मितेरी आवाजसँग भएको कुराकानी

प्रसारित मिति: सन् २००६ सालमा

नेपाल-चीन जनमैत्री परिषद, सि.आर.आई श्रोता सम्पर्क केन्द्र, विराटनगरारा उत्पादित रेडियो डकुमेन्ट्री कार्यक्रम मितेरी आवाजमा रमेश कुमार भट्टराईको नमस्कार ।
नेपाल-चीन जनमैत्री परिषद, सि.आर.आई श्रोता सम्पर्क केन्द्र, विराटनगरद्वारा उत्पादित रेडियो डकुमेन्ट्री कार्यक्रम मितेरी आवाजमा हामी तपाईलाई हार्दिक स्वागत गर्दछौ।
मितेरी आवाज रेडियो डकुमेन्ट्री कार्यक्रम नेपाल र मित्र राष्ट्र चीन वीचको सुमधुर मैत्री सम्बन्धलाई जनस्तरबाट विकसित गर्दै लैजाने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम हो। विश्व शान्ति, मित्रता र एकताको सन्देस बोकेको यस कार्यक्रममा हामी सि.आर.आई र श्रोता गतिविधि साथै नेपाल र जनगणतन्त्र चीन लगायत विश्वका जल्दा-बल्दा विषयहरुमा कुराकानी गर्नेछौ।
नवराज सुब्बाको छोटो परिचय : नवराज सुब्बा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित युवा स्वास्थ्यकर्मी हुनुहुन्छ । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ्गको प्रमुख स्थानमा रहेर काम गरिरहनु भएका सुब्बाले सन् 1999 मा छिमेकी मित्रराष्ट्र जनगणतन्त्र चीनको मैत्रीपूर्ण भ्रमण पनि गरिसक्नु भएको छ । चीनको परिवार नियोजन र जनसंख्या व्यवस्थापनका सम्बन्धमा गहिरो अभिरुची राख्नु हुने नवराज सुब्बासँग मितेरी आवाजले गरेको कुराकानीको संक्षिप्त विवरण अब हामी प्रस्तुत गर्दैछौं ।

मितेरी आवाज : नेपाल र चीन बिचको परम्परागत सम्बन्धलाई तपाईं कसरी विश्लेषण गर्नुहुन्छ ?
नवराज सुब्बा : नेपाल र चीन बिचको सम्बन्धलाई फर्केर हेर्दा दुई देश बिचको सम्बन्ध परम्परादेखि कायम रहेको पाइन्छ । नेपालको आर्थिक तथा व्यापारिक क्षेत्रमा पनि दुई पक्षीय सम्बन्ध पुरानो समयदेखि रहँदै आएको हो । अंशुवर्मा र भृकुटीको पाला देखिको हाम्रो सुसम्बन्ध आधुनिक कालमा अझ जनस्तरमा नयाँ सम्बन्धहरुको रुपमा स्थापना हुँदै आएका छन् । बिजुली, सडक, यातायात, सिंचार्इ जस्ता हरेक क्षेत्रमा चीनले नेपाललाई सक्दो सहयोग गर्दै आएको छ र यो सम्बन्ध भविष्यमा अझ प्रगाढ भएर विकसित हुँदै जानेछ भन्ने मलाई लागेको छ।
मितेरी आवाज : तपाईंले सन् 1999 मा चीनको मैत्रीपूर्ण भ्रमण गर्नु भएको थियो । तपाईंले कुन कुन स्थानको अवलोकन गर्ने मौका पाउनु भयो ?
नवराज सुब्बा : आज भन्दा 5 वर्ष अगाडि चीनको मैत्रीपूर्ण भ्रमण गर्नै अवसर पाएँ । नानजिङ्ग विश्व विद्यालयमा जनसंख्या व्यवस्थापन तथा परिवार नियोजन सम्बन्धी एउटा अन्तर्राष्ट्रिय सेमिनार गरिएको थियो । त्यस अवसरमा बंगलादेश, भुटान, उत्तर कोरिया लगायत 15 देशका प्रतिनिधिहरुले भाग लिएका थिए र म नेपालको तर्फबाट जनसंख्या र परिवार नियोजनको व्यवस्थापन सम्बन्धि कार्यपत्र प्रस्तुत गर्न त्यहाँ पुगेको थिएँ । त्यो अवसरलाई म जीवनमा कहिल्यै भुल्दिन । चीनको जनसंख्या व्यवस्थापनलाई मैले गहिरोसँग सो भ्रमणमा अनुभव सम्हाल्ने मौका पाएँ। चीनको जनसंख्याको नीतिबारे मलाई धेरै कुराहरु थाहा भयो । त्यहाँको परिवार नियोजन सेवालाई जनताले कसरी हेरेका छन् र सरकारले गरेको जनसंख्या व्यवस्थापनको क्षेत्रमा सफलता हासिल गरेको छ भन्ने कुरा पनि मैले थाहा पाएँ । मैले त्यतिबेला हङ्गकङ्ग, नानजिङ्ग र सांघाइको भ्रमण गर्नै मौका पाएँ । वास्तवमा मलाई चीनको भ्रमण अविस्मरणीय लागेर आउँछ।

