रचना

मुक्तकमा नवराज सुब्बाको चीत्कार (समीक्षा) ध्रुव मधिकर्मी

कविता गीत निबन्ध आदि विविध विधामा निरन्तर साहित्य साधना गरिरहेका स्रष्टा हुन् नवराज सुब्बा । कविताका प्रायः सबै विधामा उनले कलम दौडाएका छन् कविता गीत गजल । बाकी रहेको विधा मुक्तक हो । चीत्कारको प्रकाशनले उनी मुक्तकका क्षेत्रमा पनि अब चिनिने भएका छन् । उनी दैनन्दिनी जीवनका अनुभव र समसामयिक भोगाइको निचोडलाई सहज र स्वाभाविकताका […]

मुक्तकमा नवराज सुब्बाको चीत्कार (समीक्षा) ध्रुव मधिकर्मी Read More »

कार्यक्रम डायरी (फागुन ४, २०६९ विराटनगर)

मस्तिष्क पक्षाघात, मस्कुलर डिस्ट्रोफी र स्नायु सम्बन्धि समस्या भएका ब्यक्तिहरुका लागि खेलिने बोसिया खेलकासहभागीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रम सकेर फर्कने क्रममा गाडि चढ्न लाग्दा होटल परिशरको एक कुनामा ढकमक्क फुलेका फुलहरुले मेरो ध्यान खिच्यो । क्यामेरा झिकें र त्यतैतिर लम्किएँ, अनि ऐंगल मिलाउँदै केही सट लिंदै थिएँ । यत्तिकैमा पछाडि मलाई कसैले कोट्याए जस्तो लाग्यो ।

कार्यक्रम डायरी (फागुन ४, २०६९ विराटनगर) Read More »

विद्यार्थीको चिठी

नवराज सर कविता लेख्न कसैले लाएको छैन मलाई कर म उत्सुक छु हजुरलाई भेट्न नवराज सर । हजुर हुनुहुन्छ जनस्वास्थ्य प्रशासक दिनुहुन्छ सबै कर्मचारीलाई उनीहरुको हक । धेरे जनाको भीडमा मैले हजुरलाई चिनें साहित्यलाई हजुरले रूचीको रूपमा लिनें । हजुरका बारेमा मैले धेरैजनाबाट सुनें हजुरका कविताहरू छन् मन छुनें । ठग फटाहादेखि हजुर परपर सर्ने

विद्यार्थीको चिठी Read More »

नवराजको थप कृति बजारमा (कृतिसमीक्षा) – हिंडपाली साइँलो

खेताला लगाएर कृति तयार नगरेका, विज्ञापनद्धारा मात्र चर्चामा आउनु नपरेका तथा कलम, मेहनत तथा लगनशीलताद्धारा ठुलाहरुबीच कुम जोडने हैसियत बनाउंदै गएका साहित्यकार नवराज सुब्बाको थप कृति मुक्तक संग्रहका रुपमा ‘चीत्कार’ आएको छ । यसैवर्ष प्रथम संस्करणमा आएको यो कृतिको आवरण लेखक आफैंले सजावट कौशलराज सुब्बाले प्रकाशण वाणी प्रकाशनले तथा मुद्रण अरनिको छापाखानाले गरेको कुरा सो

नवराजको थप कृति बजारमा (कृतिसमीक्षा) – हिंडपाली साइँलो Read More »

साहित्यमा सूचना, प्रचार र विज्ञापन (विचार) – नवराज सुब्बा

‘यात्रा आधा शताब्दीको’ कवितासंग्रह मेरो पचासौं जन्मोत्सवको अवसरमा प्रकाशित तेस्रो कवितासंग्रह हो । यस पुस्तकको अगाडि कभरमा रोटरी क्लब इन्टरनेसनलमा सम्पन्न मेरो पहिलो एकल कवितावाचनको तस्वीर रहेको छ । कभरको पृष्ठभागमा मैले पहिलो विश्व वेभक्याम कविता प्रतियोगितामा २०६५ मा प्रथम भई विजयी हुँदाको कवितावाचनको फोटो  छ । साथै विराटनगरमा सम्पन्न नेपालको पहिलो मारवाडि कविगोष्ठिमा नेपालीभाषीको

साहित्यमा सूचना, प्रचार र विज्ञापन (विचार) – नवराज सुब्बा Read More »

चरा, तिर्खा, पानी र शहर

– नवराज सुब्बा तिर्खाले ब्याकुल छु पानी खान आएको थिएँ तिम्रो घरमा पर्खे तर मनको ढोका खोलेनौ यही घरमा पहिले हामी बस्ने एउटा ठूलो रुख थियो ढलेछ हामीले खाने फल थियो झरेछ पानी खाने पोखरी पनि सबै सुकेछ लुकामारी गर्ने फूलका पोथ्राहरु थिए सबै मान्छेका वासस्थान शहर भएछ तिम्रो घरको छानामा पानीको भण्डार छ त्यो

चरा, तिर्खा, पानी र शहर Read More »

प्रशंसापत्र

यहाँ सधैं उही जूनको फेदमा अँध्यारो चिसो रात बिछ्याएर बस्ने हामी किरण खै किन हीरा जस्तो चम्केनौं बत्तीको फेदमा अँध्यारो दुर्भाग्य पोखिएका यत्रतत्र छरिएका हामी छाया कोही दियोझैं किन सल्केनौं !

प्रशंसापत्र Read More »