प्राचीन नेपालमा किरात सत्ता, जनसाङ्ख्यिक निरन्तरता र विस्थापनको भाष्य:
गोपालराज वंशावली र हड्सनका विवरणहरूको पाठतात्विक पुनरावलोकन Research Note by Dr. Nawa Raj Subba. सार (Abstract) नेपालको प्राचीन इतिहासमा किरात काल राजनीतिक, सामाजिक र भाषिक संरचनाको जग मानिन्छ। यस अनुसन्धान पत्रमा नेपालको सबैभन्दा पुरानो प्रामाणिक इतिहास ग्रन्थ मानिएको गोपालराज वंशावली र उन्नाइसौँ शताब्दीका अध्येता ब्रायन हफटन हड्सनका सामग्रीलाई मुख्य आधार बनाएर किरात शासनको प्रकृति, भौगोलिक…