मितेरी आवाज : नेपाल र चीनको परिवार नियोजनका सम्बन्धमा कस्तो भिन्नता पाउनु भयो ?
नवराज सुब्बा : मैले के फरक देखेको छु भने नेपालमा हामी घुम्यौं भने जहीं पनि सडक, बजारमा केटाकेटी बढि देखिन्छ तर चीनका बजार र शहरहरुमा त्यहाँ केटाकेटीको संख्या न्यून देखें । मलाई अचम्म लाग्यो । त्यहाँ स्वास्थ्यको स्तर पनि असाध्यै राम्रो छ । चिनियाँ जनताहरु स्वस्थ र ह्यष्टपुष्ट रहेछन् । मलाई महसुस भयो । चीनमा जन्मदर निरन्तर घटिरहेको पाएँ । नेपालमा केटाकेटी बढी देखिन्छन् भने त्यहाँ कम देखिन्छ ।
मितेरी आवाज : चीनले जनसंख्यालाई कसरी व्यवस्थित गरेको पाउनु भयो ?
नवराज सुब्बा : चीन सरकारले जनसंख्या व्यवस्थापन तथा परिवार नियोजन कार्यक्रमलाई राम्ररी, प्रभावकारी रुपमा संचालन गरेको पाइयो । यसको मुख्य कारण भनेको चीन सरकारको कटिबद्धता हो भन्ने मैले महसुस गरें । त्यहाँको स्पष्ट नीति, कानूनलाई प्राथमिकताका साथ हेर्ने सरकारको नीति नै यसको कारक तत्व हो । कति बच्चा जन्माउने, कति समयको फरकमा जन्माउने, कति बच्चा जन्माउनेलाई कति सुविधा दिने जस्ता दण्ड र पुरस्कारको व्यवस्था गरिएको छ । नीति बनाएर मात्र हुँदैन, त्यसलाई व्यवहारमा उतार्न सके मात्र उपलब्धी हासित हुँदो रहेछ भन्ने कुरो मैले चीनमा गएर देख्ने मौका पाएँ ।
मितेरी आवाज : चीन घुम्दा बिर्सनै नसक्ने कुरा पनि भए कि ?
नवराज सुब्बा : म चीनका विभिन्न शहरहरुमा घुमें, सांघाइको पर्ल टि.भी. टावर जुन भव्य टावर छ त्यो असाध्यै अग्लो छ । मलाई ती कुराहरु देख्दा आकास जस्ता ठूला घरहरु देख्दा मानिसले यस्ता काम कसरी गर्न सकेको होला जस्तो लाग्यो । वास्तवमा मान्छेले चाहेमा के हुन सक्दैन भन्ने मैले महसुस गरें । चीनलाई प्रकृतिले पनि साथ दिएको पाएँ । म सपनामा अझै पनि चीनको कुसाङ्ग शहर देख्छु । त्यहाँको लु को ताल, बिहानीपख गुन्जिने सुमधुर संगीत, त्यहाँको स्वच्छ वातावरण म कहिल्यै कहिल्ये बिर्सन सक्दिन। म त कल्पनाको स्वर्गमा पुगेको महसुस गर्छु । सुमधुर संगीतमा झुम्दै व्यायाम गरिरहेका महिला, पुरुष, युवा युवतीलाई म कहिल्यै पनि बिर्सन सक्दिन ।
मितेरी आवाज : चिनियाँ जनताहरुको स्वभाव कस्तो पाउनु भयो ?
