भूकम्पको प्रतिध्वनि (Poem)
– डा. नवराज सुब्बा
– डा. नवराज सुब्बा
टिप फूल या पात भाँच हाँगा या बोटलाई म रूँदिन अब झार्दिन आँशु पनि बरु काट अरू टुक्राउ र बनाऊ
हिजो यो देशमा राजा थिए
यहाँ सधैं उही जूनको फेदमा अँध्यारो चिसो रात बिछ्याएर बस्ने हामी किरण खै किन हीरा जस्तो चम्केनौं बत्तीको फेदमा अँध्यारो दुर्भाग्य पोखिएका यत्रतत्र छरिएका हामी छाया कोही दियोझैं किन सल्केनौं !
यसपालि पनि भूइँचालोले देखेन जीवनदेखि दिक्क भएका मृत्यु पर्खी बसेकाहरूलाई बरु फुलिरहेका फूलहरू टिप्यो वारिपारि गर्ने पुलहरू चुँडायो यसपालि पनि टेरेन मृत्युले मान्छेका निर्दोष पाइलाहरू बरु निर्ममतापूर्वक कुल्चियो निस्सासियो गाउँ र शहर स्वास रोकिएको मौका छोपेर मिच्न मिच्यो मानव अस्तित्व यसरी फुत्त आयो भूकम्प उजाड बनायो गाउँशहर र लुत्त लुक्यो….
तिम्रो न्यानो छातीमा
बिसाएका मेरा सपनाहरू
बसन्तमा फुल्ने फूलहरू हैनन्
जसलाई शिशिरले झार्न सकोस्
लालुपाते र बाबरी होइनन् माया
जो वर्षैपिच्छे टिप्न सकियोस्
राउटेको मन
समयसितै चिप्लिँदै गुड्ने
तिम्रो गाडी
भो मलाई चाहिएन
गति कतै पन्छाएर
हावामा उड्ने
तिम्रो जहाज पनि
भो ! मलाई चाहिएन,
मलाइ
कम्प्युटरमा च्याटिङ गर्दै
भासिनु छैन मुगलानमा