डा. नवराज सुब्बा
मानव विकासक्रममा विश्व इतिहासले केही कुरा संकेत गरेको छ । विभिन्न देशका अनुसन्धानकर्ताहरुले भूगोल, इतिहास, संस्कृति र राजनीतिलाई जोडेर विश्लेषण गर्ने गरेका छन् । विभिन्न तथ्यहरुको आधारमा आगामी सन् २०५० मा विश्व मानचित्रको प्रक्षेपण गरेका छन् । आजका विकसित मुलुकहरुको अवस्था भोलि के हुँदैछ अनि आज विकासोन्मुख राज्य भविश्यमा कस्तो अवस्थामा पुग्नेछन् भनेर भविश्यवाणी गरिएको छ । त्यसबेला नेपालको स्थान कस्तो हुनेछ, नेपालीलाई जिज्ञाशा उठ्नु स्वभाविक हो ।
ऐतिहासिक पृष्ठभूमिबाट प्रवेश गरौं । हालसम्म जीवित संसारको दश प्राचीन शहरहरुमा क्रमसः चीनको ल्योहाङ, बुल्गेरियाको प्लोभडिभ, सिरियाको अलेप्पो, प्यालेष्टाइनको जेरिको, मेक्सिकोको चोलुला, भारतको वाराणसी, इजरायलको जेरुसेलम, लेबननको जेरुसेलम, ग्रीसको एथेन्स र सिरियाको दमेस्कस हुन् (टपटेन्ज, २०१७) ।
यसैगरी हालसम्म जीवित एवम् प्राचीन भाषाहरुमा क्रमसः तमिल (द्रविड), संस्कृत, इजिप्सियन, ग्रीक, चिनीयाँ, अरामिक (सिरिया), हेब्रु, कोरियन, अर्मेनियन, र ल्याटिन रहेका छन् । फेक्ट डेस्क मिडियाका अनुसार तमिल भाषा ५,००० वर्ष भन्दा पुरानो भएको प्रमाणित भएको छ । यसैगरी संस्कृत भाषा ३००० ई.पू. मा प्रोटो–भारोपेली तथा प्रोटो–भारतइरानेली भाषाबाट विकसित गरिएको हो । मिश्रेली अर्थात् इजिप्सियन भाषा २६००–२००० ई.पू. पुरानो भाषा मानिन्छ । यसैगरी ग्रीक भाषा ई.पू. १४५० अघिको र चिनियाँ भाषा १२०० ई.पू. पुरानो भाषा मानिन्छन् । अरामिक (सिरिया) र हेब्रु भाषा ई.पू. १००० वर्ष अघिको भाषाहरु हुन् । कोरियन भाषा ई.पू. ६०० अघिको भाषा र अर्मेनियाली भाषा ई.पू. ४५० अघिको भाषा भएको एवम् ल्याटिन ई.पू. ५० पूर्वको भाषा मानिन्छन् (फेक्टडेस्कमिडिया, २०१७) ।
टपलिष्ट (२०१५) ले आगामी २० वर्षमा विश्वका दश मुलुकको अस्तित्व नरहने वा संकटमा पर्ने भविष्यवाणी गरिएको जनाएको छ । ती मुलुकहरुमा क्रमसः मालदिभ्स, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, दि इस्लामिक स्टेट, लिबिया, इराक, चीन, बेल्जियम, उत्तर कोरिया, र स्पेन रहेका छन् ।
प्रिन्सवाटर हाउस कुपर्सले प्रकाशित गरेको प्रतिवेदन अनुसार हाल यूरोप र अमेरिका अर्थात् पश्चिमी मुलुकहरुमा रहेको समृद्धिको पल्ला आगामी सन् २०५० मा एशियामा सर्ने भविष्यवाणी गरेको छ । जस अनुसार आगामी सन् २०५० मा हाल अमेरिकाले लिएको समृद्धिको पहिलो स्थानमा चीन सर्नेछ । अमेरिका दोस्रो स्थानमा झर्नेछ । तेस्रो स्थानमा भारत पुग्नेछ । यसैगरी इण्डोनेशिया, जापान, ब्राजिल, जर्मनी, मेक्सिको, संयुक्त अधिराज्य र रुस क्रमसः चौथो देखि दशौं स्थानमा पुग्नेछन् । चीनले आगामी सन् २०३० सम्ममा अमेरिकालाई पछि पार्ने उक्त प्रतिवेदनमा उल्लेख छ (युरोपियन, २०१७) ।
माथि गरिएका प्रक्षेपण तथा तथ्यहरु आफैमा कत्तिको विश्वासिला छन् यसमा मतमतान्तर हुन सक्छ । यद्यपि वैज्ञानिक पद्धतिबाट सन् २०५० को प्रक्षेपित विश्व मानचित्रले सबैलाई गम्भीर बनाएको छ । अब विश्व समृद्धिको केन्द्र एशिया हुने संकेत मिलेको छ । करिव दुई शताब्दीदेखि विकसित अवस्थामा उक्लेको यूरोप तथा बेलायत सन् २०५० देखि पछाडि पर्ने संभावना भएको अनुसन्धानले बताएको छ । आजको अवस्था हेरेर उक्त कुरा पत्याउन अनौठो लागेता पनि प्राचीनकाल तथा ऐतिहासिक कालमा पनि समृद्धिको केन्द्र एशिया रहँदै आएकोले पुनः त्यो गौरव एशियामा फर्कदा अब आश्चर्य मान्नु पर्दैन भन्ने मेरो पनि ठमाइ रहेको छ ।
