हालखबर !
ठिकै छ यार,
बाचेकै छु
ढुकढुकी चल्दैछ
सास फेर्दैछु
तारा सारा दिन गनेर भए नि
जिएकै छु मृत्युलाइ छलेर
ढुक्क बाँचेकै छु ।

मलामी हिडेको छु
कैयौं अंजुली
फूल र माटो चढाएको छु
मुङलान जानेलाई
बिदाइका हात
कैंयौंपटक हल्लाएकै छु ।

दुःखसुखका कुरा छाडौं यार !
दुर्घटना, भिडन्त
अपहरणबाट
जतन गर्दागर्दै
यो जीवन
जीवन नभएर के भो र
जीव भएर नि बाँच्न त पाइयो
आउ यसैमा खुशी मनाऔं
अहो ! हामी धन्य रहेछौं
कमसेकम आजसम्म रहेछौं ।

“जीवन मेरो शव्दकोश” बाट

मितेरी आवाजसँग भएको कुराकानी
शुभकामना

Leave a Comment