भूल मन पर्छ
गुरुकुलमा साहित्यिक भेटघाट
विराटनगर, १५ कार्तिक २०६७ । आरोहण गुरुकुल र पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले साहित्यिक भेटघाट र कवितावाचन कार्यक्रम सोमबार आयोजना गरेको छ ।
गुरुकुलमा आयोजित कार्यक्रममा साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरे, साहित्यकार रमा शर्माको समुपस्थितिमा सो भेटघाट कार्यक्रममा कविहरु नवराज सुब्बा, सुमन पोखरेल, रमाप्रसाद रिजाल, गण्डकीपुत्र, ज्याति जंगल, भूषण ढुंगेल, गोकुल अधिकारी, राधिका गुरागाइ, सविता गौतम दाहाल, रीता खत्री, रमेश साउन, लवराज श्रेष्ठ, शुभलक्ष्मी लम्साल, दीपा पोखरेला आदीले कवितावाचन गर्नुभएको थियो ।
Mothers’ group supported
जदौ ! मगर्नी मैया (नवराज सुब्बा)
कृतित्व तथा व्यक्तित्वउपर समीक्षा र समालोचना समय समयमा पत्रपत्रिकामा प्रकाशित हुने गर्छन । पाएसम्म आफूसंग सम्बन्धित ती पत्रपत्रिकाहरू संग्रहित गरेर राख्ने गरेको छु । ‘मनको मझेरी’ निबन्धसङ्ग्रहउपर विराटनगरका समालोचक तथा साहित्यकार हरि प्रसाद बरालज्यूले एउटा समीक्षा गर्नुभएको थियो । केही वर्षअघि म बिदामा झापाबाट विराटनगर फर्कदा उहाँले नै मलाई त्यो पत्रिका उपहारस्वरुप दिनुभएको पनि थियो । यसपालिको दशैं विदामा उक्त लेख खोजेर टाइप गरेर वेभसाइटमा राख्ने विचारले पत्रपत्रिकाको रासमाथि खनिएँ । धुलोमुलोले एलर्जी भयो रुघामर्गी लाग्यो तर त्यो सामग्री फेला पार्न सकिन । रुघामर्गी अलि कम भएकाले आज शनिबार बिहान फेरि बाँकी प्याकेटहरू खोल्दै थिएँ, बरु पहिले निकै खोज्दाखोज्दा नभेटेको तर अहिले भने नखोजेको एउटा सामग्री पो भेट्टाएँ- दाहाल यज्ञनिधिको ‘ढिकुरोको गीत’ भन्ने गीतको कटिङ । २०५९ सालमा म संखुवासभा जिल्लामा सेवारत रहँदाको घटनासँग गाँसिएको छ यो रचना ।
स्रष्टा र सञ्चारको सम्बन्ध (नवराज सुब्बा)
स्रष्टालाई प्रविधिले पाठक, दर्शक र श्रोतासामु पुर्याएको छ । प्रविधिमैत्री हुन नसकेर आज पाठकलाई मात्र हैन धेरै स्रष्टालाई प्रविधि चुनौति भएको छ । तर यसले स्रष्टा र पाठक दुवैलाई अवसर पनि थपि दिएको छ । अत्यन्त द्रुतगतिमा विकसित भएको सूचना प्रविधिका साथ लागेर आज धेरै स्रष्टाहरू उन्नतीको भर्याङ उक्लिरहेछन् र सजिलै विश्वव्यापी भइरहेका छन् । स्रष्टाहरूका लागि सिर्जना गरेर मात्र अब नपुग्ने भएको छ, समयसापेक्षित रूपमा सूचना प्रविधिलाई आत्मसात गर्नु पर्ने अवस्था आएको छ ।
हिजो कुनै कृति प्रकाशन गर्नु परेमा छापाखानाको अभाव थियो । त्यसको लागि छिमेकी मुलुक जानु पर्ने स्थिति थियो । आज उन्नत प्रविधियुक्त छापाखाना स्वदेशमैं छन् । अब केही जोहो गरेर भए पनि कृति प्रकाशित गर्न सक्ने स्रष्टाहरूलाई यसले अवसर दिएको छ । आजकल साहित्यिक समारोह र भेटघाटमा पुस्तकहरू उपहारस्वरुप दिइने वा लिइने चलन आएको छ । एकआपसमा कोसेली आदानप्रदान गर्दा पुस्तक उपहार दिनु राम्रो चलन हो । यसले लेखक र पाठक, लेखक र लेखक, तथा लेखक र समालोचक बीच सेतुको काम गरेको छ । साहित्यिक बजारमा आजकल कृतिको परिमाणमा बृद्धि भएको छ जो स्वागतयोग्य कुरो हो । अब कृतिहरूको गुणस्तरमा पनि ध्यान दिने बेला आएको छ । लेखन र प्रकाशनलाई लहडबाजीका रूपमा मात्र लिइयो भने यसले स्तरीयतालाई नकारात्मक असर पुग्छ र यसबाट ब्यवसायिकताको विकासमा अवरोध उत्पन्न गर्छ । यति मात्र हैन यसले सिङ्गो साहित्यिक कृतिहरूप्रति पाठकमा नकारात्मक छाप छाड्ने र साहित्यप्रति नै पाठकमा वितृष्णा जगाउन सक्ने सम्भावना रहन्छ । आज साहित्यिक कृतिलाई व्यवसायिक दृष्टिले पनि अघि बढाउने प्रयत्न गरिएको छ । स्तरीय सामग्रीहरूको विक्रीवितरण गर्दै व्यवसायिकता ल्याएर यो क्षेत्रको दिगो विकास गर्न सकिन्छ ।