पोखरेलजी नाम जस्तै मधु

  • नवराज सुब्बा

भेट्यो कि हाँस-हाँस उठ्छ गजलकार मधु पोखरेललाई देख्दा । पल्लव साहित्य प्रतिष्ठान चितवनको निम्त्यालु भएर विराटनगरका हामी झण्डै आधादर्जन स्रष्टाहरू गइयो र भेला भइयो नारायणघाट स्थित बृद्धाश्रम सभाकक्षमा । प्रतिष्ठानको वार्षिक समारोह अन्तर्गत सम्मान आदि कार्यक्रम सकिएपछि कविगोष्ठीको आयोजना गरिएको थियो । गजलकार मधु पोखरेलले गजलवाचन गर्न माइकसामु उभिएर बोल्न थालेको केही बेरमै हतारहतार भुइँमा खसेको केही चिज टिप्नुभो । मैले सोचें, वहाँको हातको कुनै वस्तु जस्तै कलम वा कलमको विर्को आदि खसेकोले टिप्नुभएको होला । तर होटलमा फर्के पछि मेरी पत्नी चन्चलाले जब सो घटनाबारे बताइन् तब मात्र  थाहा पाएँ कि त्यसबेला वहाँको दाँत नै पो खसेको रहेछ । पहिले त चन्चलाले पनि मुखबाट सुपारी खसेछ भन्ठानिछन् । तर भुइँबाट हतारहतार टिपेर मधुजीले पैण्टको गोजीमा हालेपछि मात्र दाँत रहेछ भनेर उनले चाल पाइछन् ।
बाफ् रे ! त्यत्रो शभामा सबैसामु उभिएकै बेला खस्नु पर्ने त्यो दाँतले ! त्यसमा पनि जब गजलवाचन गर्ने बेलामा नै खस्नु पर्ने त्यो वनावटी दाँतले ! यसरी मलाई त्यो दाँतसित रिस र मधुजीसँग हाँस उठ्न थाल्यो ।

कुरा गर्दै जाँदा वनावटी दाँतका थुप्रै किस्सा पनि सुनियो । केटी माग्न जाँदा रातीपख हाछिउँ गर्दा खसेको दाँत रातभर बत्ति बालेर खोज्दा पनि नभेटिएको तर सोही दाँत विहानपख कुकुरले चपाउँदै गरेको पाइएको जस्ता किस्सा सुनेपछि मलाई मधुजीको त्यो घटना सम्झेर निकै हाँसो उठ्यो । आज यो घटना भएको झण्डै छ महिना जति भयो होला तर अझै पनि मलाई हाँस उठिरहन्छ गजलकार मधुलाई देख्दा, भेट्दा ।

यो घटनाबारे लेख्न बस्दा म प्रफुल्लित छु तर केवल त्यही एउटा घटनाले मात्र भने होइन । वहाँसँग संगत भएको झण्डै डेढ दशक जति भयो होला तर मैले वहाँ रिसाएको देखेकै छैन । जहिले पनि प्रफुल्ल मुद्रामा म वहाँलाई देख्छु । सधै हाँसिखुशी बस्न रुचाउने, साथीभाई भने पछि हुरुक्कै हुने, रमाइलो गर्न पछि नहट्ने पोखरेलजी वास्तवमा नाम जस्तै मधु हुनुहुन्छ ।

जब वहाँको बोली माइकमा सुनिन्छ तब वहाँको आवाज एउटा कुशल गायकको जस्तो ओजपूर्ण ध्वनिमा गुन्जिन्छ कानमा मात्र हैन मुटुमा प्रतिध्वनित हुनेगरी । लयात्मक गजलवाचनका निम्ति जुन स्वर वहाँले पाउनु भएको छ त्यसको सटिक प्रस्तुती नै वहाँको विशिष्ठता हो, मैले देखेको कुरा ।
यति मात्र होइन वहाँ एउटा राष्ट्रसेवक पनि हुनुहुन्छ । वहाँले मेरो कार्यक्षेत्र जिल्ला जनस्वास्थ्यको प्रशासन शाखा समेत केही वर्षसम्हालिसक्नु भएको छ । जिल्ला विकास समिति मोरङको योजना, अनुगमन तथा प्रशासकीय अधिकृत जस्तो महत्वपूर्ण पदमा वहाँ बहाल रहँदा मैले पनि वहाँसित प्रत्यक्ष सहकार्य गरेको थिएँ । मोरङ जिल्लामा २०६१-६२ सालतिर हामी विराटनगरका सरकारी तथा गैरसरकारी संस्थाहरू, विद्यार्थी, संचारकर्मी, स्वास्थ्यकर्मी लगायत मिलेर भव्य रूपमा सहिद मैदानमा विश्व एड्स दिवस मनाउँथ्यौं । त्यसबेला जिल्ला विकास समितिको एक ज्रिम्मेवार अधिकृतको हैसियतले वहाँले सभाको सन्चालन गर्दा प्रदर्शन गर्नू भएको वहाँको वक्तृत्वकलाले आमसभालाई एकसूत्रमा बाँधेको थियो । समुदायलाई तितरबितर हुन नदिई एकत्रित पारेर सभा सफल बनाउन वहाँको आवाजले ठूलो भूमिका खेलेको थियो, जो म कहिल्यै बिर्सने छैन ।
एकातिर एक राष्ट्रसेवकको जिम्मेवारी बहन गर्नु पर्ने अनि अर्कातिर नेपाली वाङ्मयमा समर्पित रहनु पक्कै पनि चानचुने कुरो होइन । कविता, गजल, निबन्ध लगायतका विधामा जुन सिर्जना र साधना गरिरहनु भएको छ त्यसको म मुक्तकण्ठले प्रशंसा गर्दछु । देशप्रेमयुक्त भावना वहाँका रचनामा प्रसस्त पाइन्छन् । वहाँले चितवनमा वाचन गर्नुभएको गजलको मतलामा पनि राष्ट्रप्रतिको चिन्ता मुखरित भएको छ ।
तिमीले भुल्यौ र पो देश दुख्छ
स्वयं मुस्कुरायौ र पो देश दुख्छ ।
यस अवसरमा म वहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । अस्तु ।
(संस्मरण)

