विराटनगरका साहित्यकारले सम्झिए आदिकवि भानुभक्तलाई (News)


विराटनगर : आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको पूर्वसन्ध्यामा बुधबार विराटनगरका साहित्यकारहरुले उनको संझनामा कविता प्रतियोगिता आयोजना रेका छन्। २ सय ४ वर्षअघि असार २९ गते तनहुँको चुँदी रम्घामा भानुभक्तको जन्म भएको थियो। आदिकविको जन्मजयन्तीको अवसरमा भानु कला केन्द्र र भानु–मोरङ सांस्कृतिक समितिले संयुक्त रुपमा आयोजना गरेको कविता प्रतियोगितामा सहभागी साहित्यकारहरुले भानुभक्त आचार्यसँग सम्बन्धित सिर्जना वाचन गरे। प्रतियोगितामा कवि बाबुराम श्रेष्ठ ‘वर्षा’ पहिलो, भवानी पोखरेल दोस्रो, सरिता तुलाधर तेस्रो र वीरेन्द्रकुमार साह चौथो भए।
साहित्यकार मधु पोखरेल र रामबाबु दाहाल निर्णायक रहेको कार्यक्रममा दुई दर्जनभन्दा बढी कविले सहभागिता जनाए। कार्यक्रममा लावण्य सापकोटा, गोकुल अधिकारी, देवी पन्थी, हरि कट्टेल, मञ्जु शर्मा, मीनकुमार नवोदित, सविता गौतम दाहाल, मान बज्राचार्य, तारानाथ पोखरेल लगायतले अप्रतियोगी सिर्जना प्रस्तुत गरे।
गीतकार डा. नवराज सुब्बाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराई, श्रीओम श्रेष्ठ ‘रोदन’, दधिराज सुवेदी लगायतले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा साहित्यमा पुर्‍‍याएको योगदानको चर्चा गरेका थिए। भानु कला केन्द्रले हरेक वर्ष आदिकविको जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ।
Source: thahakhabar.com  Similar News: koshikhabar

Similar Posts

  • Vyatith Kavya Banita Award- 2070

    2014.10.18 Kathmandu Nepal. ‘Banita’ literary magazine has honoured Poet Nawa Raj Subba with ‘Byatith Kavya Banita Puraskar- 2070’ award. Culture Expert Satya Mohan Joshi as a chief guest handed over certificate and cash prize Rs 5000 to Subba in a official program held at Nepal Academy Kathmandu. Distinguished writers, poets, artists, invitees, including Chancellor of…

  • बाणीमा कविगोष्ठी

    असार ४, २०६७, विराटनगर नेपाल । वाणी प्रकाशन विराटनगरमा प्रकाशनको २३० औं श्रृंखला कविगोष्ठीमा दुइ दर्जन कविहरुले आ-आफ्नो रचना वाचन गरे । कविहरु नवराज सुब्बा, मधु पोखरेल, ज्योति जंगल,

  • ‘अमूल्य जीवन’को लोकार्पण

    गीतकार नवराज सुब्बाको तेस्रो गीति एल्बम ‘अमूल्य जीवन’को विराटनगरमा लोकार्पण गरिएको छ । रेडियो नेपालीकी प्रथम गायिका रानुदेवी अधिकारीले एल्बमको लोकार्पण गर्नुभयो । गीतकार सुब्बाले शहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शहिद दिवसको अवसरमा निकालिएको गीति एल्बममा ९ वटा गीतहरु समावेश रहेको जनाउनुभयो ।

  • कदर पत्र प्रदान

    २०७२ जेठ २ गते विराटनगर । त्रिभुवन विश्व विद्यालयबाट स्वास्थ्य मनोविज्ञानमा विद्यावारिधि (पिएचडि) गरे बापत डा. नवराज सुब्बालाई किरात याक्थुड चुम्लुड विराटनगर शाखाले सम्मानित गरेको छ । मनोज मेन्याड्बोको अध्यक्षतामा भएको चुम्लुडको पाँचौ अधिवेशनमा कियाचु केन्द्रीय सदस्य नारायण यक्सोले डा. सुब्बालाई कदर पत्र प्रदान गर्नुभयो । उक्त अवसरमा किरात याक्थुड चुम्लुड विराटनगर शाखा, मोरड जिल्लाका…