सरकार !

(एक)
खेलियो विश्वयुद्ध खुकुरीसित नाँचियो
स्वदेशी छातीमा विदेशी तक्मा टाँसियो
कहिले होला सुभारम्भ तेस्रो विश्वयुद्धको ?
शत्रु हैन आफैलाई नै सिद्याउन आँटियो !

(दुई)
बोकायौ बन्दूक काँधमा नपुगेर घाऊ लगायौ
आसामी मानेर काँधमा विदेशी ऋण बोकायौ
न गरी खायौ न गरी खानै दियौ सरकार !
भन्दाभन्दै परिवन्दले पासपोर्ट र भीसा बोकायौ ।

Similar Posts

  • समय

    (एक) समयको तालसँगै कति ताला लागे लागे कारखानामा ताला लागे कार्यालयमा लागे बोल्ने मुखमा ताला लाग्ला नि भन्छन् बैरी आफ्ना चाहि खाने मुखमैं भोटे ताला लागे । (दुइ) पाक्न पाक्न लागेको फल टिपेर पिसेर खाए राम्ररी पाक्न दिएनन् अधकल्चै झारेर खाए यसपालि अनिकालले पो मरिन्छ कि गाँठे ! बीऊ नै नराखी इमानको बोटै उखेलेर खाए…

  • सपनाको भकुण्डो

    हुट्टिट्याउँले आकास थामेन किन भो उभिण्डो न त बाख्राको मुखमा अट्छ कहिल्यै कुभिण्डो आफूलाई नधोच्ने जुँघाले अरुलाई नै घोच्दछ यसरी सकिंदैन गोल गर्न यो सपनाको भकुण्डो । जेठ १५, २०६९ विराटनगर नेपाल ।

  • मन

    यो झरी र त्यो प्रेम उस्तै उस्तै रहेछ त्यो बैंश र यो मौसम जस्तै रहेछ आँखा चिम्लेर पोखिन्छ जब आकास मन भत्केपछि मान्छे पागलै हुने रहेछ ।

  • मुक्तक

    कविता कोर्दा किन हो कवि नै रिसाए गीत गाउँदा किन हो कलाकार रिसाए जब नियालें आफन्त र आफन्तका मन अचम्म ! नजिककाहरू किन हो टाढिए । फागुन १५, २०६८ विराटनगर

  • मुक्तक

    सर ! अब पढौं अनुशासन, छात्रछात्राको माग हो सरकार ! देऊ अब सुशासन, जनताको माग यो हैन अति भो हजुर ! मुख छोपौं कि के गरौं अब ! बाटैमा बसेर के गर्नेलाई भन्दा देख्नेलाई लाज भो । एस.एल.सी. (2012) दिने विद्यार्थी भाइबैनीहरूलाई शुभकामना सहित…

2 Comments

  1. हो नवराज जी, हामीलाई अहिले यही पिडाले सताएको छ ।धन्यवाद हजूरको यो भावना मेरो मन सँग मेल खाएको मा ।

Leave a Reply