जेसिज खुल्ला कविगोष्ठी

असोज १८, २०६७ विराटनगर । जेसिज सप्ताह अन्तर्गत विराटनगर जेसिजले खुल्ला प्रतियोगितात्मक कविगोष्ठीको आयोजना गर्‍यो । प्रतियोगितामा शेखर पोखरेल प्रथम, शम्भु उपाध्याय द्वितीय, निर्मला काइराला तृतीय भए । यसै गरी प्रतियोगितामा शिवनारायण पण्डित सिंगल र सुमितकुमार यादवले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि तथा साहित्यकार नवराज सुब्बाले बिजयी स्रष्टाहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयो ।

करिव ३० जना स्रष्टाहरुबीच भएको प्रतियोगितात्मक कविगोष्ठीमा महाकाव्यकार सोमराज अभय, वरिष्ठ साहित्यकार बलराम पोखरेल, गण्डकीपुत्र, लावण्य सापकोटा, कविराज पोखरेल, गोकुल ब्याकुल, शुभलक्ष्मी लम्साल, माधवकुमार मुकुन्द, रामसागर अधिकारी, सविता गौतम दाहाल, दीपक सञ्चु लगायतले आ-आफ्ना अप्रतियोगी रचना प्रस्तुत गर्नुभयो ।

विराटनगर जेसिजका कैलाश खाकी श्रेण्ठको अध्यक्षतामा सम्पन्न कविगोष्ठीमा निर्णायकद्वय साहित्यकार भूषण ढुँगेल र ज्याति जंगलले बोल्नु भएको थियो । कार्यक्रममा जेसिजका कार्यकारी उपाध्यक्ष अमिष रेग्मीले स्वागत र जेसिज सप्ताहका मुख्य संयोजक रोशन धौभडेल, कार्यक्रमका संयोजक भक्तराज खड्का र विराटनगर जेसिजका पूर्व अध्यक्ष देवेश प्रधानले बोल्नु भएको थियो ।

Similar Posts

  • धन्यवाद विराटनगर !

    असार ३१, २०६७ । विराटनगरलाई कार्यक्षेत्र बनाएर नेपाली वाङमयको साधना गरेकोमा विराटनगर उपमहानगरपालिका १९ औं नगरपरिषदले मलाई नगद रु ११ हजार पुरस्कार सहित सम्मानपत्र प्रदान गरेकोमा परिषदलाई धन्यवाद दिन चाहन्छु । साथै आफ्नो गृहनगरले मलाई यसरी सम्मान गरेकोमा म आफूलाई भाग्यशाली ठान्दछु ।

  • छठपर्व विदामा अनाथाश्रम

    २०६९ सालको छठपर्वको अवसरमा युवागायक सुमित खड्काको गीत सुन्न तथा र अनाथाश्रमका बालकलाकारहरुको नृत्य हेर्न पूर्वाञ्चल अनाथाश्रम गइयो । करिव एक घण्टाको सास्कृतिक कार्यक्रमको अन्तमा बालबालिका र अनाथाश्रमलाई शुभकामना व्यक्त गरियो र बालबालिकाहरुलाई खाजास्वरुप बिस्कुट र चाउचाउ दिंदै फेरि भेट्ने बाचा गर्दै अपरान्हतिर  बिदा मागियो ।

  • कृति पुरस्कृत

    पूर्वाञ्चलमा प्रकाशित सर्वोत्कृष्ट कृतिलाइ प्रदान गरिने २०६४ सालको जयन्द्रप्रसाद प्रसाइ साहित्य सेवा पुरस्कार नवराज सुब्बाद्वारा लिखित 'मनको मझेरी' निबन्धसङ्ग्रहलाइ प्रदान गरिएको छ ।

  • कदर पत्र प्रदान

    २०७२ जेठ २ गते विराटनगर । त्रिभुवन विश्व विद्यालयबाट स्वास्थ्य मनोविज्ञानमा विद्यावारिधि (पिएचडि) गरे बापत डा. नवराज सुब्बालाई किरात याक्थुड चुम्लुड विराटनगर शाखाले सम्मानित गरेको छ । मनोज मेन्याड्बोको अध्यक्षतामा भएको चुम्लुडको पाँचौ अधिवेशनमा कियाचु केन्द्रीय सदस्य नारायण यक्सोले डा. सुब्बालाई कदर पत्र प्रदान गर्नुभयो । उक्त अवसरमा किरात याक्थुड चुम्लुड विराटनगर शाखा, मोरड जिल्लाका…

Leave a Reply