पाथिभरादेवीप्रति मेरो श्रद्धा अटल छ (यात्रा–संस्मरण) नवराज सुब्बा
मेरो जन्मगाउँ हाङपाङबाट उत्तरपूर्वतिर घामसितै टल्कने कञ्चनजङ्घा, कुम्भकर्ण हिमालहरू र त्यसको फेदैमा पाथि घोप्ट्याएजस्तो बसेको पाथिभरा डाँडा चीरपरिचित आकृतिहरू हुन् ।
मेरो जन्मगाउँ हाङपाङबाट उत्तरपूर्वतिर घामसितै टल्कने कञ्चनजङ्घा, कुम्भकर्ण हिमालहरू र त्यसको फेदैमा पाथि घोप्ट्याएजस्तो बसेको पाथिभरा डाँडा चीरपरिचित आकृतिहरू हुन् ।
धुवैंधुँवा
भरिएको कोठामा
म सकिन निदाउन
अँट्नै सकिन
आफ्नै अपूर्णतामा
पोखिएँ चाहनामा
र बग्दै गएँ यसरी
जीवनभर भेलजस्तै
ठोक्किइरहें ढुङ्गामा
र पटक पटक
बाँचेको अनभुव गरें
“हेलो” मैले मोवाइलमा कल रिसिभ गरें । प्रश्न सोधियो “के छ सिक्टी प्लस ?” मैले पनि जवाफ दिएँ “ओहो सिक्टी प्लस ठिक छ ।” फेरि सवाल सोधियो “अनि के गरिंदै छ नि !” म गाडीमा भएकोले गफ त्यति लम्ब्याउने अवस्थामा थिइन यसैले मैले करिव ५ मिनेटमा बेलिविस्तार लगाउन सकिने मेरो हालखवर दुइटै शब्दले अभिव्यक्त गर्न उचित ठान्दै जवाफ दिएँ— “यस्तै फट्याक–फुटुक गर्दैछु ।”
कवि अनिल पौडेलसित गफ सकिए पछि मैंले सोचें, मैले के बोलें । मलाई नै अचम्म लाग्यो यो “फट्याक–फुटुक” शब्द मलाई मुखमा कसरी आयो भनेर । स्वःस्फूर्त मुखमा आएको यो शब्द पछि सम्झँदा चाहिँ रमाइलै लाग्यो ।
कात्तिक ९, २०६८ । रंजनी, मोरङ ।
यसपालिको तिहारमा साँस्कृतिक कार्यक्रम गरी राष्ट्रिय एकता बढाउन गाउँ गाउँका युवाहरु उठेका छन् । मोरङको रंजनी दर्वेसा– ९ मा “सक्रिय युवा समूह” ले राष्ट्रियगीत, लोकगीत, लोकनृत्य सहितको सांगीतिक कार्यक्रमको आयोजना गरेको छ ।
एउटा गीतकार हुनुको पीडा र सुख पनि बेग्लै भएको छ मलाई । आफ्ना केही गीत अरुका स्वरमा तथा अरुका संगीतमा पहिलो पटक सुन्दा म रोएको छु । त्यसबेला मलाई भक्कानिएर रुन मन लाग्छ । तर लाज लाग्छ आफूलाई नियन्त्रित गर्न हम्मे पर्छ, र एकान्तमा छेलिएर म रुमालले आँशु पुच्छु, बाथरुममा पसेर मुख, आँखा धोएर वेदनालाई पखाल्ने गर्दछु । मलाई लाग्छ मेरो गीतले सायद मलाई नै सबैभन्दा बढी पीडा र सुख पनि दिन्छ होला र नै यति निचोर्छ मेरो मुटुलाई ।
यसपालि पनि
भूइँचालोले देखेन
जीवनदेखि दिक्क भएका
मृत्यु पर्खी बसेकाहरूलाई
बरु फुलिरहेका फूलहरू टिप्यो
वारिपारि गर्ने पुलहरू चुँडायो
यसपालि पनि टेरेन मृत्युले
मान्छेका निर्दोष पाइलाहरू
बरु निर्ममतापूर्वक कुल्चियो
निस्सासियो गाउँ र शहर
स्वास रोकिएको मौका छोपेर
मिच्न मिच्यो मानव अस्तित्व
यसरी फुत्त आयो भूकम्प
उजाड बनायो गाउँशहर
र लुत्त लुक्यो….