नेपाली भाषाको झर्रो रूप र यसका रैथाने जराहरू
– डा. नवराज सुब्बा १. उघारो (भूमिका) विदेशी र संस्कृतका कडा एवम् भद्दारूपी शब्दहरूको ओइरोले जब नेपाली भाषाको सग्लो र चोखो रूप धमिलिन थाल्यो, तब २०१३ सालतिर बनारसको माटोबाट एउटा बलियो चेत जाग्यो— ‘झर्रोवादी आन्दोलन’। महानन्द सापकोटा, बालकृष्ण पोखरेल, र तारानाथ शर्माजस्ता भाषाका हस्तीहरूले सुरु गरेको यो अभियान कुनै जात वा धर्मविशेषको लहड थिएन। यो…
