मृतक सबिना कोइरालाको मृत्युको घटना सम्बन्धमा गठित छानबिन समितिको प्रतिबेदन २०६९ को सारांश

घटनाको विवरणः मोरङ दर्वेशा गा.वि.स. वार्ड नं. ९ रंजनी बस्ने विमल कोइरालाकी श्रीमती वर्ष २१ की सविना कोइराला गर्भवती भई मिति २०६९।११।१८ गते विराटनगर स्थित डा. रम्भा देवको सुरक्षा अस्पतालमा आफ्नो गर्भ चेक जाँच गर्न आई डा. रम्भा देवद्वारा निजको गर्भ चेक जाँच तथा भिडियो एक्स–रे समेत गरी ठिक भएको भनिएको । तर फागुन २३ गते श्रीमति सविना कोइरालालाई दिउसो २–२:३० बजे तिर आफूलाई ज्वरो आउन शुरु भएकाले भाउजु टीका कोइरालाले डा. रम्भा देवसंग मोवाइलबाट सम्पर्क गरी सोध्दा सिटामोल ख्वाउनुस् भनेकाले सिटामोल एक चक्की खुवाएको तर एक दुई मिनटमा नै सबिनाले बान्ता गरेको भनाई । त्यस पछि पानीपट्टि दिइएको, रातको १ बजे पिसाब फेर्न जांदा योनीमार्गबाट केही रक्तश्राव भएको थाहा भएको बिरामीपक्षको भनाई रहेको । उपचारार्थ एम्बुलेन्स बोलाएर २ बजे तिर सुरक्षा अस्पतालमा आएको ।  अन्दाजी ३ वजेतिर सुरक्षा अस्पतालमा निज डा. रम्भा देवले निजलाई चेक जाँच गर्दा योनीमार्ग खुलेको अवस्था पाएको भन्ने चिकित्सकको भनाइ रहेको । सबिनाको बच्चा बचाउन सकिदैन बच्चा आफै वाहिर आउँछ भनी सलाइन लगाई वेडमा भर्ना गरेको । अन्दाजी ४:३० बजे तिर बेडमा नै बच्चा आफै निस्किएको ।  त्यसपछि एक वटा इजेक्सन दिइएको । डा. रम्भा देवले अहिले विरामीको स्वास्थ्यस्थिति सामान्य छ, १० बजे तिर म आएर फेरि हेर्छु अनि भिडियो एक्स–रे गरेर क्लियर रहेछ भने डिस्चार्ज गरी दिन्छु भनी डा. गएको मृतकपक्षको भनाई । अन्दाजी ९ बजे तिर विरामीले छाती दुख्यो भनी डिउटीमा रहेकी नर्सले जानकारी गराएको । तुरुन्तै डा.रम्भा देव आई चेक जांच गर्दा विरामीको रक्तचाप अत्यन्त कम पाएकाले निजलाई तत्काल केही सुईद्वारा उपचार दिंदा समेत सुधार नभएको भन्ने चिकित्सकको भनाई रहेको । विरामीलाई तत्कालै डा. कनक खनाल सहितको एनेस्थेटिष्ट समेतले बिरामीलाई यथावस्थामा अपरेशन थेटरमा लगि उपचार कोशिस गर्दा गर्दै विरामीको मृत्यु भएको चिकित्सकहरुको भनाई रहेको।
तर मृतकपक्ष अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुको ब्यवहार प्रति सन्तुष्ट छैनन् । अस्पताल बिरामीप्रति सम्बेदनशील नभएको तथा ब्यवस्थापनले बिरामीपक्षसित मैत्रीपूर्ण ब्यवहार पनि नगरेको मृतकपक्षको गुनाशो छ । बिरामीको अवस्थाबारे जानकारी माग्दा समेत जानकारी नगराई अपरेशन थेटरमा बिरामी लगेको र अस्वभाविक स्थिति लागेर जानकारी माग्दा बिरामी पक्षलाई अस्पताल ब्यवस्थापनले प्रहरी बोलाई बल प्रयोग गरेको मृतकपक्षको आरोप छ । विरामीको मृत्युपश्चात आवेशमा विरामीपक्षबाट पनि अस्पताल तोडफोड भएको अस्पताल ब्यवस्थापनको प्रत्यारोप छ ।
