समयको स्वाद
समयको स्वाद
‘Samayako Swad’ a collection of memoir written by Nawa Raj Subba has been released. Essays was published by Banni Prakashan. Second essay book of Subba was uncovered by Prof. Bal Krishna Pokhrel in a ceremony.
असार २२, २०७० शनिबार, विराटनगर ।
साहित्यकार नवराज सुब्बाद्वारा लिखित वाणी प्रकाशनद्वारा प्रकाशित “समयको स्वाद” निबन्धसंग्रह लोकार्पण भयो । वाणी प्रकाशनको सत्रौं साधारण सभाको अवसरमा स्रष्टाहरुमाझ भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलले पुस्तक विमोचन गर्नु भयो ।
सिर्जाशीलता र भावी पुस्ता – नवराज सुब्बा
सन्दर्भः अन्तर्राष्ट्रिय बौद्धिक सम्पत्ति अधिकार दिवस अप्रिल २६, २०१३
यस पालिको अन्तराष्ट्रिय बौद्धिक सम्पत्ति अधिकार दिवसको नारा रहेको छ— सिर्जनशीलता र भावी पुस्ता । आजको सिर्जनशीलता आजको लागि मात्र नभएर भावी पुस्ताको भाग्य पनि निर्धारक हो भन्ने अवधारणाका साथ अप्रिल २६ का दिन विश्वमा यो दिवस मनाइदैछ । यो दिवस मनाउन कुनै प्लेकार्ड वा ब्यानर बोकेर प्रभातफेरी गरिरहन पर्दैन । बौद्धिक जमात एकै ठाउँमा बसेर यसबारे छलफल गरेर वा एक्लै बसेर भए पनि यसबारे चिन्तन मनन् गरेर यो दिवसलाई सार्थक तुल्याउन सकिन्छ ।
मान्छेले आफ्नो बुद्धिले सिर्जना गरेका सबै कुरा बौद्धिक सम्पत्ति हुन् । मूर्त वा अमूर्त रचना वा अभिव्यक्ति जो बौद्धिक सम्पत्ति हुनलाई मौलिक हुनै पर्दछ । यसपछि यो अधिकार स्रष्टालाई स्वतः प्राप्त हुन्छ चाहे त्यो वस्तु गुणस्तरीय, उपयोगी वा मूल्यवान होस् वा नहोस् । यस्तो अधिकार प्राप्त गर्न सर्जकले कुनै औपचारिकता पूरा गरि रहनु पर्दैन । तर सार्वजनिक अभिलेख राख्नको लागि वा प्रमाण पु¥याउनका लागि स्वैच्कि रूपमा दर्ता गर्न सकिने ब्यवस्था गरिएको छ । नेपालमा पनि यस सम्बन्धि ब्यवस्थाको लागि प्रतिलिपि अधिकार ऐन २०५९ र प्रतिलिपि अधिकार नियमावली २०६१ तथा नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको स्थापना गरिएको छ ।