समालोचना

मुक्तकमा नवराज सुब्बाको चीत्कार (समीक्षा) ध्रुव मधिकर्मी

कविता गीत निबन्ध आदि विविध विधामा निरन्तर साहित्य साधना गरिरहेका स्रष्टा हुन् नवराज सुब्बा । कविताका प्रायः सबै विधामा उनले कलम दौडाएका छन् कविता गीत गजल । बाकी रहेको विधा मुक्तक हो । चीत्कारको प्रकाशनले उनी मुक्तकका क्षेत्रमा पनि अब चिनिने भएका छन् । उनी दैनन्दिनी जीवनका अनुभव र समसामयिक भोगाइको निचोडलाई सहज र स्वाभाविकताका […]

मुक्तकमा नवराज सुब्बाको चीत्कार (समीक्षा) ध्रुव मधिकर्मी Read More »

नवराजको थप कृति बजारमा (कृतिसमीक्षा) – हिंडपाली साइँलो

खेताला लगाएर कृति तयार नगरेका, विज्ञापनद्धारा मात्र चर्चामा आउनु नपरेका तथा कलम, मेहनत तथा लगनशीलताद्धारा ठुलाहरुबीच कुम जोडने हैसियत बनाउंदै गएका साहित्यकार नवराज सुब्बाको थप कृति मुक्तक संग्रहका रुपमा ‘चीत्कार’ आएको छ । यसैवर्ष प्रथम संस्करणमा आएको यो कृतिको आवरण लेखक आफैंले सजावट कौशलराज सुब्बाले प्रकाशण वाणी प्रकाशनले तथा मुद्रण अरनिको छापाखानाले गरेको कुरा सो

नवराजको थप कृति बजारमा (कृतिसमीक्षा) – हिंडपाली साइँलो Read More »

साहित्य र सङ्गीतका दोभान नवराज सुब्बा (मधु पोखरेल)

पृष्ठभूमि वि.सं. २०५३/५४ सालतिर हामी एउटै संगठनभित्र थियौं– म चाहिं बिराटनगरमा, नवराज सुब्बा सायद धनकुटामा । क्षेत्रीय गोष्ठीहरूमा, सभा-सम्मेलनहरूमा भेट हुन्थ्यो । त्यतिबेलाको क्षणिक भेटहरूले यति गाढा र घनिष्टताको आकार ग्रहण गर्ला भन्ने कहाँ थाहा थियो र ! तर भयो यस्तै । अन्यन्त शालीन, मृदुभाषी र गम्भीर व्यक्तित्व नवराज सुब्बा । साहित्य र संगीतप्रतिको अभिरुचिले

साहित्य र सङ्गीतका दोभान नवराज सुब्बा (मधु पोखरेल) Read More »

सुन्दर र सरल कविताहरुको संगालो (समालोचना) रामप्रसाद खरेल

नवराज सुब्बा आफैंमा एक परिचित नाम हो । लामो समयदेखि साहित्यको क्षेत्रमा साधनारत नवराज सुब्बाका पाँच वटा साहित्यिक कृति, जनस्वास्थ्य सम्बन्धि ३ वटा र संगीततर्फ ‘देशको माया’ गीति एल्बम, ‘लुकेको रहर’ गजल एल्बम, ‘नवराज सुब्बाको प्रतिबिम्व’ भिडियो लगायत फूटकर रुपमा थुप्रै गीतहरु भइसकेका छन् ।

सुन्दर र सरल कविताहरुको संगालो (समालोचना) रामप्रसाद खरेल Read More »

कवि सुब्बाको “यात्रा आधा शताब्दीको” पठनप्रक्रिया (हरिप्रसाद बराल)

कविताको परिभाषा गर्न धेरै गार्हो हुन्छ । यो भावनाको पोखाइ हो, हृदयको पोखाइ हो तर लयात्मक हुनुपर्यो । कविता उच्चस्तरीय दार्शनिक चिन्तन पनि हो किनभने गद्यमा लेखिएको करीव सयपृष्ठभित्रको भावलाई सय हरफ कविताले सजिलै टिपेर राख्न सक्छ ।

कवि सुब्बाको “यात्रा आधा शताब्दीको” पठनप्रक्रिया (हरिप्रसाद बराल) Read More »

कवि सुब्बाको “यात्रा आधा शताब्दीको” (चक्रपाणि खनाल)

कवि नवराज सुब्बा आफ्नो चौथो कवितासंग्रह “यात्रा आधा शताब्दीको” लिएर नेपाली साहित्यमा पाठक सामु उदाएका छन् । यस पहिले नै उनका “जीवन मेरो शब्दकोशमा २०६३” “बीच बाटोमा ब्यूँझेर २०६५” तथा “सहिदलाई सलाम २०६७” शीर्षकको गीतसङ्ग्रह प्रकाशित छन् । उनको रचना “मनको मझेरी २०६४” नामक निबन्धसङ्ग्रह प्रकाशित छ भने उनका गीति एल्बम्, भिडियो एल्बम्, गजल एल्बम्हरू

कवि सुब्बाको “यात्रा आधा शताब्दीको” (चक्रपाणि खनाल) Read More »

सहिदलाई सलाममा विविध सन्दर्भका गीत (ध्रुव मधिकर्मी)

यता केही समयदेखि गीत, कविता र निबन्धमा सक्रियतापूर्वक सिर्जनारत भइरहेका स्रष्टा हुन् नवराज सुब्बा । यी तीनै क्षेत्रमा आफ्नो परिचय स्थापित गर्दै आइरहेका श्रष्टा नवराज सुब्बाको पछिल्लो कृति सहिदलाई सलाम गीतसंग्रह भर्खर साझा प्रकाशनबाट प्रकाशित भएको छ । श्रष्टा सुब्बा स्वयम् गायक र संगीतकार पनि हुन् । उनको पहिलो क्षेत्र गीतिजगत नै हो । तर

सहिदलाई सलाममा विविध सन्दर्भका गीत (ध्रुव मधिकर्मी) Read More »