मृत्युको कारणः श्री बि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको मृतकको पोष्टमोर्टम रिपोर्ट अनुसार मृतकको मृत्युको कारण Cause of Death: Complication of Abortion  अर्थात् गर्भपतनबाट उत्पन्न जटिलता उल्लेख छ । उक्त रिपोर्टमा मृतकको जननेन्द्रिय पूरै रक्तश्रावले ढाकिएको, पाठेघरभित्र उल्लेख्य मात्रामा भ्रुणजन्य वस्तु र साल (Significant Product of Conception and Placenta) अनि केही मात्रामा रगत र जमेका रगत (Blood clot)  भेटिएका छन् । मृतकको दुवै हातमा अनगिन्ति सुईका डोबहरु र पेटभित्र २०० एम. एल. खाद्यपदार्थ भेटिएको समेत शव परिक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अस्पतालको बैधानिकताः स्वास्थ्य तथा जनसंख्या मंत्रालयबाट १५ शैयाको स्वास्थ्य सेवा संचालन गर्न सुरक्षा अस्पतालले संचालन स्वीकृति लिएको र निरीक्षण तथा अनूगमनमा सो भन्दा बढी शैया संख्या रहेको देखिन्छ साथै ५५ शैयाको स्वीकृतिको लागि स्वास्थ्य तथा जनसंख्या मंत्रालयमा उक्त अस्पतालले आवश्यक पहल गरेको जानकारी । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका तर्फबाट पजि उक्त सुरक्षा अस्पतालबारे अनुगमन हुने गरेको र स्वास्थ्य तथा जनसंख्या मंत्रालयबाट समेत हालै निरीक्षण भएको जानकारी ।
यस अघि घटना हुनासाथ छानबीन टोलीले तत्काल घटनास्थलको अनुसन्धान प्रारम्भ गरेको, विरामी तथा मृतक पक्ष, चिकित्सक वा अस्पताल पक्ष, स्वास्थ्य विशेषज्ञ, प्रहरी, प्रशासन तथा सरोकारवालाहरुसित सम्पर्क गरि उनीहरुको सहयोगमा सत्य तथ्य निम्ति अनुसन्धान गरि अभिलेखन तथा प्रतिवेदन ७ दिनमा तयार पारी श्री प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय मोरङलाई बुझाएको । (२०६९ चैत्र १ गते बिहीबार)
———
छानबीन समितिः
जिल्ला जनस्वास्थय कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक नवराज सुव्वा संयोजक, बरिष्ठस्त्रीरोग विशेषज्ञ डा. योगेन्द्र मिश्र सदस्य , स्त्रीरोग विशेषज्ञ डा. पे्ररणा दाहाल सदस्य, जिल्ला अधिवक्ता न्यायाधिवक्ता  गोकुल बहादुर निरौला  सदस्य, अधिवक्ता भरत बहादुर थापा सदस्य, नेपाल मेडिकल एशोसिएशनका तर्फबाट डा. नारायण कुमार सदस्य र पीडितको तर्फबाट राजन उप्रेती सदस्य,  राजकुमार कोइराला सदस्य, देवेन्द्र बस्तेत सदस्य र नागेश कोइराला सदस्य ।

