यो । सम्भवतः डर, त्रासबाट बच्न जिज्ञासाको उत्तर दिन साथै समाजलाई सदाचार बनाउन उक्त दर्शन र मार्ग मानिसले अपनाए होलान् । तेह्रौँ शताब्दीदेखि अठारौँ शताब्दीका मानिसको चेतनास्तर अलि माथि उठेको देखिन्छ । त्यसबेला उनीहरुले…

  • मृतक साहित्य

    Dr. Nawaraj Subba मिश्रमा पहिलो पटक मृतक साहित्य देखा पर्यो । आत्माको अमरता, पुनर्जन्म, एकेश्वरवादको जन्म सर्वप्रथम मिश्रमा भयो । मृत्युपछि शवलाई गाड्ने परम्परा भएका धर्ममा मानिसलाई मृत्युपछि पनि भौतिक शरीरलाई झैं सामग्री चाहिने मानेर ती सागग्री तथा राजाको हकमा नोकरचाकर मारेर समेत समाधिस्त गरिने गरिन्थ्यो । हिन्दू धर्म दर्शनमा शरीर र आत्मा छुटिए पछि…

  • प्राकृतिक इतिहासमा नियन्डरथल किन विलुप्त भयो?

    डा. नवराज सुब्बा मानवजाति (होमोसेपियन्स) आजभन्दा दुईलाख वर्षपूर्व अफ्रिकामा देखा परे । नियन्डरथल आजभन्दा तीनलाख वर्षपूर्व दक्षिणी युरोपमा देखा परे । नियन्डरथल जातिका ती पुर्खाको एक वंश आजभन्दा ३८,००० वर्षपूर्व संसारबाट लुप्त भयो । नियन्डरथल कस्ता थिए? यिनीहरु किन विलुप्त भए? मानवजातिलाई यिनीहरुको योगदान के रह्यो? भन्ने उत्तरको खोजी गर्दैछु ।

  • हाङपाङ गाउँको ऐतिहासिकता

    डा. नवराज सुब्बा भनिन्छ, हाङपाङ भनेको राजाको गाउँ हो । तर त्यो गाउँमा न कुनै राजाको दरवार छ न कुनै भग्नावशेष नै । यसैले यो नामाकरणमा धेरैले शंका, उपशंका गर्ने गर्दछन् । यही जिज्ञाशालाई शान्त पार्न एक ऐतिहासिक तथ्य अघि सार्दैछु । ताप्लेजुङ जिल्लामा पर्ने हाङपाङ गाउँको नामाकरण विजयपुरको किरातकालिन इतिहाससंग जोडिन पुग्दछ । यससम्बन्धी…