रचना

नदी निदाएको बेला

केवल रमिता हेर्छन् तर रातो अचानामा बगेको महाभारत पढ्ने आँखा अझै उघ्रेनन् द्रौपदीको चीरहरणभन्दा कहालीलाग्दो जीवनहरण दिउँसै भइरहेछ नारीलाई बोक्सी आरोपित गरेर लछारपछार गर्दै दुनियाँ जननीको गला निमोठ्दै छ मानवशून्य बन्दै मान्छे दिसापिसाब मुखमा बलात् कोच्दैछ घाँटी थिचेर चीत्कार  दबाइँदैछ यसरी एउटी अबलाको जीवनयात्रा निषेध भएको छ ।

नदी निदाएको बेला Read More »

बलबहादुरको कथा

यतिञ्जेल बलेले आफ्नो अनुहार राम्ररी नियाल्नै भ्याएको छैन एकदिन नागरिकता बनाउँदा फोटो खिच्ने बेलामा एकछिन आफूलाई ऐनामा चियायो र मुसुक्क हाँस्यो अनि अर्कोपटक बहिखातामा औंठाछाप लगाएपछि फाँटवालाले दिएको नागरिकतामा आफ्नो फोटो सरकारी छापसितै नारिएको देखेर मुस्कुरायो उपरान्त उसले हाँसेको देखिएन विचराले हाँसोस् पनि कतिबेला भारीले सधैं थिचेको चिच्यै छ साहुको रिनले किचेको किच्यै छ यही

बलबहादुरको कथा Read More »

‘अमूल्य जीवन’को लोकार्पण

गीतकार नवराज सुब्बाको तेस्रो गीति एल्बम ‘अमूल्य जीवन’को विराटनगरमा लोकार्पण गरिएको छ । रेडियो नेपालीकी प्रथम गायिका रानुदेवी अधिकारीले एल्बमको लोकार्पण गर्नुभयो । गीतकार सुब्बाले शहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शहिद दिवसको अवसरमा निकालिएको गीति एल्बममा ९ वटा गीतहरु समावेश रहेको जनाउनुभयो ।

‘अमूल्य जीवन’को लोकार्पण Read More »

अमूल्य जीवन लोकार्पण

माघ १६, २०६८ सहिद दिवसको दिन :  नेपाल पत्रकार महासंघ विराटनगरको सभाकक्षमा नवराज सुब्बाको तेस्रो गीति एलबम ‘अमूल्य जीवन’ लोकार्पण हुदैछ ।

अमूल्य जीवन लोकार्पण Read More »

गीति–एल्बम अमूल्य जीवनको रचनागर्भ (नवराज सुब्बा)

कृति वा सिर्जना कुनै सर्जकको समून्द्ररुपी सागरमा देखिने केवल टुप्पो मात्र हो अर्थात् हामीले देखिने रचना वा सिर्जना ‘टिप अफ दि आइसबर्ग’ हो । अर्को शब्दमा भन्नु पर्दा कुनै रचना बोटमा फल्ने फल हो भने सर्जक बोट हो । कुनै फल खाएर मात्र बोटका बारेमा सबै कुरा चाल पाइँदैन, अवश्य स्वाद लिइन्छ तर बोट नदेखेको

गीति–एल्बम अमूल्य जीवनको रचनागर्भ (नवराज सुब्बा) Read More »

गीत

पुतलीझैं खेलाउँछु आज आफ्नै मन सबै कुरा नलैजाऊ देऊ बालापन । ठेकान छैन के भयो यो मुखको बोली लैजाऊ बैंश बरु देऊ त्यो तोतेबोली लोभी भए आँखा आज पापी भए मन सबै कुरा नलैजाऊ देऊ बालापन । कुकु खेल्ने गट्टा खेल्ने हे मेरा साथी आउँला भन्थ्यौ हरायौ दोबाटोमा राखी कुर्दाकुर्दै जोवन गयो दोधार भो मन

गीत Read More »

रोयल्टी सङकलन अन्तरक्रिया

पौष १६, २०६८ इटहरी सुनसरी । सङ्गीत रोयल्टी सङकलन समाज र कपीराइट रजिष्ट्रारको कार्यालयद्वारा इटहरी सुनसरीमा आयोजित एक दिने अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो । गीतसङ्गीत क्षेत्रमा संलग्न गीतकार, संगीतकार तथा गायकहरुको सहभागिता उत्साहजनक थियो ।

रोयल्टी सङकलन अन्तरक्रिया Read More »