रचना

  • नवराजको थप कृति बजारमा (कृतिसमीक्षा) – हिंडपाली साइँलो

    खेताला लगाएर कृति तयार नगरेका, विज्ञापनद्धारा मात्र चर्चामा आउनु नपरेका तथा कलम, मेहनत तथा लगनशीलताद्धारा ठुलाहरुबीच कुम जोडने हैसियत बनाउंदै गएका साहित्यकार नवराज सुब्बाको थप कृति मुक्तक संग्रहका रुपमा ‘चीत्कार’ आएको छ । यसैवर्ष प्रथम संस्करणमा आएको यो कृतिको आवरण लेखक आफैंले सजावट कौशलराज सुब्बाले प्रकाशण वाणी प्रकाशनले तथा मुद्रण अरनिको छापाखानाले गरेको कुरा सो…

  • साहित्यमा सूचना, प्रचार र विज्ञापन (विचार) – नवराज सुब्बा

    ‘यात्रा आधा शताब्दीको’ कवितासंग्रह मेरो पचासौं जन्मोत्सवको अवसरमा प्रकाशित तेस्रो कवितासंग्रह हो । यस पुस्तकको अगाडि कभरमा रोटरी क्लब इन्टरनेसनलमा सम्पन्न मेरो पहिलो एकल कवितावाचनको तस्वीर रहेको छ । कभरको पृष्ठभागमा मैले पहिलो विश्व वेभक्याम कविता प्रतियोगितामा २०६५ मा प्रथम भई विजयी हुँदाको कवितावाचनको फोटो  छ । साथै विराटनगरमा सम्पन्न नेपालको पहिलो मारवाडि कविगोष्ठिमा नेपालीभाषीको…

  • चरा, तिर्खा, पानी र शहर

    – नवराज सुब्बा तिर्खाले ब्याकुल छु पानी खान आएको थिएँ तिम्रो घरमा पर्खे तर मनको ढोका खोलेनौ यही घरमा पहिले हामी बस्ने एउटा ठूलो रुख थियो ढलेछ हामीले खाने फल थियो झरेछ पानी खाने पोखरी पनि सबै सुकेछ लुकामारी गर्ने फूलका पोथ्राहरु थिए सबै मान्छेका वासस्थान शहर भएछ तिम्रो घरको छानामा पानीको भण्डार छ त्यो…

  • प्रशंसापत्र

    यहाँ सधैं उही जूनको फेदमा अँध्यारो चिसो रात बिछ्याएर बस्ने हामी किरण खै किन हीरा जस्तो चम्केनौं बत्तीको फेदमा अँध्यारो दुर्भाग्य पोखिएका यत्रतत्र छरिएका हामी छाया कोही दियोझैं किन सल्केनौं !

  • आत्मसन्तुष्टीको अनुभूति

    जीवनकालमा आफ्नै रचनाले अरु कसैको मन जितेको देख्नु वा सुन्नु पाउनु अथवा अनुभूत गर्न पाउनु भन्दा सुन्दर उपलब्धि अरु केही छैन । आजकल हङकङमा राष्ट्रिय गीत गायक सुमित खड्का ‘हामी पहिले नेपाली’ गीति एल्बम हङकङमा बसोबास गर्ने नेपाली माझ सार्वजनिक गर्दै हुनुहुन्छ । हङकङ नपाली महासंघको संयोजनमा उक्त एल्बम हङकङमा पनि सार्वजनिक गरिने र हङकङ…

  • शुभकामना !

    शुभकामना ! हङकङ नेपाली महासंघ तथा गायक कलाकार सुमित खड्काजी ! हङकङ नेपाली महासंघको निमन्त्रणामा नेपाली देशभक्तिगीत गायनमा पहिचान बनाएका चर्चित युवा गायक सुमित खड्का विराटनगरबाट हङकङ यात्रामा निस्कनु भएको छ । निकट भविश्य (संभवत ३० नोभेम्बर) मा हङकङमा आयोजित समारोहमा मैले रचना गरेको गीत तथा बरिष्ठ संगीतकार शक्ति बल्लभको संगीतमा महासंघको अफिसियल गीत गायक…

  • छठपर्व विदामा अनाथाश्रम

    २०६९ सालको छठपर्वको अवसरमा युवागायक सुमित खड्काको गीत सुन्न तथा र अनाथाश्रमका बालकलाकारहरुको नृत्य हेर्न पूर्वाञ्चल अनाथाश्रम गइयो । करिव एक घण्टाको सास्कृतिक कार्यक्रमको अन्तमा बालबालिका र अनाथाश्रमलाई शुभकामना व्यक्त गरियो र बालबालिकाहरुलाई खाजास्वरुप बिस्कुट र चाउचाउ दिंदै फेरि भेट्ने बाचा गर्दै अपरान्हतिर  बिदा मागियो ।