Category Archives: निबन्ध लेख

Essays and article on contemporary issues in Literature and social issues.

साहित्यमा सूचना, प्रचार र विज्ञापन (विचार) – नवराज सुब्बा

‘यात्रा आधा शताब्दीको’ कवितासंग्रह मेरो पचासौं जन्मोत्सवको अवसरमा प्रकाशित तेस्रो कवितासंग्रह हो । यस पुस्तकको अगाडि कभरमा रोटरी क्लब इन्टरनेसनलमा सम्पन्न मेरो पहिलो एकल कवितावाचनको तस्वीर रहेको छ । कभरको पृष्ठभागमा मैले पहिलो विश्व वेभक्याम कविता प्रतियोगितामा २०६५ मा प्रथम भई विजयी हुँदाको कवितावाचनको फोटो  छ । साथै विराटनगरमा सम्पन्न नेपालको पहिलो मारवाडि कविगोष्ठिमा नेपालीभाषीको कवि प्रतिनिधिको रुपमा गरिएको कवितावाचनको फोटो र क्याप्सन पनि प्रकाशित छन् । यी तस्बीरहरु मेरो साहित्यिक यात्रामा एक सर्जकको नाताले ५० वर्ष उमेरसम्मका उपलब्धि ठानिएका ऐतिहासिक तस्वीरहरु हुन्, जसले मेरो कवितायात्राको कोशेढुँगा निर्माण, प्रतिनिधित्व र प्रतिबिम्बित गरेका छन् । जसलाई कतिपय समीक्षक र समालोचकहरुले कविको प्रचार वा विज्ञापन वा भद्दापन ठानेका छन् । म यसबारे आफ्नो स्पष्ट धारणा यसप्रकार राख्दैछु । Continue reading साहित्यमा सूचना, प्रचार र विज्ञापन (विचार) – नवराज सुब्बा

गीतको माया (अनुभूति) नवराज सुब्बा

गीत लेख्नुको आनन्द वा गीत सुन्नुको आनन्दको मात्र कुरा गरियो । अब गीत लेख्नुको पीडा पनि कोट्याँउछु है !

निकै वर्ष अघि विराटनगरको एकजना साहित्यकारले मसित एउटा गीत मागे— कुनै एक बालकलाकारको एल्बम निर्माणको लागि । मैले द्वन्दकालीन अवस्थामा बालबालिकाहरूद्वारा विद्यालयलाई शान्तिक्षेत्र बनाइयोस्, कृपया खेलमैदान परेडमैदान नबनाइओस् भन्ने आव्हान भएको बालगीत उनलाई दिएँ ।

केही वर्ष अघि एक बालकलाकारको एल्बम इटहरीमा विमोचन भएको समाचार सुनें । जसले अघि मलाई गीत मागेका थिए गीतकारहरु मध्ये उनको नाम सुनें तर मेरो आएन अर्थात् त्यस एल्बममा मेरो बालगीत परेन । विस्तारै त्यो कुरा मैले थाहा पाएँ तर मैले उनलाई सोधिन— मेरो बालगीत एल्बममा प¥यो, परेन वा किन परेन भनेर । उनले पनि बालगीत एल्बममा परे नपरेको जानकारी मलाई दिन आवश्यक सम्झेनन् । सबै कुरा मैले मनैमा राखें यतिञ्जेल । Continue reading गीतको माया (अनुभूति) नवराज सुब्बा

रक्सी, चामल र खुशी (गफ)

कुरा त्यस्तै वि.स.२०५४ सालतिरको हो भन्छन् लामिछाने । उनी गफलाई रोमाञ्चित बनाउँदै भन्छन्– पहाडि जिल्ला भोजपुर जाने सिलसिलामा दिनभरि हिंडेर साँझ बल्ल पुगियो दिदीबहिनी डाँडामा तर खानलाई भने केही छैन भनेर पसलेहरूले बताए पछि उनका साथी रुम्दाली र उनी निरास भए । त्यहाँ डाँडामा भएका दुइतीन घरमा बुझ्दा कतै पनि खाना पकाउनको लागि चामल वा पीठो केही किन्न भेटिएन । अब लामिछाने र रुम्दाली फसादमा परे । एकठाउँ खाने नाममा रक्सी चाहिँ भेटियो र अलिकति सुकुटी माछा पनि झुन्ड्याएको देखियो । यही भए पनि खानै पर्यो भन्दै एक बोतल रक्सी लामिछानेले किन्यो । एकदुई चुस्की तानेपछि अलि पर पोकोबाट चामल झिकेर खाना पकाउने सुरसार गर्दै गरेको एकजना भरियामाथि उनीहरूको दृष्टि पर्यो । Continue reading रक्सी, चामल र खुशी (गफ)

