मेरो निजी अनुभूति र विचार

गीत बज्दा रेडियो बन्द गर्नु पर्ने दिन अझै गएको रहेनछ । पंचायतकालमा नेपालका एकजना प्रसिद्ध लोकगीत गायकले गाएका केही लोकगीत रेडियो नेपालमा सुपरहिट भए तर अश्लील भयो भनेर चर्को विरोध पनि भयो । त्यसबेला उनका लोकगीत परिवारसंग बसेर सुन्न नसकिने भो भनेर गोरखापत्रमा समेत पाठक प्रतिक्रिया आएको थियो । नेपालमा बहुदल आएपछि मिडियामा कण्डमसम्बन्धी एउटा
यस्तो विज्ञापन बज्न थाल्यो जसलाई परिवारमा बसेर सुन्न वा हेर्न नमिल्ने भो भनेर पत्रपत्रिकामा प्रतिक्रिया आयो । गणतन्त्र आएपछि एउटा यस्तै गीत सुपरहिट भएको छ जसलाई मैले पनि पचाउन सकिराखेको छैन र गीत आउनासाथ रेडियो बन्द गर्न बाद्य भएको छु । कुनै तन्त्र र यो प्रवृत्तिबीच कुनै सम्बन्ध त छैन, केवल कालखण्ड देखाउनमात्र उल्लेख गरें ।

सम्झन्छु, एकताका “निलो चोली” भन्ने उपन्यास पनि युवाबीच अत्यन्तै लोकप्रिय थियो मुनामदन जत्तिकै । फरक के भने मुनामदन चोकचोकमा भेला भएर गाउन सकिने तर “निलो चोली” चाहिँ कोठामा चुक्कुल लाएर पढ्नु पर्ने । निलो चोली आज धेरैलाई थाहा नहुन सक्छ तर यो प्रवृत्तिका साहित्य विभिन्न खालका चोली वा फ्रक भएर अझै पनि गाउँ, सहर वा साइबरमा छ्याप्छ्याप्ती छन् । फरक के मा छ भने आफ्नो परम्परा मुनामदन अझै एक्लैले धानेको छ तर निलो चोलीका स्वरुप फेरिनु परेको छ । लोकप्रियता र सस्तो लोकप्रियताको मापन गर्दा आकाश र पातालझैं लाग्छन् ।

एउटा कुरा म के भन्न चाहन्छु भने, बन्दूक चलाउने मानिस स्वच्छन्द त परै जाओस स्वतन्त्र पनि हुनु हुँदैन । कलम चलाउने मानिस स्वच्छन्द र स्वतन्त्र हुनुपर्छ तर उत्तिकै जिम्मेवार र इमान्दार पनि हुनपर्छ, यो सामाजिक अपेक्षा हो । निर्माता, मिडियाले पनि बजारलाई मात्र केन्द्रविन्दु बनाएर सामाजिक दायित्व र कलाको अस्मिताप्रति कुठाराघात गर्न हुँदैन ।

Similar Posts

  • प्रातःस्मरणीय गुरु गणेशबहादुर राई (हेडसर)मा नमन !

    भीरको खरझैं लजालु गुराँस फूलझैं बैंशालु कस्की छोरी कस्की चेली कस्की हौ तिमी मायालु ? सीताकी हुँ म बहिनी पार्वती मेरी साहिंली विशाल हिमाल पिता मेरा नेपाल मेरो माइती । (गणेशबहादुर राई) आकर्षक बिम्ब, देशप्रेमयुक्त भावमा शुन्दर संगीत भरेर हामी विद्यार्थीहरुलाई गाउन सिकाउने आदरणीय गुरु गणेशबहादुर राई आज स्वयम् एउटा बिम्ब बन्नु भएको छ ।…

  • आप भी चलिए ना !

    नवराज सुब्बा आज विहान प्रातकालीन यात्रामा थिएँ । बाटोभन्दा अलि तल पोखरी डिलमा एकजना धोबी कपडाको भारी सकिनसकी बोकिरहेका थिए । म हिंडिरहेको सडकको अर्को दिशाबाट एकजना बटुवा पनि आइरहेका थिए । हाम्रो भेट हुन त्यस्तै १५/२० कदमको दुरीमा थियो । म हिड्दाहिड्दै अर्थात् मैले हेर्दाहेर्दै उनीहरूले एकआपसमा एकदुई वटा वाक्यहरू आदानप्रदान गरे, तर त्यो…

  • तिहार डायरी (फट्याक–फुटुक) नवराज सुब्बा

    “हेलो” मैले मोवाइलमा कल रिसिभ गरें । प्रश्न सोधियो “के छ सिक्टी प्लस ?” मैले पनि जवाफ दिएँ “ओहो सिक्टी प्लस ठिक छ ।” फेरि सवाल सोधियो “अनि के गरिंदै छ नि !” म गाडीमा भएकोले गफ त्यति लम्ब्याउने अवस्थामा थिइन यसैले मैले करिव ५ मिनेटमा बेलिविस्तार लगाउन सकिने मेरो हालखवर दुइटै शब्दले अभिव्यक्त गर्न…

  • गुरुकुलमा साहित्यिक भेटघाट

    विराटनगर, १५ कार्तिक २०६७ । आरोहण गुरुकुल र पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले साहित्यिक भेटघाट र कवितावाचन कार्यक्रम सोमबार आयोजना गरेको छ । गुरुकुलमा आयोजित कार्यक्रममा साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरे, साहित्यकार रमा शर्माको समुपस्थितिमा सो भेटघाट कार्यक्रममा कविहरु नवराज सुब्बा, सुमन पोखरेल, रमाप्रसाद रिजाल, गण्डकीपुत्र, ज्याति जंगल, भूषण ढुंगेल, गोकुल अधिकारी, राधिका गुरागाइ, सविता…

  • मेरो प्रारम्भिक गीतलेखन एवम् रचनागर्भ

    बिक्रम सम्बतले त्यस्तै २०३०/३२ सालतिर नेपालको एक विकट उत्तरपूर्वी जिल्ला ताप्लेजुङको आठराई हाङपाङमा सरस्वती माद्यमिक विद्यालयमा त्यस्तै १२/१४ वर्षको नवराज सुब्बा नामको एउटा विद्यार्थी केटो ८/१० कक्षामा पढ्दथ्यो । हाइस्कुल छेउमै घर भएकाले गुरुहरुको संगतले होला हारमोनियम टयाँटयाँटुँटुँ गरेको देखेर सुनेर तथा गीत गाउन नाच्न फ¥याक फुरुक गरेको देखेर होला त्यसबेला विद्यालयका प्रधानाध्यापक गणेशबहादुर राई…

  • रिक्सावाला

    नवराज सुब्बा अनिश्चितकालीन बन्द । आज पनि बन्द छ, विराटनगर । शहरमा मोटरसाइकल, गाडी कतै चलेका छैनन् । खाना खाएपछि घरबाट हिंड्दै भृकुटीचोक पुगें र यसो आँखा दौडाएँ र एउटा रिक्सामा आँखा ठोक्कियो, रिक्सवालातिर हेरें अलि पाको उमेरको तराइवासी रहेछ । चढ्न अघि रेट फिक्स नगर्दा भरे ओर्लेर जानेबेलामा रिक्सावालसंग दलाली गर्नुको बेमज्जा सम्झें ।…

Leave a Reply