नवराज सुब्बा : चीनका मानिसहरुको स्वभावको बारेमा बताउनु पर्दा चीनको विकास र प्रगतिलाई बिर्सन मिल्दैन । चिनियाँ जनतामा देखिने राष्ट्रिय भक्ति, इमान्दारिताले नै चीन आज यो रुपमा उपस्थित भएको हो जस्तो लाग्यो। चिनियाँ जनताका बानी व्यवहोरालाई हामीले अनुकरण गर्ने हो भने हामीले पनि हाम्रो देशलाई अगाडि बढाउन सक्छौं जस्तो लाग्छ ।
मितेरी आवाज : सांघाइ शहरको सडक यातायातबारे केही बताइदिनु होस् न !
नवराज सुब्बा : सांघाइ शहर मेरो विचारमा विश्वको एउटा त्यस्तो विशाल शहर जो कहिल्यै सुत्दैन जस्तो लाग्छ । म केही रात सांघाइमा बसें । म राती जुन समयमा बिउँझदा पनि दिउँसो जस्तै सडकहरु व्यस्त देख्थें । राती 12 बजे, 1 बजे सधैं गाडी चलिरहेको देख्थें । मलाई त के पनि लाग्थ्यो भने सांघाइका मानिस कति जाँगरिला जो कहिल्र्य सुत्दैनन् । त्यहाँको सडकको निर्माण र व्यवस्थापनको मन कल्पना पनि गर्न सक्दिन । मानिसले गरेको विकासको त्यो स्वरुप देख्दा मलाई पनि आफ्नो देश कहिले त्यस्तो होला जस्तो लाग्छ । हामी पनि कुनै समयमा हाम्रो देशमा यस्तै विकास गर्न सक्छौं कि जस्तो लाग्थ्यो ।
मितेरी आवाज : तपाईं चीन गएपछि के सिकेर आउनु भयो ?
नवराज सुब्बा : चीनबाट सिक्ने कुरा धेरै छन् । हाम्रा राम्रा गुण पनि छन् भने हामीले सुधार गर्ने पनि धेरै कुरा छन् । हामीले परिश्रम, कर्तव्य, लगनशिलतालाई बिर्सनु हुन्न । दिएको जिम्मेवारी पुरा गर्न सक्नु पर्छ भन्ने पनि मैले चीनबाट सिकें । समुदायलाई परिचालन गरेर गाउँ शहर सबैलाई स्वस्थ बनाइएको छ । परम्परागत चिकित्सा प्रणालीलाई आधुनिक चिकित्सा प्रणालीसँग त्यहाँ जोडिएको छ। हामीले त्यसबाट पनि धेरै सिक्न सक्छौं भन्ने कुरा चीनले सिकाएको छ । चीनले जनसंख्याको व्यवस्थापनमा विश्वमै नमूना देखाएको छ । हामीले हाम्रो परिवेश हेरेर हाम्रा नीतिहरुलाई अगाडि बढाउनु पर्छ जस्तो लाग्छ ।
मितेरी आवाज : नेपाल चीन बिच दौत्य सम्बन्ध स्थापना भएको 50 औं वर्षको यो अवसरमा दुई देश बिचको सम्बन्ध जनस्तरमा पुर्याउन के गर्नु पर्ला ?
नवराज सुब्बा : चीनले नेपालको हरेक क्षेत्रमा सहयोग पुर्याएको छ । चिनियाँ सामानहरुले हाम्रो जीवनस्तरलाई अगाडि बढाउन सहयोग गरेका छन् । हामी दुई देश बिचको सुसम्बन्लाई जनस्तरबाट हामीले अझ सशक्त ढंगमा अगाडि बढाउनु पर्छ जस्तो लाग्छ ।

