मुक्तक
टुट्न टुट्न खोज्छ टुट्दैन
फुट्न फुट्न खोज्छ फुट्दैन
नाटक भन्थे हो कि क्या हो !
जुट्न जुट्न खोज्छ जुट्दैन ।
टुट्न टुट्न खोज्छ टुट्दैन
फुट्न फुट्न खोज्छ फुट्दैन
नाटक भन्थे हो कि क्या हो !
जुट्न जुट्न खोज्छ जुट्दैन ।
करेसाबारीमा नअटेको डिलबाट पनि धकेलिएको भीरमा फुल्ने फूल जस्तै यहाँ कसैको जिन्दगी हरदम आफैसित रम्नु रहेछ आखिर जिन्दगी गमला वा फूलबारी हैन स्वतन्त्र जिन्दगी ।
भूकम्पले कविता झण्डै फुर्यो जाने साइत आज झण्डै जुर्यो एक्कासी आत्तिदै निस्किए सब आफ्नो त भाले सातो नै पो उड्यो ।
हाँगामा बसेर फेद काट्नेहरू छेपारो झैं रूपरङ्ग बदल्नेहरू नजिस्क यो राट्रिय एकतासित विदेशबाट स्वदेश खोज्नेहरू ।
झुत्रे झोला नभए यी मनका कुरा म कहाँ राख्थे हुँला थोत्रे बाकस नभए यत्तिका बात कता थन्क्याउँथे हुँला कहाँ सकिंदा रहेछन् भावना मात्र पोखिएर कवितामा सोच्दछु डष्टबिन नभए यतिधेरै कुरा कहाँ फाल्थें हुँला । — जेठ ३२ गते २०६९ विराटनगर नेपाल ।
म त तिमीलाई दिन्न बधाई अब अलिकति छ खुशी बाँड्दिन सब किनकि जसलाई दिएँ शुभकामना ती सबै ढले शिखर नपुग्दै सब । भाद्र १२, २०६८
किन हो चरी रोएको मन पर्छ मनको रुमाल धोएको मन पर्छ आफैलाई दुखे पनि किन होला त्यो तिर्सनाले छोएको मन पर्छ । — तस्वीरमा झैं सधैं राम्रो भएको भए कवितामा झैं यौवन नओइलाएको भए प्रेम पनि अमर कहाँ हुन्थ्यो होला प्रिय ! तिमीलाई साँच्चै आफ्नै बनाएको भए ।