Blog

  • आमासमूहको सक्रियता

    मंसिर १०, २०६७ । मोरङ इन्द्रपुर १ आमासमूहको वाषिर्क साधारण सभा सम्पन्न भएको छ । सभामा ९ सदस्यीय कार्यसमिति गठन गर्ने, आकस्मिक कोषको सुदृढिकरण गर्ने र आमासमूहको भवन बनाउने निर्णय गरिएको छ । उक्त साधारण सभामा आकस्मिक कोषको लागि चन्द्रबहादुर गुरुङ र कमला गुरुङले रु ५० हजार, स्वास्थ्यकर्मी विश्वमित्र ढकालले थप १० हजार अनुदान दिएको…

  • भूल मन पर्छ

    चालै नपाइ फक्रिएको फूल मनपर्छ जानी जानी गरेको भूल मन पर्छ । वसन्तमा छरिएर मुस्काउने आशा नशा साँच्चै लागेछ तिमी देख्छु जता तिम्रै केशमा सिउरेको फूल मन पर्छ जानी जानी गरेको भूल मन पर्छ । नसल्काऊ मुटु मेरो बल्या दियोसँगै तिम्रैपछि छाया मेरो लाग्या थियोसँगै अझै हान तीर मलाई शूल मन पर्छ जानी जानी गरेको…

  • गुरुकुलमा साहित्यिक भेटघाट

    विराटनगर, १५ कार्तिक २०६७ । आरोहण गुरुकुल र पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले साहित्यिक भेटघाट र कवितावाचन कार्यक्रम सोमबार आयोजना गरेको छ । गुरुकुलमा आयोजित कार्यक्रममा साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरे, साहित्यकार रमा शर्माको समुपस्थितिमा सो भेटघाट कार्यक्रममा कविहरु नवराज सुब्बा, सुमन पोखरेल, रमाप्रसाद रिजाल, गण्डकीपुत्र, ज्याति जंगल, भूषण ढुंगेल, गोकुल अधिकारी, राधिका गुरागाइ, सविता…

  • जदौ ! मगर्नी मैया (नवराज सुब्बा)

    कृतित्व तथा व्यक्तित्वउपर समीक्षा र समालोचना समय समयमा पत्रपत्रिकामा प्रकाशित हुने गर्छन । पाएसम्म आफूसंग सम्बन्धित ती पत्रपत्रिकाहरू संग्रहित गरेर राख्ने गरेको छु । ‘मनको मझेरी’ निबन्धसङ्ग्रहउपर विराटनगरका समालोचक तथा साहित्यकार हरि प्रसाद बरालज्यूले एउटा समीक्षा गर्नुभएको थियो । केही वर्षअघि म बिदामा झापाबाट विराटनगर फर्कदा उहाँले नै मलाई त्यो पत्रिका उपहारस्वरुप दिनुभएको पनि थियो…

  • स्रष्टा र सञ्चारको सम्बन्ध (नवराज सुब्बा)

    स्रष्टालाई प्रविधिले पाठक, दर्शक र श्रोतासामु पुर्‍याएको छ । प्रविधिमैत्री हुन नसकेर आज पाठकलाई मात्र हैन धेरै स्रष्टालाई प्रविधि चुनौति भएको छ । तर यसले स्रष्टा र पाठक दुवैलाई अवसर पनि थपि दिएको छ । अत्यन्त द्रुतगतिमा विकसित भएको सूचना प्रविधिका साथ लागेर आज धेरै स्रष्टाहरू उन्नतीको भर्‍याङ उक्लिरहेछन् र सजिलै विश्वव्यापी भइरहेका छन् । स्रष्टाहरूका…