Posted inमुक्तक
तिमी देख्दा
दिँदैनन् साथ कोही तर पनि म एक्लै नाच्दछु मेरा यहाँ कोही छैनन् ता पनि म…
पृष्ठभूमि
वि.सं. २०५३/५४ सालतिर हामी एउटै संगठनभित्र थियौं– म चाहिं बिराटनगरमा, नवराज सुब्बा सायद धनकुटामा । क्षेत्रीय गोष्ठीहरूमा, सभा-सम्मेलनहरूमा भेट हुन्थ्यो । त्यतिबेलाको क्षणिक भेटहरूले यति गाढा र घनिष्टताको आकार ग्रहण गर्ला भन्ने कहाँ थाहा थियो र ! तर भयो यस्तै । अन्यन्त शालीन, मृदुभाषी र गम्भीर व्यक्तित्व नवराज सुब्बा । साहित्य र संगीतप्रतिको अभिरुचिले नै हामी दुईलाई यति नजिक पारेझै लाग्छ । सायद २/४ भेटमा नै साहित्यप्रतिको झुकाव र केही सामग्री तैयार गरिसकेको जानकारी प्राप्त भयो । त्यसबेला म मेरो स्वास्थ्य क्षेत्र छोडेर स्थानीय विकास अन्तर्गत विराटनगरमा कार्यरत थिएँ र नवराजजी पनि जिल्ला जनस्वास्थ्य कार्यालयको प्रमुखमा विराटनगर नै आएका थिए