साहित्य र सङ्गीतका दोभान नवराज सुब्बा (मधु पोखरेल)
पृष्ठभूमि
वि.सं. २०५३/५४ सालतिर हामी एउटै संगठनभित्र थियौं– म चाहिं बिराटनगरमा, नवराज सुब्बा सायद धनकुटामा । क्षेत्रीय गोष्ठीहरूमा, सभा-सम्मेलनहरूमा भेट हुन्थ्यो । त्यतिबेलाको क्षणिक भेटहरूले यति गाढा र घनिष्टताको आकार ग्रहण गर्ला भन्ने कहाँ थाहा थियो र ! तर भयो यस्तै । अन्यन्त शालीन, मृदुभाषी र गम्भीर व्यक्तित्व नवराज सुब्बा । साहित्य र संगीतप्रतिको अभिरुचिले नै हामी दुईलाई यति नजिक पारेझै लाग्छ । सायद २/४ भेटमा नै साहित्यप्रतिको झुकाव र केही सामग्री तैयार गरिसकेको जानकारी प्राप्त भयो । त्यसबेला म मेरो स्वास्थ्य क्षेत्र छोडेर स्थानीय विकास अन्तर्गत विराटनगरमा कार्यरत थिएँ र नवराजजी पनि जिल्ला जनस्वास्थ्य कार्यालयको प्रमुखमा विराटनगर नै आएका थिए
गीतको माया (अनुभूति) नवराज सुब्बा
गीत लेख्नुको आनन्द वा गीत सुन्नुको आनन्दको मात्र कुरा गरियो । अब गीत लेख्नुको पीडा पनि कोट्याँउछु है !
निकै वर्ष अघि विराटनगरको एकजना साहित्यकारले मसित एउटा गीत मागे— कुनै एक बालकलाकारको एल्बम निर्माणको लागि । मैले द्वन्दकालीन अवस्थामा बालबालिकाहरूद्वारा विद्यालयलाई शान्तिक्षेत्र बनाइयोस्, कृपया खेलमैदान परेडमैदान नबनाइओस् भन्ने आव्हान भएको बालगीत उनलाई दिएँ ।
केही वर्ष अघि एक बालकलाकारको एल्बम इटहरीमा विमोचन भएको समाचार सुनें । जसले अघि मलाई गीत मागेका थिए गीतकारहरु मध्ये उनको नाम सुनें तर मेरो आएन अर्थात् त्यस एल्बममा मेरो बालगीत परेन । विस्तारै त्यो कुरा मैले थाहा पाएँ तर मैले उनलाई सोधिन— मेरो बालगीत एल्बममा प¥यो, परेन वा किन परेन भनेर । उनले पनि बालगीत एल्बममा परे नपरेको जानकारी मलाई दिन आवश्यक सम्झेनन् । सबै कुरा मैले मनैमा राखें यतिञ्जेल ।
रक्सी, चामल र खुशी (गफ)
कुरा त्यस्तै वि.स.२०५४ सालतिरको हो भन्छन् लामिछाने । उनी गफलाई रोमाञ्चित बनाउँदै भन्छन्– पहाडि जिल्ला भोजपुर जाने सिलसिलामा दिनभरि हिंडेर साँझ बल्ल पुगियो दिदीबहिनी डाँडामा तर खानलाई भने केही छैन भनेर पसलेहरूले बताए पछि उनका साथी रुम्दाली र उनी निरास भए । त्यहाँ डाँडामा भएका दुइतीन घरमा बुझ्दा कतै पनि खाना पकाउनको लागि चामल वा पीठो केही किन्न भेटिएन । अब लामिछाने र रुम्दाली फसादमा परे । एकठाउँ खाने नाममा रक्सी चाहिँ भेटियो र अलिकति सुकुटी माछा पनि झुन्ड्याएको देखियो । यही भए पनि खानै पर्यो भन्दै एक बोतल रक्सी लामिछानेले किन्यो । एकदुई चुस्की तानेपछि अलि पर पोकोबाट चामल झिकेर खाना पकाउने सुरसार गर्दै गरेको एकजना भरियामाथि उनीहरूको दृष्टि पर्यो ।
तीन स्रष्टा सम्मानित
चैत्र १८, २०६८ विराटनगर । रामनवमीको अवसर पारेर उदयानन्द मुक्तिनाथ अज्र्याल संगीत प्रतिभा पुरस्कारद्वारा यस वर्ष साहित्य र कला क्षेत्रमा योगदान दिने तीनजना स्रष्टालाई सम्मानित गरिएको छ ।
हारमोनियमको नशा (संस्मरण)
हाल शनिश्चरे मोरङमा बसोबास गर्ने श्री ओमनाथ उप्रेती मेरा बाल्यकाल विद्यालयका सहपाठी हुन् जोसित धेरै वर्षपछि आज भेट भयो । ताप्लेजुङ जिल्लाको श्री सरस्वती माद्यमिक विद्यालय हाङपाङमा पढ्दा उनी मेरा एकजना रमाइला मित्र थिए । आज कामविशेषले विराटनगर आएको बेलामा फूर्सद मिलाएर भेटघाट गरि पुराना कुरा याद गर्दै मित्रता ताजा बनाउन उनी मेरो अफिसमा पसे । मैले एक कप चिया र एक अंगालो मायाले उनलाई स्वागत गरें । हाल म आफ्नो गीतसंगीत यात्राको चर्चा गरिरहेको बेलामा एकजना उपयुक्त पात्रसित गाँसिएको एउटा मीठो संस्मरण पनि सान्दर्भिक हुन सक्ला कि ! भनेर केही कोर्दैछु ।