मेरो प्रारम्भिक गीतलेखन एवम् रचनागर्भ

बिक्रम सम्बतले त्यस्तै २०३०/३२ सालतिर नेपालको एक विकट उत्तरपूर्वी जिल्ला ताप्लेजुङको आठराई हाङपाङमा सरस्वती माद्यमिक विद्यालयमा त्यस्तै १२/१४ वर्षको नवराज सुब्बा नामको एउटा विद्यार्थी केटो ८/१० कक्षामा पढ्दथ्यो । हाइस्कुल छेउमै घर भएकाले गुरुहरुको संगतले होला हारमोनियम टयाँटयाँटुँटुँ गरेको देखेर सुनेर तथा गीत गाउन नाच्न फ¥याक फुरुक गरेको देखेर होला त्यसबेला विद्यालयका प्रधानाध्यापक गणेशबहादुर राई तथा संगीत शिक्षक बेनु चुँडालले यदाकदा उसलाई केही विद्यार्थीहरुका साथ अन्तिम घंटीमा गीत रिहर्सल गर्न अर्थात् गीत छान्न, गाउन, नाच्न अभ्यास गराउन भनी अर्हाउने गर्नु हुन्थ्यो ।
उसबेला विद्यालयका धेरै विद्यार्थी भाइबहिनीहरु गाउन चाच्न सिपालु थिए । त्यसमध्ये स्वर्गीय रामकुमारी प्रसाईको गायन सुरिलो थियो । त्यस्तै नाच्न सिपालु अन्य बहिनीहरु कृष्णकुमारी प्रसाई, सरला सुब्बा, मिरा प्रसाई र केटाहरुमा साह्रै फूर्तिला भाई टेकबहादुर खपाङ्गीहरुलाई अहिले पनि सभ्झिरहेको छु । हामी रिहर्शल कक्षा कोठाभन्दा अलि अलग रहेको संगम क्लबको हलमा प्रायः केही घण्टा गर्ने गर्दथ्यौं । अन्तमा हाम्रो कामको मूल्याङकन तथा सुझाव गुरुहरुले दिने गर्नु हुन्थ्यो । त्यसबेला हामीले गाउने, नाच्ने गीत भनेको हामीले जान्ने खालको अर्थात् टिप्न सक्ने खालको लोकगीत हुने गर्दथे । केही मात्रामा हामीले नै रचेको केही गीतमा लोकभाखा हालेर वा रेडियो नेपालमा बज्ने कुनै लोकप्रिय गीतको लयमा ढालेर गीत बनाइन्थ्यो । रिहर्शल पछि गीत वा नृत्य राम्रो भएमा गीत स्वीकृत हुने गर्दथ्यो । यसरी नै हामी विद्यार्थीहरुकै अग्रसरता तथा सक्रियतामा विद्यालय परिवार मिलेर गीत गाउदै र नाच्दै हामी विद्यालयको वार्षिक साँस्कृतिक कार्यक्रम गर्ने, विभिन्न उत्सव मनाउने तथा देउसी खेल्ने गर्दथ्यौं ।
जब सत्तरीको दशकमा आएर नवराज सुब्बाले एल्बम भकाभक निकाल्न थाल्यो त्यो देखेर उसबेलाकी एक पात्र उसकी बहिनी सरला सुब्बाले कुरैकुरैमा सोधिन् र सम्झाइन्– हामीले उहिल्यै विद्यालयमा गाउने नाच्ने गरेको ए बहार बोलको गीत पनि गाउनु नी । जसलाई उसबेला स्व. रामकुमारी प्रसाईले सुरिलो स्वरमा गाएकी समेत सम्झाइन् । नवराजलाई गीतको केही पाठ याद आयो तर सबै शब्द कण्ठ थिएन । त्यो पनि उसले सरलाकै सहयोगमा पुनःंस्मरण गरि पूरा भयो । गीत त फेला प¥यो तर संगीत मौलिक थिएन जसलाई संगीतकारको थप आवश्यकता प¥यो । रचना भएको तीन दशक पछि एकदिन गीतले संगीतकार साजन राईको सहयोगमा मौलिक संगीत पनि पायो र यसरी गीत पुनः मुर्झायो । यति मात्र हैन जसलाई नेपालका चर्चित गायक दीपक लिम्बूको स्वर पनि पायो । आज यो गीत रेकर्ड भएको पनि अब त झण्डै चारपाँच वर्ष भएछ ।
एल्बम निकाल्नु कति गाह«ो छ भने त्यो भनि साध्य छैन । आफनो स्वास्थ्यले पनि साथ दिएको छैन अझै पूरा सञ्चो छैन । जे भए पनि अब आउँदो माघको सहिद दिवस पारेर लोकार्पण गरेर मात्र यो मन शान्ति होला । अहिलेलाई एल्बमको पहिलो गीत अर्थात् ए बहार बोलको शीर्षगीत वा टाइटल सङ फेसबुक मार्फत् सार्वजनिक गर्दैछु । अन्तमा गीतकार अर्थात गीतको एक स्रष्टाका नाताले प्रस्तुत गीतको भावनामा अल्झिएका बल्झिएका उल्लेखित सबै पात्रहरु तथा संगीतमा सहभागी वाद्यवादक साथीहरुको योगदान प्रति गीतकार कृतज्ञ र नतमस्तक रहेका पनि बिनम्र जानकारी गराउँछु ।