Similar Posts

  • Global Action Against HIV/AIDS Week in Morang

    जेठ ५, २०६८ विराटनगर । सन् २०११ मा एच.आइ.भी. एड्स विरुद्ध विश्वव्यापी अभियानको साप्ताहिक कार्यक्रम अन्तर्गत मोरङ जिल्लामा यस अभियानमा संलग्न सरकारी, गैरसरकारी संस्था, संक्रमित, जिल्ला एड्स समन्वय समितिका संयोजक झमक भट्टराइ, सन्जालका संयोजक सन्जीव खड्का र अभियन्ताहरुको एक भेलाले विराटनगरको जनआन्दोलन चोकमा एड्सबाट ज्यान गुमाएकाहरुको सम्झनामा एक मिनेट मौन धारण गर्दै साँझ मैनवत्ति बालेको छ…

  • |

    A Brief Note on Health Psychology

    Dr. Nawa Raj Subba Health psychology is a behavioral medicine having interdisciplinary scopes including both medicine and psychology. It deals with the psychological and behavioral processes. Health psychology commits overall individual’s well being and health. Religion organizes the system of beliefs and practices. Spirituality connects self to self-others nature and ultimate others. Spiritual health maintains…

  • Mass drug campaign held in Bhutanese refugees camp against Filariasis

    माघ २९, २०६९ विराटनगर । मोरङ शनिश्चरे स्थित भुटानी शरणार्थी शिबिरमा हात्तीपाइले बिरुद्धको औषधी खुवाउने कार्यक्रम आज हुँदैछ । शिबिरका चिकित्सक डा. मल्लिका शाक्य र सि.एम.सि. चम्पासिंह राईलाई जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुखले औषधी खुवाए पछि औपचारिक रुपमा हात्तीपाइलेको औषधी आम वितरण कार्यक्रम प्रारम्भ भएको थियो । उद्घाटन कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका डा. कृष्ण शाहले…

  • |

    बिपन्न मोरङवासीलाई औषधोपचारमा सरकारी सहायता – नवराज सुब्बा

    नेपाल सरकारले २०६७ साल चैत्र महिनादेखि आर्थिक रुपले बिपन्न नागरिकलाई क्यान्सर, हृदयरोग, एल्जाइमर, पार्किन्सन्स वा मृगौला आदि जस्ता कडा रोग लागेको अवस्थामा उपचार गराउँदा आर्थिक सहायताको व्यवस्था गरेको छ । यसरी कडा रोग लागेर विरामीलाई नेपालमा वा विदेशमा गई उपचार गराउँदा मेडिकल बोर्डको सिफारिसमा बढीमा रु एक लाख रुपैयासम्मको औषधी उपचार खर्च प्रदान गर्ने व्यवस्था…

  • द्वन्द्वपीडितलाई सहयोग

    माघ २, २०६७ । मोरङ याङसिलाका द्वन्द्वपीडित बालबालिकाहरुलाई शैक्षिकसामग्री सहयोगस्वरुप प्रदान गरिएको छ । युरोपियन युनियनको सहयोग, बाल समाज नेपालको पहल र जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको समन्वयमा याङसिला उपस्वास्थ्य चौकीमा आयोजित एक समारोहमा मोरङका जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले ६ जना बालबालिकाहरुलाई शैक्षिकसामग्री वितरण गर्नुभयो । शैक्षिक सामाग्री पाउनेहरुमा प्रतिमा लिम्बू, चेतन मगर, हिमाल खड्का, अमर विश्वकर्मा…

  • आकस्मिक कोषको स्थापना

    मंसिर २०, २०६७ । मोरङ इन्द्रपुरमा करिव ७ लाख रुपैयाको आकस्मिक कोष स्थापना गरिएको छ । महिला सुत्केरी गराउन, सिकिस्त बालबालिकालाई उपचार गर्न, र्सपदंश लगायतका आकस्मिक स्वास्थ्य अवस्थामा आमा समूहका सदस्यहरुलाई सापट उपलब्ध गराउने उदेश्यले कोषको स्थापना गरिएको हो । गत आर्थिक वर्षा १४७ जनालाई उक्त कोषबाट रु २ हजार देखि ५ हजार रुपैयासम्म रकम…

Leave a Reply