मेरो सपना

बि.स. २०४० सालमा पाँचथरको इम्बुङ हेल्थपोष्टको उद्घाटन मेरै कार्यकालमा तत्कालीन गृहमन्त्री श्री पद्मशुन्दर लावतीबाट भएको थियो । लोकसेवा आयोगबाट जनस्वास्थ्य कार्यालय पाँचथर हुँदै इम्बुङ हेल्थपोष्टलाई प्रत्यायोजित अधिकार प्रयोग गरेर त्यसबेला मैले स्थानीय दुईजना युवा भाईहरुलाई कार्यालय सहयोगी (पियन) को रुपमा स्थायी नियुक्ति गरेको थिएँ । नियुक्ति भए बापत उनीहरुले खुशीयालीमा एक एक वोटा भाले… ल्याएर काटेर खुवाएका थिए । तिनै मध्येका एक भाई हुन् पूर्णसिंह नेम्बाङ लिम्बू जो अझै कार्यरत छन् । उनले मलाई एकवर्ष खाना खुवाए, मेरो देखरेख पनि गरे । एक वर्ष जति सँगै बस्दा मलाई उनको एउटा विशेषताबारे थाहा पाइनछु । करिव एकवर्ष पछि त्यहाँबाट सरुवा भएर बिदाई हुने बेलामा उनले मेरो निम्ति एउटा गीत पालाम गाए । रात्रीकालीन समय थियो म भावविभोर भएँ म कताकता हराएँ कि जस्तो भएँ । मैले बाल्यकालदेखि कैंयौं पालामहरु सुनें होला तर त्यत्ति मीठो स्वरमा नौलो भाकामा गाएको सुनेको थिएन । के गर्ने रेकर्ड गर्ने केही साधन थिएन । जसलाई बेलाबेला अहिले मनको एउटा कुनामा कानले होइन हृदयले सुन्छु । लाग्छ, कुनै दिन यो ब्यस्त जागिरे जीवनबाट अवकाश लिए पछि फेरि एकपटक तिनै गाउँ पाखा हाटमा उनीजस्तै सक्कली पात्रका स्वर सुन्न पाए कस्तो हुन्थ्यो होला अनि त्यही लोकसंगीत सुन्दै विश्लेषण र अभिलेख गर्न पाए त्यो क्षण कस्तो हुन्थ्यो होला । यो मेरो एउटा सपना हो । अब मलाई ठूलो भन्दा पनि साना साना छुटफुट कुराहरु गर्ने मन छ । अहिले यहाँ आइपुग्दा छुटेका ती जो जो छन् ती पूरा गर्न चाहन्छु नयाँ भन्दा पनि ।

Similar Posts

  • तिहार डायरी (फट्याक–फुटुक) नवराज सुब्बा

    “हेलो” मैले मोवाइलमा कल रिसिभ गरें । प्रश्न सोधियो “के छ सिक्टी प्लस ?” मैले पनि जवाफ दिएँ “ओहो सिक्टी प्लस ठिक छ ।” फेरि सवाल सोधियो “अनि के गरिंदै छ नि !” म गाडीमा भएकोले गफ त्यति लम्ब्याउने अवस्थामा थिइन यसैले मैले करिव ५ मिनेटमा बेलिविस्तार लगाउन सकिने मेरो हालखवर दुइटै शब्दले अभिव्यक्त गर्न…

  • खुशीको आँशु

    नवराज सुब्बा समृद्ध शहर विराटनगरकी दरिद्र आशा मगर आफ्नो सफलताको कथा यसरी सुनाइरहेकी छन् । “मलाई संस्थाहरूले व्यवसायिक तालिम र रु ३००० को सहयोग गरे । म दुई छाक खान नसक्ने अवस्थाको मान्छे अहिले दिनमा दुईसय रुपैया कमाउँछु र परिवारलाई पेटभरि खाना खुवाउन सक्षम भएकी छु । यसरी सहयोग गर्ने संस्थाका कर्मचारीहरू आज देख्दा मलाई…

  • म हुस्सु !

    साँच्चै नढाँकिन भन्ने हो भने म हुस्सु छु । नपत्याय आज मैले गरेको चर्तिकलाले यो पुष्टि गर्दैन र ! मलाई दिनको २ बजेर ५० मिनेटमा कान्तिपुर एफ. एम. मा बोलाएको थियो । म चाहिँ १ बजेर ५० मा नै पो पुगें । त्यहाँ पुगेर यसो हेर्छु मलाइ बोलाउने मान्छेको चालामाला क्यै छैन ।

  • मेरो निजी अनुभूति र विचार

    गीत बज्दा रेडियो बन्द गर्नु पर्ने दिन अझै गएको रहेनछ । पंचायतकालमा नेपालका एकजना प्रसिद्ध लोकगीत गायकले गाएका केही लोकगीत रेडियो नेपालमा सुपरहिट भए तर अश्लील भयो भनेर चर्को विरोध पनि भयो । त्यसबेला उनका लोकगीत परिवारसंग बसेर सुन्न नसकिने भो भनेर गोरखापत्रमा समेत पाठक प्रतिक्रिया आएको थियो । नेपालमा बहुदल आएपछि मिडियामा कण्डमसम्बन्धी एउटा…

  • मेरो प्रारम्भिक गीतलेखन एवम् रचनागर्भ

    बिक्रम सम्बतले त्यस्तै २०३०/३२ सालतिर नेपालको एक विकट उत्तरपूर्वी जिल्ला ताप्लेजुङको आठराई हाङपाङमा सरस्वती माद्यमिक विद्यालयमा त्यस्तै १२/१४ वर्षको नवराज सुब्बा नामको एउटा विद्यार्थी केटो ८/१० कक्षामा पढ्दथ्यो । हाइस्कुल छेउमै घर भएकाले गुरुहरुको संगतले होला हारमोनियम टयाँटयाँटुँटुँ गरेको देखेर सुनेर तथा गीत गाउन नाच्न फ¥याक फुरुक गरेको देखेर होला त्यसबेला विद्यालयका प्रधानाध्यापक गणेशबहादुर राई…

  • आप भी चलिए ना !

    नवराज सुब्बा आज विहान प्रातकालीन यात्रामा थिएँ । बाटोभन्दा अलि तल पोखरी डिलमा एकजना धोबी कपडाको भारी सकिनसकी बोकिरहेका थिए । म हिंडिरहेको सडकको अर्को दिशाबाट एकजना बटुवा पनि आइरहेका थिए । हाम्रो भेट हुन त्यस्तै १५/२० कदमको दुरीमा थियो । म हिड्दाहिड्दै अर्थात् मैले हेर्दाहेर्दै उनीहरूले एकआपसमा एकदुई वटा वाक्यहरू आदानप्रदान गरे, तर त्यो…

Leave a Reply