मुक्तक

Nepali short poem Muktak by Nawaraj Subba

समय

(एक) समयको तालसँगै कति ताला लागे लागे कारखानामा ताला लागे कार्यालयमा लागे बोल्ने मुखमा ताला लाग्ला नि भन्छन् बैरी आफ्ना चाहि खाने मुखमैं भोटे ताला लागे । (दुइ) पाक्न पाक्न लागेको फल टिपेर पिसेर खाए राम्ररी पाक्न दिएनन् अधकल्चै झारेर खाए यसपालि अनिकालले पो मरिन्छ कि गाँठे ! बीऊ नै नराखी इमानको बोटै उखेलेर खाए

समय Read More »

सरकार !

(एक) खेलियो विश्वयुद्ध खुकुरीसित नाँचियो स्वदेशी छातीमा विदेशी तक्मा टाँसियो कहिले होला सुभारम्भ तेस्रो विश्वयुद्धको ? शत्रु हैन आफैलाई नै सिद्याउन आँटियो ! (दुई) बोकायौ बन्दूक काँधमा नपुगेर घाऊ लगायौ आसामी मानेर काँधमा विदेशी ऋण बोकायौ न गरी खायौ न गरी खानै दियौ सरकार ! भन्दाभन्दै परिवन्दले पासपोर्ट र भीसा बोकायौ ।

सरकार ! Read More »

सुस्केरा

(एक) वहाँको बोलीको कुनै ठेगान भएन बन्दूक र गोलीको पनि ठेगान भएन घरिघरि म्याद थपेको देख्दा, संविधान आउने भोलिको पनि ठेगान भएन । (दुई) घरमा आगोको सारै भर थिएन अब पानीको पनि कुनै भर भएन झर्ला र खाउँला भन्दाभन्दै, संविधान कुर्दाकुर्दै शान्तिपूर्वक सुत्ने घर भएन ।

सुस्केरा Read More »