हारमोनियमको नशा (संस्मरण)

हाल शनिश्चरे मोरङमा बसोबास गर्ने श्री ओमनाथ उप्रेती मेरा बाल्यकाल विद्यालयका सहपाठी हुन् जोसित धेरै वर्षपछि आज भेट भयो । ताप्लेजुङ जिल्लाको श्री सरस्वती माद्यमिक विद्यालय हाङपाङमा पढ्दा उनी मेरा एकजना रमाइला मित्र थिए । आज कामविशेषले विराटनगर आएको बेलामा फूर्सद मिलाएर भेटघाट गरि पुराना कुरा याद गर्दै मित्रता ताजा बनाउन उनी मेरो अफिसमा पसे । मैले एक कप चिया र एक अंगालो मायाले उनलाई स्वागत गरें । हाल म आफ्नो गीतसंगीत यात्राको चर्चा गरिरहेको बेलामा एकजना उपयुक्त पात्रसित गाँसिएको एउटा मीठो संस्मरण पनि सान्दर्भिक हुन सक्ला कि ! भनेर केही कोर्दैछु । Continue reading हारमोनियमको नशा (संस्मरण)

संवेदना, कला र ग्ल्यामर (चिन्तन) नवराज सुब्बा

संवेदना, कला र ग्ल्यामर : यी तीन कुरा बिलकुलै फरक फरक हुन् । यी एक अर्कासित अवश्य गाँसिएका छन् । तर यदी यिनमा फरक छुट्याउन सकिएन भने स्रष्टा र श्रोता अर्थात् पाठक अल्मलिन सक्छन् ।

जीवन र जगतमा जब संवेदना हेर्ने आँखा, मस्तिष्क र हृदयको विकास भयो तब यसले मान्छेभित्र शश्लेसित भएपछि अभिव्यक्त हुन कुनै माध्यमहरू खोज्यो र सुन्दर कलाको जन्म भयो । गुफामा भेटिएका ओढारभित्र कुँदिएका चित्रहरू ढुँगेयुगका मानवीय संवेदनाका कलात्मक अभिव्यक्ति हुन् । उनीहरूले माटोमा, पातमा, बोटको फेदमा पनि आफ्ना भावनालाई कोरे वा लेखे होलान् । आफ्ना चिन्ह पछिसम्म अरूहरूले पनि हेरून् भनेर नै सायद कडा ढुङ्गाको भित्तामा चित्र कुँदे होलान् जो स्वाभाविक मानवीय आकांक्षा पनि हो । Continue reading संवेदना, कला र ग्ल्यामर (चिन्तन) नवराज सुब्बा

गीति–एल्बम अमूल्य जीवनको रचनागर्भ (नवराज सुब्बा)

कृति वा सिर्जना कुनै सर्जकको समून्द्ररुपी सागरमा देखिने केवल टुप्पो मात्र हो अर्थात् हामीले देखिने रचना वा सिर्जना ‘टिप अफ दि आइसबर्ग’ हो । अर्को शब्दमा भन्नु पर्दा कुनै रचना बोटमा फल्ने फल हो भने सर्जक बोट हो । कुनै फल खाएर मात्र बोटका बारेमा सबै कुरा चाल पाइँदैन, अवश्य स्वाद लिइन्छ तर बोट नदेखेको भए बोटबारे केवल अनुमान मात्र गर्न सकिन्छ । यसैले साहित्य र सिर्जनामा लेखक, पाठक, समालोचक र अनुसन्धानकर्ता लगायतका लागि रचनागर्भ महत्वपूर्ण साधन मानिन्छ । Continue reading गीति–एल्बम अमूल्य जीवनको रचनागर्भ (नवराज सुब्बा)

विष्टबाको सुन्तला र संगीत (संस्मरण) नवराज सुब्बा

बाल्यकाल विद्यालयमा साथीभाईको लहैलहैमा लागेर मैले अनगिन्ति उपद्रो गरेकोछु । सुन्तला पाक्ने मौसममा चाहे बोटमा झुलेको होस् वा सडकमा बेच्न सजाइएका सुन्तला हुन्, सुन्तला देख्यो कि मलाई अतीतको तीतो तर अहिले सम्झँदा मीठो लाग्ने एउटा घटनाको याद आइरहन्छ । Continue reading विष्टबाको सुन्तला र संगीत (संस्मरण) नवराज सुब्बा