रक्सी, चामल र खुशी (गफ)
कुरा त्यस्तै वि.स.२०५४ सालतिरको हो भन्छन् लामिछाने । उनी गफलाई रोमाञ्चित बनाउँदै भन्छन्– पहाडि जिल्ला भोजपुर जाने सिलसिलामा दिनभरि हिंडेर साँझ बल्ल पुगियो दिदीबहिनी डाँडामा तर खानलाई भने केही छैन भनेर पसलेहरूले बताए पछि उनका साथी रुम्दाली र उनी निरास भए । त्यहाँ डाँडामा भएका दुइतीन घरमा बुझ्दा कतै पनि खाना पकाउनको लागि चामल वा पीठो केही किन्न भेटिएन । अब लामिछाने र रुम्दाली फसादमा परे । एकठाउँ खाने नाममा रक्सी चाहिँ भेटियो र अलिकति सुकुटी माछा पनि झुन्ड्याएको देखियो । यही भए पनि खानै पर्यो भन्दै एक बोतल रक्सी लामिछानेले किन्यो । एकदुई चुस्की तानेपछि अलि पर पोकोबाट चामल झिकेर खाना पकाउने सुरसार गर्दै गरेको एकजना भरियामाथि उनीहरूको दृष्टि पर्यो ।