पश्चिमी मुलुकहरुले एशियाली मुलुकहरुमा विशेष चासो राख्नुको कारण पहिलेदेखि यही रहिआएको छ । पश्चिमा मुलुकहरुले चीनलाई प्रमुख निसाना बनाउनु र नेपाल तथा भारतको विखण्डन सम्मको सपना देख्नुको पछाडि यही कारण हुनसक्ने अनुमान नेपाली विश्लेषकहरुले गर्ने गरेका छन् । यसैले नेपाललाई रणनीतिक मैदान बनाइएको छ । रोजगार, अवसर आदिको लोभमा लाखौं नेपालीलाई पश्चिमा मुलुकहरुले प्रयोग गरेका छन् । नेपालको पश्चिम किल्लामा बेलायती सेनासित युद्धमा हार भएपछि आत्मसमर्पित गोर्खाली सेनालाई बेलायती सेनाले बन्दी बनायो र जागिर दिने प्रलोभन देखाएर पराजित गोर्खालीलाई बेलायती सेनामा पहिलो पटक सामेल गरायो । त्यसपछि त खुल्लमखुल्ला बेलायती सेनामा गोर्खालाई वर्षेनी भर्ती गरि बेलायती सेना बनाएर उसकै स्वार्थनिम्ति लडाईमा प्रयोग गर्ने गरेको छ । यो परम्परा उपनिवेशको अन्तपछि वेलायतले भारत छाडेर जाँदा समेत निरन्तरता दिएको छ । यति मात्र नभएर बेलायतले भारत छाडेर जाँदा समेत भारतीय सेनाको लागि पनि गोर्खाभर्तीको बाटो खुलै छाडेर गएको छ । हिजो नेपालीको आर्थिक अवस्था, शैक्षिकस्तर कमजोर रहेको बेलामा यसलाई नेपाली समाजले पचाएको थियो । देश र समाजमा आएको परिवर्तन आएको छ । अन्तर्राष्ट्रिय जगतमा नेपालको अस्तित्व र पहिचानको सवालमा उपनिवेशकालीन प्रभावको अवशेष स्वरुप रहेको गोर्खा भर्तीप्रथामाथि प्रश्न उठेको छ । यो परम्पराले नेपाल र नेपालीको स्वाभिमानलाई विलकुलै शोभा दिएको छैन । हामीले घन्काएको स्वाभिमानी नेपाली, स्वतन्त्र नेपालको नारालाई यस परिप्रेक्षमा विश्वले खोक्रो नारा मात्र बुझ्दछ । यसमा सचेत र स्वाभिमानी नेपालीको चित्त दुखेको छ ।
समय वलवान छ । समयले इतिहासको रुपरेखा खिच्ने गरेको छ । अब भविश्यमा नेपालको स्थिति कस्तो होला भनेर हामीलाई चिन्ता लाग्नु स्वभाविक हो । दुई विशाल र समृद्ध छिमेकी मुलुकहरु चीन र भारतको बीचमा रहेको नेपालमा पनि समृद्धिको प्रभाव आउने कुरा निश्चित छ । तर नेपालले दुवै छिमेकी मुलुकसित समान ढंगले र संवेदनशील भएर परराष्ट्र नीति अवलम्बन गर्नु पर्ने देखिन्छ । आगामी दिनमा नेपालमा एकातिर अमेरिका र यूरोपेली मुलुकहरुको दबदबा क्रमसः कम हुँदै जानेछ भने अर्कातिर चीन र भारतको प्रभाव बढ्ने देखिन्छ । यसलाई चुनौती र अवसरको रुपमा हामीले लिएर सही ढंगले सम्बोधन गर्दै अघि बढ्नु पर्दछ । अबको विश्व एशियालीको हो ।
अब नेपाली मात्र हैन एशियालीले पश्चिमेलीको हेपाइको पात्र बन्नु पर्ने छैन, आशा गरौं । हाम्रो र सन्ततीको भविश्य विदेशमा छैन, नेपालमै छ । यसैले नेपाललाई माया गरौं, आस्थाकेन्द्र मानौं, हाम्रो भविश्य उज्वल छ । साथै, सगरमाथा झैं स्वाभिमानको शिर उठाउने जिम्मा हामी नेपालीको काँधमा आएको छ ।
References
[TopTenz]. (2017 Feb 27). Top Ten Oldest Cities in the World. [Video File]. Retrieved from https://youtu.be/bwThS7NKPFo
[TopLists]. (2015 May 7). 10 Countries That May Not Survive The Next 20 Years. [Video File]. Retrieved from https://youtu.be/1vP3Ju7J4gk
[The European]. (2017 May 18). Top 10 Largest Economies in 2050. [Video File]. Retrieved from https://youtu.be/aG-8Fmk58-M
[FactDeskMedia] (2017 Jan 4). List of Top 10 Oldest Languages Still Spoken Widely in the World. [Video File]. Retrieved from https://youtu.be/lPuI9_ctAZU

Dr. Nawa Raj
Dr. Nawa Raj Subba is a public health specialist who has more than three and a half decades of experience working in public healthcare management at the Ministry of Health and Population in Nepal. In the spirit of public-private partnerships to expand access to health care in rural communities in Eastern Nepal, he played a vital role in leading operational research. He has also independently researched public health and intercultural psychology in Nepal. He published his works in books and journals. Nepali literature, culture, and music recognized him as an author. He has written artistic and cultural texts and CDs. His work has been acknowledged and appreciated by civil society, the government of Nepal, and abroad. He is now involved in Public Health and Intercultural Psychology studies in Nepal.