Similar Posts

  • साहित्य पवित्र परिकल्पना हो  

    हाल जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको वरिष्ठ जनस्वास्थ्य प्रशासक (प्रमुख) पदमा कार्यरत नवराज सुब्बा जनस्वास्थ्य प्रशासक मात्र हैनन् । उनी एक सफल र्सजक पनि हुन् । करिव तीसको दशकदेखि कविता, गीत, निबन्ध, अनुसन्धान लेखनमा अनुभव संगालिसकेको सुब्बाले दर्जन बढी साहित्यीक कृति र संगीत सिर्जना गरिसकेका छन् । उनका जीवन मेरो शब्दकोशमा कवितासङ्ग्रह (२०६३), मनको मझेरी निबन्धसङ्ग्रह…

  • लिम्बू भाषामा अन्तर्वार्ता

    As a Public Health Expert Nawa Raj Subba was taken an interview on the Public Health issues of Nepal and also as a Poet some questions

    As a Public Health Expert Nawa Raj Subba was taken an interview on the Public Health issues of Nepal and also as a Poet some questions were asked to Subba on Limbu culture and literature by a Journalist Ram Laoti. Here is the detail of that interview in Limbu dialect as follows.

  • सुकुनाको लागि अन्तरर्वार्ता

    (साहित्यकार नवराज सुब्बासित कवि मीनकुमार नवोदितले सुकुनाको लागि लिनु भएको अन्तर्वार्ता) प्रश्नः तपाईको लेखन कसरी सुरु भयो ? उत्तरः विद्यालय तथा क्याम्पसको विद्यार्थीजीवन अर्थात् तीसको दशक मेरो साहित्यिक यात्राको प्रारम्भिककाल हो । मेरा गुरु, विद्यालयको साहित्यिक तथा सांगीतिक वातावरण र मेरो बाल्यकालको विशिष्ठ वातावरण बीच मेरो साहित्यिकयात्रा आरम्भ भयो । विद्यालय तथा क्याम्पसमा अध्ययनरत रहेको…

  • म मातृभाषामा पनि लेख्छु

    लिम्बुवान ब्लगर टंक सम्वाहाम्फेले गर्नु भएको कुराकानी कवि,गीतकार तथा गायक नवराज सुब्बा हाङपाङ आठर्राई जिल्ला ताप्लेजुङमा जन्मनु भएको हो । उहाँले एम.ए. (नेपाली), एम.पी.एच (जनस्वास्थ्य) शिक्षा ग्रहण गरिसक्नु भएको छ भने विद्यावारिधि गर्ने क्रममा हुनुहुन्छ ।जीवन मेरो शब्दकोशमा -कवितासंग्रह, वाणी प्रकाशन, बिराटनगर, २०६३,जनस्वास्थ्य पाटा, बाटा र अनुभूति -लेखसंग्रह, वाणी प्रकाशन, बिराटनगर, २०६३,राजबंशी समुदायको स्वास्थ्यस्थितिको अध्ययन,…

  • न्यू सृष्टि अन्तर्वार्ता

    सिर्जनालाई पैसासँग तुलना गर्न सकिंदैन — नवराज सुब्बा, साहित्यकार… पछिल्लो समयमा आएर नेपाली साहित्यका पाठक बढ्दै गएका छन् । पाठकको संख्या बढेसँगै नेपाली साहित्यमा राम्रा कृति पनि धमाधम आइरहेका छन् । नाम चलेका र राम्रो कृति प्रकाशित गर्न प्रकाशकहरुले समेत तँछाडमछाड गर्ने अवस्थाको सिर्जना भएको छ । पाठकको संख्या बढ्नु समग्र नेपाली साहित्यकै लागि खुसीको…

Leave a Reply