गीतसंगीतः मेरा मूल्य र मान्यता

– नवराज सुब्बा

कुनैबेला रचना गरेको तर बिर्सिसकेको सम्भवतः मेरो जीवनको पहिलो गीत करिब तीन दशक पछि अरूकै मुखबाट सुन्न पाएँ, आज । त्यस्तै ३०/३१ सालतिर म ९/१० कक्षामा पढ्दा मैले एउटा गीत रचना गरें । र रेडियो नेपालमा बज्ने एउटा लोकप्रिय गीतको धूनमा आधारित संगीत पनि भरें । अनि हारमोनियम बजाउँदै मादलको तालमा आफ्नै बहिनी सरलालाई नचाएँ । सरस्वती माध्यमिक विद्यालयको साँस्कृतिक कार्यक्रममा सोही गीत र नृत्य प्रस्तुत गरियो । तर केही समयपछि त्यो गीत बिर्सिइयो । आजकल मैले एलबम निकाल्न थालेको देखेर उनै बहिनीले “त्यो पुरानो गीत पनि थियो नि दाजु रेकर्ड गर्नु नि !” भनेर उनले खर्रर गाइन् । म दङ्ग परें ।

ए बहार Û तिमीसित हाँसु हाँसु लाग्छ,
आँसु पुछि तिमीसित नाचु नाचु लाग्छ…

२०३५/३६ सालतिर रेडियो नेपालद्वारा आयोजित आधुनिक तथा लोकगीत प्रतियोगिताहरूमा सहभागी भएको थिएँ । एउटा आधुनिक गीत र केही लोकगीत मैले रेडियो नेपालमा रेकर्ड पनि गराएको थिएँ । तर अहिले खोज्दा ती गीतहरू रेडियो नेपालमा भेटिदैनन् । कत्ति नमिठो लाग्छ । उसबेला कत्रो उत्साहका साथ गाइएका आधुनिकगीत, संकलन गरिएका लोकगीतहरू आज हराए । खै कता गए Ûआज मलाई मेरो आँगन सिँगो एउटा संसार भो, फर्केर आऊ त्यो बाटो नजाऊ

महाराजगञ्ज क्याम्पसको छतमा २०३४/३५ सालतिर प्रायः साँझपख घन्कने संगीत आज सम्झन्छु । त्यो अतृप्त सांगीतिक प्यास आज अर्ढाई दशकपछि पुनः आफ्नै स्वरमा गीत गाएर आफ्नो रहर पूरा गर्दैछु । यही गीत र संगीतको कोसेली बोकेर सांगीतिक जगतमा सम्भवतः नसुनिएको नाम एन्ड्रयू सिथलिङलाई लिएर उभिएको छु-

गमलाको छातीभरि फुल्यौ आहा जीवनभरि
हाँस्दा कति सुहाएको गुलाफ र बाबरी…


यस्तै अर्का प्रतिभाशाली संगीतकार साथी जसलाई सायद कसैले सुनेका छैनन्, जोसँग मेरो बिछोड भएको पनि तीनदशक भयो । उनले सायद मलाई पनि बिर्सि सके होलान् । उनै संगीतकार साथी प्रेम भट्टचनलाइ सम्झेर अतीतलाइ समर्पित गर्दै उनले संगीत गरेको गीत पनि अब गाउँदैछु –

गुलाफको थँगाभित्र मायालुको वास्ना पाउँछु
उड्ने मेरो मनभित्र त्रि्रो मात्र सपना देख्छु


गायन होस् या लेखन, मान्छे पूर्ण हुनु प्रायः असम्भव नै छ । गर्दागर्दै कोही ब्यवसायिक हुन्छन् कोही शौकीन रूपमै रहिरहन्छन् । संख्याको हिसाबले व्यवसायिक कम र शौकीन बढी हुन्छन् । संख्यात्मक हिसाबले जे भए पनि यिनीहरू एकअर्काका परिपूरक हुन् । गीतसंगीतको श्रीबृद्धिमा यी दुवैको योगदान बराबर छ । जसरी सर्जक र पाठकको योगदानले साहित्यको विकास हुन्छ त्यसैगरि कलाकार र श्रोताको योगदानले संगीतको विकास हुन्छ । संगीतको मर्मज्ञ समूहमा यिनै शौकिन कलाकारहरू पनि पर्दछन् । व्यवसायिक वा परिपक्वले मात्र गाउने वा लेख्ने हो भने हाम्रो साहित्य वा संगीतको विकास हुदैन । त्यसैले सिकारू लेखक हुन् वा शौकिन कलाकार सबैले नहिच्किचाइ सिर्जनामा पाइला सार्नुपर्छ । एकदिन पूर्णताको नजिक पुग्न सकिन्छ ।

गीतसंगीतप्रति मेरा मान्यता छन् । पहिले लोकगीततर्फ लागौं । लोकगीत जुन जाति वा समुदायको हो त्यही जाति वा समुदायले संकलन गर्नु वा गाउनु राम्रो हुन्छ । लोकगीतले भौगोलिकता, क्षेत्रीयता, जातीयता, समुदाय वा संस्कृती विशेषको प्रतिनिधित्व गर्ने भएकाले लोकगीत गाउनको लागि स्थानीयलाई अवसर दिइनुपर्दछ । अरूमा सारेगामामा दक्षता छ तालसुरमा ज्ञान छ स्वर सुरिलो छ भन्दैमा अर्थात् अवसर पाएँ भन्दैमा लोकगीतलाई व्यवसायिक वा दक्ष कलाकारले मात्र कब्जामा लिनु राम्रो होइन । जस्तैः संचारमाध्यममा चन्डिगीत राइले गाएको वा देउडागीत बैतडी, दार्चुलातिरका खसले गाएको नै अर्थपूर्ण सुनिन्छ ।

