सरकार !

(एक)
खेलियो विश्वयुद्ध खुकुरीसित नाँचियो
स्वदेशी छातीमा विदेशी तक्मा टाँसियो
कहिले होला सुभारम्भ तेस्रो विश्वयुद्धको ?
शत्रु हैन आफैलाई नै सिद्याउन आँटियो !

(दुई)
बोकायौ बन्दूक काँधमा नपुगेर घाऊ लगायौ
आसामी मानेर काँधमा विदेशी ऋण बोकायौ
न गरी खायौ न गरी खानै दियौ सरकार !
भन्दाभन्दै परिवन्दले पासपोर्ट र भीसा बोकायौ ।

Similar Posts

  • डष्टबिन

    झुत्रे झोला नभए यी मनका कुरा म कहाँ राख्थे हुँला थोत्रे बाकस नभए यत्तिका बात कता थन्क्याउँथे हुँला कहाँ सकिंदा रहेछन् भावना मात्र पोखिएर कवितामा सोच्दछु डष्टबिन नभए यतिधेरै कुरा कहाँ फाल्थें हुँला । — जेठ ३२ गते २०६९ विराटनगर नेपाल ।

  • सुस्केरा

    (एक) वहाँको बोलीको कुनै ठेगान भएन बन्दूक र गोलीको पनि ठेगान भएन घरिघरि म्याद थपेको देख्दा, संविधान आउने भोलिको पनि ठेगान भएन । (दुई) घरमा आगोको सारै भर थिएन अब पानीको पनि कुनै भर भएन झर्ला र खाउँला भन्दाभन्दै, संविधान कुर्दाकुर्दै शान्तिपूर्वक सुत्ने घर भएन ।

  • सपनाको भकुण्डो

    हुट्टिट्याउँले आकास थामेन किन भो उभिण्डो न त बाख्राको मुखमा अट्छ कहिल्यै कुभिण्डो आफूलाई नधोच्ने जुँघाले अरुलाई नै घोच्दछ यसरी सकिंदैन गोल गर्न यो सपनाको भकुण्डो । जेठ १५, २०६९ विराटनगर नेपाल ।

  • मुक्तक

    कविता कोर्दा किन हो कवि नै रिसाए गीत गाउँदा किन हो कलाकार रिसाए जब नियालें आफन्त र आफन्तका मन अचम्म ! नजिककाहरू किन हो टाढिए । फागुन १५, २०६८ विराटनगर

2 Comments

  1. हो नवराज जी, हामीलाई अहिले यही पिडाले सताएको छ ।धन्यवाद हजूरको यो भावना मेरो मन सँग मेल खाएको मा ।

Leave a Reply