|

Mana Ra Maato

Bahar Sanga

७ मन र माटो 

मन र माटोको पवित्र यो नाता
हाम्रो एकता हाम्रो सफलता
हङकङ नेपाली महासंघ
बसौं हामी मिलिजुलीसँग ।

आकाश हाम्रो यही धरतीमा बास
कर्मले डोर्यायो हामीलाई प्रवास ।

सगरमाथा गौरव शिरमा राख्दछौं
नेपाली पौरखलाई विश्वभरि छर्छौं ।

बुद्धभूमि, तपोभूमि, कर्मभूमिको मान
वीर गोरखाली हामी पुर्खाको राख्छौ शान ।

(शब्द– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वर– सुमित खड्का, एल्बम– बहारसंग)

Similar Posts

  • |

    Sabaile Dekchhan

    नेपाली लोकगीत/लोक आधुनिक गीत एल्बम- हिमालैमा हिउँ ३ सबैले देख्छन् सबैले देख्छन् बन डढेको बे तर कसले देख्छ मन डढेको बे । अचारै मीठो रामभेंडाको बे सम्झना आउँछ उहीबेलाको बे । रुखैमाथि चरी कठैबरी बे आँशु झर्यो बरर आँखैभरी बे । (शब्द/संगीत/स्वर– नवराज सुंब्बा, एल्बम- हिमालैमा हिउँ)

  • |

    Sodhna Mana Lagcha Pritam

    ३. सोध्‍न मन लाग्छ प्रितम् सोध्न मन लाग्छ प्रितम, भेट्न मन लाग्छ, नमिलेको प्रश्न एउटा, सोध्न मन लाग्छ । जिन्दगीको सुरु भन कहाँदेखि हुन्छ, संसार साँच्चै घुम्छभने भेट कैले हुन्छ । जत्ति हिडे पनि कतै, पाउँदिन म चौतारी, उकाली र ओरालीमा आउनु पर्ने द्यौराली । (गीतकारः नवराज सुब्बा, सङ्गीतकार : साजन राई, गायक : नरेन्द्र…

  • |

    Bahar Sanga

    ९  निधारमा टीका निधारमा टीका र जमरा थाप्छौं आशीर्वचनएकताको चाड दशैं मंगलमय शुभकामना । सयपत्री फूल फुल्यो रमाइलो भो आँगनबाआमाको आशिशसंगै उच्च भयो भावनापरदेशी पनि घर फर्के रमाइलो भो जीवनएकताको चाड दशैं मंगलमय शुभकामना । राम्रो लाउने मीठो खाने पर्व दशैं हेर नमन सबका रमेका छन् जुटेका छन् खेल्नजीवनमा शक्ति भर्ने शान्ति दिने मनमाएकताको चाड…

  • |

    Bahar Sanga

    8 नववर्षको नौलो स्पर्श नववर्षको नौलो स्पर्श छ आज तन मनमायताउति खोज्छु तिमी दिनलाई शुभकामना । फूल पात डाली डुली जब गीत गाउछे चरीहोस हराउँदै जोस पलाउँछ आज यो मनभरिफलोस् फुलोस् वैंश अब नबितोेस् बेकारमायताउति खोज्छु तिमी दिनलाई शुभकामना । तिमीसँग भेट हुने दिन कैले आउँला भनीयतिञ्जेल कुरें तिमीलाई दिन यो गनी गनीस्वस्थ, सुख, समुन्नति…

  • |

    Mero Euta Ghar

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ५ मेरो एउटा घर मेरो एउटा घर छ लुकेको रहर छ आफन्त बिछोडिदै गएको शहर छ । पुरानो जो थोत्रो सायद म एक हुँ फालिन बाँकी केवल एक पहर छ । हिँडाएँ ताते उसलाई लाठे बनाएँ उसैले प्रहार त्यो गरेको ठहर छ । रोपेको छु फूल हालेकोछु मलजल नसम्झे…

  • |

    Bahar Sanga

    ४विवशताले बाँधिएको  विवशताले बाँधिएको मान्छेको जीवनपिजडाभित्र छट्पटिरहने मैनाझैं यो मन् । तिम्रो एक नजरले मनमा अनेकौ रहर जाग्छलम्किएर छुन खोज्छु किनाराले सीमा तोक्छ । बिहानीको प्रतीक्षामा साँच्नै पर्यो जिन्दगीहजारौं दुःख लुकाएर बाँच्नै पर्यो जिन्दगी । (शब्द– नवराज सुब्बा, स्वर/संगीत– सुर्य थुलुङ, एल्बम– बहारसंग)