मुक्तक-2

किन हो चरी रोएको मन पर्छ
मनको रुमाल धोएको मन पर्छ
आफैलाई दुखे पनि किन होला
त्यो तिर्सनाले छोएको मन पर्छ ।

तस्वीरमा झैं सधैं राम्रो भएको भए
कवितामा झैं यौवन नओइलाएको भए
प्रेम पनि अमर कहाँ हुन्थ्यो होला प्रिय !
तिमीलाई साँच्चै आफ्नै बनाएको भए ।

Similar Posts

  • मुक्तक

    सर ! अब पढौं अनुशासन, छात्रछात्राको माग हो सरकार ! देऊ अब सुशासन, जनताको माग यो हैन अति भो हजुर ! मुख छोपौं कि के गरौं अब ! बाटैमा बसेर के गर्नेलाई भन्दा देख्नेलाई लाज भो । एस.एल.सी. (2012) दिने विद्यार्थी भाइबैनीहरूलाई शुभकामना सहित…

  • सुस्केरा

    (एक) वहाँको बोलीको कुनै ठेगान भएन बन्दूक र गोलीको पनि ठेगान भएन घरिघरि म्याद थपेको देख्दा, संविधान आउने भोलिको पनि ठेगान भएन । (दुई) घरमा आगोको सारै भर थिएन अब पानीको पनि कुनै भर भएन झर्ला र खाउँला भन्दाभन्दै, संविधान कुर्दाकुर्दै शान्तिपूर्वक सुत्ने घर भएन ।

  • जिन्दगी

    करेसाबारीमा नअटेको डिलबाट पनि धकेलिएको भीरमा फुल्ने फूल जस्तै यहाँ कसैको जिन्दगी हरदम आफैसित रम्नु रहेछ आखिर जिन्दगी गमला वा फूलबारी हैन स्वतन्त्र जिन्दगी ।

  • यो के भो !

    कुनैबेला तिमी मेरो निम्ति मरिमरि हाँस्ने गर्दथ्यौ टिपेर फूलहरु मेरै निम्ति माला गास्ने गर्दथ्यौ यो के भो ! आज कसरी आपसमा हामी वैरी भयौं ? जबकि हामी चण्डी; मारुनी, रोदी, देउडा; मिलेरै नाच्ने गर्दथ्यौं ।

Leave a Reply