ग्रेटर लुम्बिनीले देखाएको इतिहास
छरिएका प्रमाणदेखि जीवित ऐतिहासिक भूगोलसम्म: ग्रेटर लुम्बिनीले देखाएको इतिहास अध्ययनको नयाँ दृष्टि डा. नवराज सुब्बा परिचय इतिहास खोज्दा हामी प्रायः एउटा लिखत, एउटा अभिलेख, एउटा दरबार वा एउटा पुरातात्त्विक स्थलमा केन्द्रित हुन्छौँ। कुनै शिलालेख भेटियो भने त्यसैलाई इतिहासको मुख्य प्रमाण मान्छौँ। कुनै पुरानो बस्ती भेटियो भने त्यसलाई छुट्टै अध्ययन गर्छौँ। मौखिक परम्परा र धार्मिक स्मृतिलाई…