Similar Posts

  • मेरो प्रारम्भिक गीतलेखन एवम् रचनागर्भ

    बिक्रम सम्बतले त्यस्तै २०३०/३२ सालतिर नेपालको एक विकट उत्तरपूर्वी जिल्ला ताप्लेजुङको आठराई हाङपाङमा सरस्वती माद्यमिक विद्यालयमा त्यस्तै १२/१४ वर्षको नवराज सुब्बा नामको एउटा विद्यार्थी केटो ८/१० कक्षामा पढ्दथ्यो । हाइस्कुल छेउमै घर भएकाले गुरुहरुको संगतले होला हारमोनियम टयाँटयाँटुँटुँ गरेको देखेर सुनेर तथा गीत गाउन नाच्न फ¥याक फुरुक गरेको देखेर होला त्यसबेला विद्यालयका प्रधानाध्यापक गणेशबहादुर राई…

  • आफ्नै गीतमा…

    नवराज सुब्बा एउटा गीतकार हुनुको पीडा र सुख पनि बेग्लै भएको छ मलाई । आफ्ना केही गीत अरुका स्वरमा तथा अरुका संगीतमा पहिलो पटक सुन्दा म रोएको छु । त्यसबेला मलाई भक्कानिएर रुन मन लाग्छ । तर लाज लाग्छ आफूलाई नियन्त्रित गर्न हम्मे पर्छ, र एकान्तमा छेलिएर म रुमालले आँशु पुच्छु, बाथरुममा पसेर मुख, आँखा…

  • नेपालीपन ढकमक्क फक्रेको दार्जिलिङ (यात्रा-संस्मरण )

    HTML clipboard

      नेपालीपन ढकमक्क फक्रेको दार्जिलिङ
    (यात्रा-संस्मरण )

    नवराज सुब्बा

     

     

  • मेरो निजी अनुभूति र विचार

    गीत बज्दा रेडियो बन्द गर्नु पर्ने दिन अझै गएको रहेनछ । पंचायतकालमा नेपालका एकजना प्रसिद्ध लोकगीत गायकले गाएका केही लोकगीत रेडियो नेपालमा सुपरहिट भए तर अश्लील भयो भनेर चर्को विरोध पनि भयो । त्यसबेला उनका लोकगीत परिवारसंग बसेर सुन्न नसकिने भो भनेर गोरखापत्रमा समेत पाठक प्रतिक्रिया आएको थियो । नेपालमा बहुदल आएपछि मिडियामा कण्डमसम्बन्धी एउटा…

  • असार १५ डायरी

    धान र संविधानमा के फरक छ ? धान ठूलो कि संविधान ? धान पहिले उम्रेको हो कि संविधान पहिले टुसाएको ? यस्तै अर्थ न बर्थका तर्कवितर्क मात्र मनमा आइरहन्छ किन ? आज असार १५ का दिन बाँदरथुम्कीमा बसेर रोपाइँ हेर्दा बढी मजा आउँछ कि सभाहलमा संविधान बनाउँदा देखिएको रमिता हेर्दा गजब देखिन्छ ?  पहाडमा गाउँ…

  • खुशीको आँशु

    नवराज सुब्बा समृद्ध शहर विराटनगरकी दरिद्र आशा मगर आफ्नो सफलताको कथा यसरी सुनाइरहेकी छन् । “मलाई संस्थाहरूले व्यवसायिक तालिम र रु ३००० को सहयोग गरे । म दुई छाक खान नसक्ने अवस्थाको मान्छे अहिले दिनमा दुईसय रुपैया कमाउँछु र परिवारलाई पेटभरि खाना खुवाउन सक्षम भएकी छु । यसरी सहयोग गर्ने संस्थाका कर्मचारीहरू आज देख्दा मलाई…

Leave a Reply