मुक्तक
सर ! अब पढौं अनुशासन, छात्रछात्राको माग हो
सरकार ! देऊ अब सुशासन, जनताको माग यो
हैन अति भो हजुर ! मुख छोपौं कि के गरौं अब !
बाटैमा बसेर के गर्नेलाई भन्दा देख्नेलाई लाज भो ।
एस.एल.सी. (2012) दिने विद्यार्थी भाइबैनीहरूलाई शुभकामना सहित…
सर ! अब पढौं अनुशासन, छात्रछात्राको माग हो
सरकार ! देऊ अब सुशासन, जनताको माग यो
हैन अति भो हजुर ! मुख छोपौं कि के गरौं अब !
बाटैमा बसेर के गर्नेलाई भन्दा देख्नेलाई लाज भो ।
एस.एल.सी. (2012) दिने विद्यार्थी भाइबैनीहरूलाई शुभकामना सहित…
म त तिमीलाई दिन्न बधाई अब अलिकति छ खुशी बाँड्दिन सब किनकि जसलाई दिएँ शुभकामना ती सबै ढले शिखर नपुग्दै सब । भाद्र १२, २०६८
हाँगामा बसेर फेद काट्नेहरू छेपारो झैं रूपरङ्ग बदल्नेहरू नजिस्क यो राट्रिय एकतासित विदेशबाट स्वदेश खोज्नेहरू ।
कविता कोर्दा किन हो कवि नै रिसाए गीत गाउँदा किन हो कलाकार रिसाए जब नियालें आफन्त र आफन्तका मन अचम्म ! नजिककाहरू किन हो टाढिए । फागुन १५, २०६८ विराटनगर
भूकम्पले कविता झण्डै फुर्यो जाने साइत आज झण्डै जुर्यो एक्कासी आत्तिदै निस्किए सब आफ्नो त भाले सातो नै पो उड्यो ।
(एक) वहाँको बोलीको कुनै ठेगान भएन बन्दूक र गोलीको पनि ठेगान भएन घरिघरि म्याद थपेको देख्दा, संविधान आउने भोलिको पनि ठेगान भएन । (दुई) घरमा आगोको सारै भर थिएन अब पानीको पनि कुनै भर भएन झर्ला र खाउँला भन्दाभन्दै, संविधान कुर्दाकुर्दै शान्तिपूर्वक सुत्ने घर भएन ।
यो झरी र त्यो प्रेम उस्तै उस्तै रहेछ त्यो बैंश र यो मौसम जस्तै रहेछ आँखा चिम्लेर पोखिन्छ जब आकास मन भत्केपछि मान्छे पागलै हुने रहेछ ।