आदर्शवान गुरु श्री गणेशबहादुर राईको शब्दचित्र

संस्मरण – डा. नवराज सुब्बा

श्री गणेशबहादुर राई सरस्वती डि.एस.बी. मिडिल स्कुल तेह«थूमको प्रधानाध्यापक भएर २०१८ सालमा आठराई हाङपाङ आएको साल म जन्मेको रहेछु । यो विद्यालय कालान्तरमा क्रमसः हाइस्कुल हुँदै हाल उच्च माद्यमिक तहको विद्यालय बनेको छ । स्मरण रहोस्, ताप्लेजुङ जिल्ला अन्तर्गत पर्ने यो हाङपाङ गाउँ हाल संघिय नेपालको आठराई त्रिवेणी अन्तर्गतको हाङपाङ वडा भएको छ, जुन वि.स. २०३२ सालभन्दा पहिले तेह«थूम जिल्ला अन्तर्गतको एक दुर्गम पञ्चायत थियो । मैले गणेशसरलाई सानैदेखि गाउँमै देखेकाले उहाँ हाङपाङकै रैथाने जस्तो लाग्दछ । मेरो उमेर बढ्दैं जाँदा मैले बुझें, हाम्रोतिर शिक्षक नपाएर एक योग्य शिक्षकको खोजीमा उहाँलाई दार्जिलिङबाट फकाएर, बोलाएर, ल्याएर हेडसर पदमा स्थापित गरिएको रहेछ । त्यसबेला हाम्रो क्षेत्रमा विद्यालय उति थिएनन् । शिक्षक खोज्दा मान्छे पाउनै मुस्किल पर्ने कालमा दार्जिलिङमा पढेर बी.ए. पास गरेका एक होनाहार युवकलाई मनाउन गाउँका अग्रजहरू सफल भएका रहेछन् । उहाँका पिता भारतीय सेनामा कार्यरत हुनुहुन्थ्यो । उहाँका पिता तेह«थूमस्थित भारतीय सैनिक डिष्ट्रिक्ट सोल्जर्स बोर्डको कार्यालयमा भएको बेला आफ्ना छोरा गणेशबहादुर राईलाई बोर्डले केही सहयोग गरेको, मूलतः जनताले नै चन्दा उठाएर चलाएको सरस्वती स्कुलमा शिक्षकको रूपमा ठूलो जोखिम र जिम्मेवारीसाथ पठाउनु भएको रहेछ ।

समता साहित्य प्रतिष्ठानको स्थापना

<
फागुन ११, २०७४ विराटनगर ।
ओझेलमा परेका नेपाली राष्ट्रभाषा तथा मातृभाषाको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले प्रदेश न. १ का साहित्यकारहरुको पहलमा विराटनगरमा समता साहित्य प्रतिष्ठानको स्थापना गरिएको छ । साहित्यकार डा. नवराज सुब्बाको अध्यक्षतामा बाबुराम श्रेष्ठ ‘वर्षा’, शिवनाराण पंडित ‘सिंगल’, दीपबहादुर खापुङ, प्रेमप्रसाद संजेल, दीपक सम्चु, पुलिस विश्वास र लक्ष्मण नेवटिया रहेको कार्यसमिति गठन गरिएको छ ।

भोको भन्छ डाँडावारी खाउँ अघाएको भन्छ डाँडापारी खाउँ (विचार)

दुईजना साथी पाहुना गएछन् । खाना खानेबेलामा घरपति आमैले जब मासुको प्लेट अघि सारिन् तब एकजना साथीले अर्कालाई देखाउँदै ऊ त मासु खाँदैन साकाहारी हो भन्दिएछ, मुखैमा आएको मासु त्यसपछि फिर्ता लगिएछ । यसरी त्यहाँ रुनु न हाँस्नु भएछ । साथीको ख्यालठट्ठाले आफ्नै अर्को साथी मासुभात खानबाट बञ्चित भएछ । यो त एक ठठ्ठा हो तर आज यस्तै हर्कत साँच्ची नै गरिदैछ । सन्दर्भ हो बृद्धभत्ता पाउने उमेर ७० वर्षबाट ६५ वर्षमा हालै सरकारले गरेको निर्णयप्रति भएको विवाद । वास्तवमा यो विवाद अनावश्यक विवाद हो । राज्यको ढुकुटीको दुहाई दिएर तर्साउन खोज्नु मनोवैज्ञानिक दृष्टिले परपीडक आत्मरतिको द्योतक हो । यस्तो तर्क तिनैको पाइयो जसको राज्यको ढुकुटीमा प्रत्यक्ष र परोक्ष पहुँच र प्रभाव छ । यसबारे न प्रभावित वर्ग बोलेको छ, वा साँच्चै पाउनु पर्ने वर्ग न बोल्न सक्छ नै ।

विराटनगरका साहित्यकारले सम्झिए आदिकवि भानुभक्तलाई (News)

विराटनगर : आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको पूर्वसन्ध्यामा बुधबार विराटनगरका साहित्यकारहरुले उनको संझनामा कविता प्रतियोगिता आयोजना…