Similar Posts

  • म हुस्सु !

    साँच्चै नढाँकिन भन्ने हो भने म हुस्सु छु । नपत्याय आज मैले गरेको चर्तिकलाले यो पुष्टि गर्दैन र ! मलाई दिनको २ बजेर ५० मिनेटमा कान्तिपुर एफ. एम. मा बोलाएको थियो । म चाहिँ १ बजेर ५० मा नै पो पुगें । त्यहाँ पुगेर यसो हेर्छु मलाइ बोलाउने मान्छेको चालामाला क्यै छैन ।

  • नेपालीपन ढकमक्क फक्रेको दार्जिलिङ (यात्रा-संस्मरण )

    HTML clipboard

      नेपालीपन ढकमक्क फक्रेको दार्जिलिङ
    (यात्रा-संस्मरण )

    नवराज सुब्बा

     

     

  • मेरो सपना

    बि.स. २०४० सालमा पाँचथरको इम्बुङ हेल्थपोष्टको उद्घाटन मेरै कार्यकालमा तत्कालीन गृहमन्त्री श्री पद्मशुन्दर लावतीबाट भएको थियो । लोकसेवा आयोगबाट जनस्वास्थ्य कार्यालय पाँचथर हुँदै इम्बुङ हेल्थपोष्टलाई प्रत्यायोजित अधिकार प्रयोग गरेर त्यसबेला मैले स्थानीय दुईजना युवा भाईहरुलाई कार्यालय सहयोगी (पियन) को रुपमा स्थायी नियुक्ति गरेको थिएँ । नियुक्ति भए बापत उनीहरुले खुशीयालीमा एक एक वोटा भाले… ल्याएर…

  • असार १५ डायरी

    धान र संविधानमा के फरक छ ? धान ठूलो कि संविधान ? धान पहिले उम्रेको हो कि संविधान पहिले टुसाएको ? यस्तै अर्थ न बर्थका तर्कवितर्क मात्र मनमा आइरहन्छ किन ? आज असार १५ का दिन बाँदरथुम्कीमा बसेर रोपाइँ हेर्दा बढी मजा आउँछ कि सभाहलमा संविधान बनाउँदा देखिएको रमिता हेर्दा गजब देखिन्छ ?  पहाडमा गाउँ…

  • एकल कवितावाचन र नवराज सुब्बाको प्रतिबिम्ब

    “आफ्नो भाग्य आफै लेख्ने बेला आएको छ” र “नेपाली नेपाली हामी नेपाली मधेसी होस् वा जनजाति हामी नेपाली” जस्ता ऐतिहासिक कालखण्डमा रचित गीतहरु र साहित्यकार नवराज सुब्बाको बिभिन्न अन्तरवार्ताको भिज्युअल  “नवराज सुब्बाको प्रतिबिम्ब श्रव्यदृष्य अभिलेख भाग- १” विराटनगरमा लोकार्पण गरियो । वाणी प्रकाशनमा शुक्रबार आयोजित एक समारोहमा भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेल र वरिष्ठ कवि कृष्णभूषण…

  • समयको स्वाद

    ‘Samayako Swad’ a collection of memoir written by Nawa Raj Subba has been released. Essays was published by Banni Prakashan. Second essay book of Subba was uncovered by Prof. Bal Krishna Pokhrel in a ceremony. असार २२, २०७० शनिबार, विराटनगर । साहित्यकार नवराज सुब्बाद्वारा लिखित वाणी प्रकाशनद्वारा प्रकाशित “समयको स्वाद” निबन्धसंग्रह लोकार्पण भयो । वाणी…