तर देशभक्तिगीत सबै जातजातिले गाएको राम्रो सुनिन्छ । देशप्रेमयुक्त गीत सबै जातजातिले लेख्नु पर्दछ अनि यसमा अझ सबैको आफ्नो सांस्कृतिक विविधतायुक्त संगीत भर्दै ती गीत गाइनु पर्दछ । कुनै जात, वर्ग वा समूहले मात्र सधैं देशपे्रमका गीत लेख्नु र गाउनुको अर्थ के अरू कसैलाई देशको माया छैन त – अवश्य सबैलाइ देशको माया छ । कुनै मुसलमान कलाकारले, कुनै दलित र्सजकले कुनै अदिवासी स्रष्टाले, मधेसीले अनि सीमान्तकृतले यो देशको मायामा कुनै देशभक्तीगीत लेख्नु, संगीत भर्नु, गाउनु नै वास्तवमा अर्थपूर्ण हुन्छ, सबैले त्यस्तो अवसर पाउनु पर्दछ ।

अरुले तपाइ भनोस् नभनोस् आफ्नै बखानलाइ देशभक्तिगीत मानेर लेख्ने अनि आधुनिक बाजागाजा राखेर अत्याधुनिक स्टुडियोमा रेकर्ड गर्ने र सञ्चारमाध्यममा घन्काउने परिपाटीमा आज परिवर्तनको आवश्यकता छ । गीतसंगीत कला हो तर देशभक्तिगीतले यसभन्दा माथि उठेर जनभावना, जनआग्रह, विविधता, समावेशीपन र सान्दर्भिकता समेतलाइ बिर्सन मिल्दैन ।


Similar Posts

  • खुशीको आँशु

    नवराज सुब्बा समृद्ध शहर विराटनगरकी दरिद्र आशा मगर आफ्नो सफलताको कथा यसरी सुनाइरहेकी छन् । “मलाई संस्थाहरूले व्यवसायिक तालिम र रु ३००० को सहयोग गरे । म दुई छाक खान नसक्ने अवस्थाको मान्छे अहिले दिनमा दुईसय रुपैया कमाउँछु र परिवारलाई पेटभरि खाना खुवाउन सक्षम भएकी छु । यसरी सहयोग गर्ने संस्थाका कर्मचारीहरू आज देख्दा मलाई…

  • असार १५ डायरी

    धान र संविधानमा के फरक छ ? धान ठूलो कि संविधान ? धान पहिले उम्रेको हो कि संविधान पहिले टुसाएको ? यस्तै अर्थ न बर्थका तर्कवितर्क मात्र मनमा आइरहन्छ किन ? आज असार १५ का दिन बाँदरथुम्कीमा बसेर रोपाइँ हेर्दा बढी मजा आउँछ कि सभाहलमा संविधान बनाउँदा देखिएको रमिता हेर्दा गजब देखिन्छ ?  पहाडमा गाउँ…

  • विराटनगरमा एकल प्रस्तुती

     १ फागुन २०६६, विराटनगर, कवि नवराज सुब्बाले रोटरी क्लब अफ विराटनगरमा एकल प्रस्तुती कविता, गीत, गजल र मुक्तक वाचन गर्नुभयो । सोही अवसरमा "देशको माया" एलवमको "नेपाली नेपाली हामी नेपाली" गीतको भिजुयल -श्रव्यदृष्य) पनि प्र

  • मेरो सपना

    बि.स. २०४० सालमा पाँचथरको इम्बुङ हेल्थपोष्टको उद्घाटन मेरै कार्यकालमा तत्कालीन गृहमन्त्री श्री पद्मशुन्दर लावतीबाट भएको थियो । लोकसेवा आयोगबाट जनस्वास्थ्य कार्यालय पाँचथर हुँदै इम्बुङ हेल्थपोष्टलाई प्रत्यायोजित अधिकार प्रयोग गरेर त्यसबेला मैले स्थानीय दुईजना युवा भाईहरुलाई कार्यालय सहयोगी (पियन) को रुपमा स्थायी नियुक्ति गरेको थिएँ । नियुक्ति भए बापत उनीहरुले खुशीयालीमा एक एक वोटा भाले… ल्याएर…

  • तिहार डायरी (फट्याक–फुटुक) नवराज सुब्बा

    “हेलो” मैले मोवाइलमा कल रिसिभ गरें । प्रश्न सोधियो “के छ सिक्टी प्लस ?” मैले पनि जवाफ दिएँ “ओहो सिक्टी प्लस ठिक छ ।” फेरि सवाल सोधियो “अनि के गरिंदै छ नि !” म गाडीमा भएकोले गफ त्यति लम्ब्याउने अवस्थामा थिइन यसैले मैले करिव ५ मिनेटमा बेलिविस्तार लगाउन सकिने मेरो हालखवर दुइटै शब्दले अभिव्यक्त गर्न…

  • समयको स्वाद

    ‘Samayako Swad’ a collection of memoir written by Nawa Raj Subba has been released. Essays was published by Banni Prakashan. Second essay book of Subba was uncovered by Prof. Bal Krishna Pokhrel in a ceremony. असार २२, २०७० शनिबार, विराटनगर । साहित्यकार नवराज सुब्बाद्वारा लिखित वाणी प्रकाशनद्वारा प्रकाशित “समयको स्वाद” निबन्धसंग्रह लोकार्पण भयो । वाणी…

Leave a Reply