बिहानी ब्यूँझाउने रातसित…

धुवैंधुँवा
भरिएको कोठामा
म सकिन निदाउन
अँट्नै सकिन
आफ्नै अपूर्णतामा
पोखिएँ चाहनामा
र बग्दै गएँ यसरी
जीवनभर भेलजस्तै
ठोक्किइरहें ढुङ्गामा
र पटक पटक
बाँचेको अनभुव गरें
घरिघरि छोएँ किनारा
र जितेको आभास पाएँ
तर जब पाएँ बगरमा आफूलाई
तब मरिमरि बाँचेकोमा एकपटक मुस्कुराएँ
अनि ब्यर्थ बाँचेकोमा पछुताइरहें
अझै पनि म
स्मसान रातसित जुधिरहेछु
र एउटा सम्झौता गरिरहेछु
बिहानी ब्यूँझाउने रातसित…

लडाइँ अझै
सकिएको छैन
भन्न सकिन्न यो युद्ध हो
धुँवामा मेरो पनि रंग मिसियो र
यदि म उठ्न सकिन भने
ए रात !
तिमीले ब्यूँझाउनु है
विहानीलाई ।

Similar Posts

  • |

    आकाश आत्मा बीचको संवाद

    📘 डा. नवराज सुब्बाद्वारा लिखित आध्यात्मिक खण्डकाव्य आकाश र आत्मा बीचको संवाद खण्डकाव्यमा आत्मा आकाशसँग बोल्छ— मौनता, प्रतीक र प्रकृतिको लयमा। आकाश ब्रह्माण्डको प्रतिनिधित्व गर्छ भने आत्मा चेतनाको गहिरो स्तर हो। यी दुईबीचको अन्तर्दृष्टिपूर्ण संवादले पाठकलाई स्व-अन्वेषण, साँस्कृतिक स्मृति, र आध्यात्मिक पुनर्जागरणतर्फ डोर्याउँछ। खण्डकाव्यको संरचना र मौलिकता काव्यको संरचना विभिन्न सर्गहरूमा विभाजित गरिएको छ, जहाँ…

  • साहित्यमा साइबर

    डा. गोविन्दराज भट्टराई प्रमिथस महाकाव्यको आरम्भमा महाकविले पुकारेका छन्— हे युनानी शारदे ! सर्वप्रथम त तिनी प्रत्येक मानवलाई वाणी दिन उभिएकी छन्, त्यसपछि मात्र विद्या, बुद्धि र चेतना रश्मी सल्काउनलाई । मलाई यो साइबर युग र सरस्वती जोड्न मन लागेको छ । ती हाम्रो मनोजगत्मा बिराजमान भावनात्मक सरस्वतीले यो साइबर युगमा कस्तो स्थान ग्रहण गर्दै…

  • दशैं

    बन्द छलेर, कर्र्‍यू तोडेर दशैं आएको छ आज बिर्खेको घरमा केही दिन भए पनि खुशी  छाएको छ केटाकेटी रमाएका छन् मक्किएको धोति पनि फेरिएको छ

  • The Voice of Mukkumling

    Dr. Nawa Raj Subba The Voice of Mukkumlung: A Poetic Tribute to History and IdentityBy Dr. Nawa Raj Subba Mukkumlung, a sacred Limbu heritage site, reverberates with history, spirituality and struggle. Sacred stones around it sing the song of past generations who speak of Sirijanga and Yalambar with reverence. Mukkumlung is more than a place; it stands…

Leave a Reply