आत्मसन्तुष्टीको अनुभूति

जीवनकालमा आफ्नै रचनाले अरु कसैको मन जितेको देख्नु वा सुन्नु पाउनु अथवा अनुभूत गर्न पाउनु भन्दा सुन्दर उपलब्धि अरु केही छैन ।

आजकल हङकङमा राष्ट्रिय गीत गायक सुमित खड्का ‘हामी पहिले नेपाली’ गीति एल्बम हङकङमा बसोबास गर्ने नेपाली माझ सार्वजनिक गर्दै हुनुहुन्छ । हङकङ नपाली महासंघको संयोजनमा उक्त एल्बम हङकङमा पनि सार्वजनिक गरिने र हङकङ नेपाली महासंघको अफिसियल गीत पनि लोकार्पण गर्ने कार्यक्रमहरु तय गरिएका छन् । संगीतकार शक्ति बल्लभ, गायक सुमित खड्का र गीतकार म आज यस घडिमा हामी एकअर्कालाई धन्य ठान्दछौं । गायक खड्काका अनुसार उक्त गीतहरु हङकङका श्रोताहरुले पनि मन पराइएको प्रतिक्रिया मलाई बारम्बार अवगत गराउँदै हुनुहुन्छ र भरखरै पनि च्याटिङबाट अपडेट गराउनु भयो । धन्यवाद ।

यसैगरि ‘नेपाली नेपाली हामी नेपाली मधेशी होस् वा जनजाति हामी नेपाली’ बोलको गीत यता विराटनगर क्षेत्रमा तथा नेपालका विभिन्न रंगमञ्चमा अर्का प्रतिभाशाली युवा कलाकार साजन राइले घन्काइरहनु भएको छ । हिजै मात्र एकजना साहित्यकार तथा पत्रकार युवाराज पौडेलजी मलाई भन्दै हुनुहुन्थ्यो– “तपाईले यो गीतमा प्रयुक्त गरेको ‘मेचीमा घाम झल्कँदा कालीको शीत पग्लियोस’् भन्ने विम्ब बजोड लाग्यो…. ” भनेर भन्दै हुनुहुन्थ्यो । यसैगरि यही गीतको रिङटोन बजारमा अरुहरुका मोवाइलमा बेलाबेला सुन्छु भनेर मेरो छोरा कौशलले पनि मलाई सुनाइ रहन्छन् । केही दिन अघि म बाटो हिड्दा हिड्दै गीत सुनें “विवशताले बाँधिएको मान्छेको जीवन पिंजडा भित्र छट्पटिरहने मैनाझैं यो मन” । पंचायतकालमा विद्यार्थी जीवनमा मैले रचना गरेको उक्त गीत २०३८ सालतिर रेडियो नेपालको स्टूडियोमा मेरा मित्र सूर्य थुलुङजीको स्वरमा रेकर्ड भएको उक्त पुरानो गीत पनि अभैm कसैलाई मन पर्दो रहेछ भनेर मनमनै हाँसें र खुशी मानें ।

यसरी एउटा गीतकार तथा सर्जकको हैशियतले यहाँभन्दा सन्तुष्टि लिने ठाउँ अरु कहाँ छ र ! मैले यो भन्दा बढी आशा राखेको पनि छैन । यसैले यो नै मेरो सबैभन्दा ठूलो सन्तुष्टी हो पुरस्कार हो जो मैले पाएँ वा पाइरहेछु वा पाएको अनुभूत गरिरहेछु ।

Similar Posts

  • एकल कवितावाचन र नवराज सुब्बाको प्रतिबिम्ब

    “आफ्नो भाग्य आफै लेख्ने बेला आएको छ” र “नेपाली नेपाली हामी नेपाली मधेसी होस् वा जनजाति हामी नेपाली” जस्ता ऐतिहासिक कालखण्डमा रचित गीतहरु र साहित्यकार नवराज सुब्बाको बिभिन्न अन्तरवार्ताको भिज्युअल  “नवराज सुब्बाको प्रतिबिम्ब श्रव्यदृष्य अभिलेख भाग- १” विराटनगरमा लोकार्पण गरियो । वाणी प्रकाशनमा शुक्रबार आयोजित एक समारोहमा भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेल र वरिष्ठ कवि कृष्णभूषण…

  • आप भी चलिए ना !

    नवराज सुब्बा आज विहान प्रातकालीन यात्रामा थिएँ । बाटोभन्दा अलि तल पोखरी डिलमा एकजना धोबी कपडाको भारी सकिनसकी बोकिरहेका थिए । म हिंडिरहेको सडकको अर्को दिशाबाट एकजना बटुवा पनि आइरहेका थिए । हाम्रो भेट हुन त्यस्तै १५/२० कदमको दुरीमा थियो । म हिड्दाहिड्दै अर्थात् मैले हेर्दाहेर्दै उनीहरूले एकआपसमा एकदुई वटा वाक्यहरू आदानप्रदान गरे, तर त्यो…

  • अलबिदा कुमार कान्छा !

    करिव डेढवर्षअघि कुमार कान्छासित मेरो पहिलो र अन्तिभ भेट भएको थियो काठमाडौंको एक रेकर्डिङ स्टुडियोमा । मलाई सारै मन परेको मेरो एउटा गीतको संगीत जसलाई युवा संगीतकार साजन राइले संगीतबद्ध गर्नुभएको थियो त्यसलाई म नरेन्द्र प्यासीको स्वरमा रेकर्ड गर्न चाहन्थें । यसै उदेश्यले मैले सो गीतको संगीत संयोजनको जिम्मा मैले भूपेन्द्र रायमाझीलाई दिएँ । संगीत…

  • म हुस्सु !

    साँच्चै नढाँकिन भन्ने हो भने म हुस्सु छु । नपत्याय आज मैले गरेको चर्तिकलाले यो पुष्टि गर्दैन र ! मलाई दिनको २ बजेर ५० मिनेटमा कान्तिपुर एफ. एम. मा बोलाएको थियो । म चाहिँ १ बजेर ५० मा नै पो पुगें । त्यहाँ पुगेर यसो हेर्छु मलाइ बोलाउने मान्छेको चालामाला क्यै छैन ।

  • मेरो जीवन यात्रा

    नवराज सुब्बा

    मेरो बाल्यकाल मेरो सिर्जनाको मलिलो स्रोत हो । बाल्यकालका मीठा, नमीठा दुवै अनुभव र अनुभूति मैले संगालेको छु । आज केवल बाल्यकालको सम्झनाले मात्र पनि मन प्रफुल्लित हुन्छ ।

Leave a Reply