हुचिल

– नवराज सुब्बा

आजकल
घरको धुरीमै
बसेको छ
हुचिल


यसबेला
अन्न हैन
फलामको चिउरा चपाउँदैछु
पानी हैन
आफ्नै रगत र आँशु पिउँदैछु
एउटा नौलो
तर लामो बन्दी जीवन
आफ्नै घरमा बिताउँदैछु
हो
बाँच्दाबाँचदै यही जीवनमा
म बिना कसुरको दण्ड भोग्दैछु

कृपया मलाई
विश्वास गर
हामी बस्ने
घरको धुरीमा पक्कै
बसेको छ हुचिल
जो अशुम, असान्दर्भिक स्वरमा
घरिघरि हामीलाई तर्साइरहेछ
अविश्वास, अनिश्चयका बतासले
हामीलाई हिर्काइरहेछ
आजकल
घरको धुरीमै
बसेको छ
हुचिल ।

Similar Posts

  • बलबहादुरको कथा

    यतिञ्जेल बलेले आफ्नो अनुहार राम्ररी नियाल्नै भ्याएको छैन एकदिन नागरिकता बनाउँदा फोटो खिच्ने बेलामा एकछिन आफूलाई ऐनामा चियायो र मुसुक्क हाँस्यो अनि अर्कोपटक बहिखातामा औंठाछाप लगाएपछि फाँटवालाले दिएको नागरिकतामा आफ्नो फोटो सरकारी छापसितै नारिएको देखेर मुस्कुरायो उपरान्त उसले हाँसेको देखिएन विचराले हाँसोस् पनि कतिबेला भारीले सधैं थिचेको चिच्यै छ साहुको रिनले किचेको किच्यै छ यही…

  • केही कविताहरू

    कठघरामा उभिएर हो ! हो ! हो ! म सत्य सत्य बोल्दैछु आमाको परिभाषा म केवल आमा बुझ्दछु जोड्दछु नाता नानाथरि तर कदापि तोड्दिनँ यो नाता कतिन्जेल केरिरहन्छौ हिरासत–मुक्त गरिदेऊ मलाई अन्योलबाट, रिक्तता, तिक्तताबाट मुक्त गरिदेऊ ! भन, ती को हुन् ? जसले तिमीलाई काखमा राखेर बुबु खुवाइन् माया गरेर बुई चढाइन् उनैको शरीरमा दिसापिसाब…

  • प्रस्ताव

    तिम्रो न्यानो छातीमा
    बिसाएका मेरा सपनाहरू
    बसन्तमा फुल्ने फूलहरू हैनन्
    जसलाई शिशिरले झार्न सकोस्
    लालुपाते र बाबरी होइनन् माया
    जो वर्षैपिच्छे टिप्न सकियोस्

Leave a Reply