नवराज सुब्वासँग फेरी भेट भयो (समालोचना) हिँडपाली साइँलो

प्रकाशक साझा प्रकाशन, संस्करण (पहिलो) एधार सय प्रति (२०६७ मा), मूल्य रु. १३५।- मुद्रक साझा प्रकाशनको छापाखाना समेत उल्लेख भएको गीत संग्रह “शहिदलाई सलाम” हेर्न पाएँ । यसमा रहेका अन्ठाउन्न वटा कृतिहरुलाई देशभक्ति र मानवतावादी गीत, बाल गीत, लोकलयमा आधारित गीत “लुङाज्यू” भाका, हास्य गीत र आधुनिक गीत खण्डहरुमा फरक फरक संख्यामा सजाइएको छ ।

गीतकार नवराज सुब्बाको व्यक्तित्व: सहिदलाइ सलामका विशेष सन्दर्भमा (प्रा.डा. टङ्कप्रसाद न्यौपाने)

संरचना भत्कँदा­ भत्कँदा कविता अकविता भइसकेको थियो, दुर्बोध्यता नै ठूला कविको पहिचान भइसकेको थियो तर २०३० का दशकपछि नेपाली कविताले कविताको मौलिक स्वरूप प्राप्त गरिसकेको छ । यसबाट के प्रमाणित भएको छ भने सिर्जना मर्दो रहेनछ । कविता एउटा सुन्दर भाषिक सिर्जना हो, यसैले अमर छ भनेर प्रमाणित गर्ने, नेपाली कवितालाई पाठकका माझ मीठो परिचय गराउने समसामयिक धाराका कवि कृष्णभूषण बल, दिनेश अधिकारीहरूकै उत्तरवर्ती पुस्तामा चिनिएको नाम हो- नवराज सुब्बा ।